मर्यादित व्यवयासी संचालन गर्न जोड

 न्यूज विराट
मर्यादित व्यवयासी संचालन गर्न जोड

विराटनगर । औषधी क्षेत्रमा देखा परेको बिकृती र विसङ्ंगती अन्त्य गरि स्वच्छ र मर्यादित व्यवयासी संचालन गरिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।

नेपाल औषधी व्यवसायी सङ्घ मोरङले विजय दशमी, शुभ दीपावली, छठ र नेपाल सम्वत्को अवसरमा शुक्रबार विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै औषधी व्यवसायी सङ्घ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले औषधी क्षेत्रमा देखा परेको विकृति र विसङ्गत अन्त्य गरी स्वच्छ र मर्यादित व्यवसायी सञ्चालन गरिनुपर्नेमा बताए । औषधी क्षेत्रमा धेरै गुनासो आउने भएकोले मर्यादित र स्वच्छ पूर्ण तरिकाले औषधी व्यवसायीहरूले व्यापार व्यवसाय सञ्चालन गरिनुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै सङ्घका उपाध्यक्ष देशबन्धु ढकालले औषधी व्यासमयीहरू एक ढिका भएर सङ्गठित हुन सके मात्र व्यवसायीहरूको माग पुरा हुने बताए । त्यसैले कार्यक्रमहरूमा व्यवसायीहरू उपस्थित भएर सङ्गठित हुनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङका सहसचिव अनिल श्रेष्ठ, औषधी व्यवसायी सङ्घ मोरङका प्रेस सल्लाहकार उद्धव घिमिरे, नेपाल औषधी व्यवसायी सङ्घ कोशी अञ्चल शाखाका पूर्व सचिव सुरेश जैसवाल, पिन विराटनगर युनिकका अध्यक्ष दुर्गाराज भट्टराई, एनएमएसआरए विराटनगर युनिटका अध्यक्ष प्रमोद साहलगायतले शुभदिपावली, छठ र नेपाल सम्वत्स लगायतका चाडर्पवहरुको शुभकामना दिएका थिए । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका सदस्यीय प्रकाश धिमाले स्वागत मन्तब्य राखेका थिए भने गणेश थापाले अतिथिहरूलाई सम्मान गरेका थिए ।

सम्बन्धित समाचार

झापामै रोकिए पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, १ जेठ-झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आउने पास प्रशासनले रद्द गरेको छ । लकडाउनअघि नै झापा पुगेका पूर्वराजा ज्ञानेन्द्रले भोलि (शुक्रबार)  बिहान ८ बजे काठमाडौं आउनका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट पास लिएका...

नेप्से २५ अंकले घट्दा सेयरमा सर्किट ब्रेक

काठमाडौं,३० वैशाख  -सेयरबजार परिसूचक नेप्से खुलेको डेढ घण्टा हुन नपाउँदै २५ अंकले घटेर सर्किट लागेको छ ।  नेप्से परिसूचक २५.३० अंकले घट्दा १२२६.१५ अंकमा पुगेर कारोबार बन्द भएको हो । मंगलबार ८७ कम्पनीको १ लाख...

उत्कृष्ट करदाताका रुपमा जीवन विकास सम्मानीत

विराटनग, ८ मंसिर–यो वर्षको उत्कृष्ट करदातातर्फको सम्मान जीवन विकास लघु वित्त वित्तिय संस्थालाई प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको क्षेत्राधिकार भित्र पर्ने करदातामध्ये जीवन विकास लघु वित्तलाई नवौं कर सप्ताहको अवसरमा सम्मान गरिएको...

‘लकडाउन’को मौका छोपी लागूऔषध तस्करी, उदयपुरबाट २ जना समातिए

उदयपुरको त्रियुगा नगरपालिका–२ खुदियाई जंगलबाट प्रहरीले लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ ।बुधबार बेलुका जंगलबाट मोटरसाइकलमा घाँस भित्र लुकाएर लागूऔषध लिएर फर्कदै गरेका त्रियुगा नगरपालिका–१ का २४ बर्षीय विबेक राई र २२ बर्षीय भूपेन्द्र...

थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

विराटनगर। थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालत विराटनगरले आल अल्पकालिन अन्तरिम आदेश दिएको छ । थारु कल्याण कारणी सभा जिल्ला कार्य समितिको जेठ १९ र २० गतेका लागि तय भएको मोरङको १०...

कोशी प्रदेश टी– १० क्रिकेट : फुलबारी क्रिकेट क्लबसँग एलिट पराजित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लबसँग एलिट क्रिकेट क्लब पराजित भएको छ ।विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको दोस्रो खेलमा एलिट क्रिकेट क्बललाई १० विकेटले...

स्वास्थ्य मन्त्रालय प्रवेशमा पत्रकारलाई कडाइ

काठमाडौं, ३१ वैशाख-स्वास्थ्य मन्त्रालयले पत्रकारलाई प्रवेशमा कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोरोना संक्रमण जोखिमका कारण पत्रकारलाई प्रवेशमा कडाइ गरिएको बताए । तर, मन्त्रालयकाे सूचना बाहिरिएको भन्दै पत्रकारलाई...

२५ वैशाखपछि विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिने

काठमाडौं, २१ वैशाख-सरकारले २५ वैशाखपछि विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ । लकडाउन नलम्बिए २५ गतेपछि सामाजिक दुरी कायम गरेरे विद्यार्थी भर्ना गर्ने तयारी गरेको हो । ‘२५ सम्म लकडाउन छ । यो अवधिमा विद्यार्थीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्