विराटनगर । अपाङगता भएका व्यक्तिहरूले बदरमत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि विराटनगरमा नमुना मतदान कार्य सम्पन्न भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्ने गरी नेत्रहिन युवा संघ नेपाल केन्द्रीय कार्याल काठमाण्डौंको सहयोगमा नेत्रहिन युवा संघ नेपाल मोरङले विराटनगरमा मंगलबार नमुना मतदान कार्य गरिएको हो ।
अपाङगता भएका व्यक्तिहरूले निर्वाचनमा मतदान गर्दा मत वदर गर्ने सम्भावनालाई कम गर्ने उद्देश्यले नुमना मतदान कार्य सुरू गरेको नेत्रहिन युवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले जानकारी दिए ।
उनका अनुसार विराटनगरमा भएको नमुना मतदानमा ७० जना अपाङगता भएका व्यक्तिहरू सहभागिता रहेका थिए । आर्दश स्कुलमा परिक्षण गर्दा अपाङगता भएका अधिकाश मतदाताहरुले सहज रुपमा मतदान गरेको उनले बताए । विराटनगरपछि नेत्रहिन युवा संघ मोरङले बेलबारी र उर्लाबारीमा पनि नमुना मतदान गर्ने बताए ।
‘सहज रूपमा सहभागि भएर अपाङगता भएका व्यक्तिहरूले नमूना मतदान कार्यमा सहभागि भए । उनीहरूले सहजरूपमा मतदान गरेका छन्,’ अध्यक्ष योगीले भने, ‘निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको लागि सहज रूपमा मतदान गर्ने व्यवस्था निर्वाचन कार्यालयले गरिनु पर्दछ ।’ मतदान स्थलहरू अपाङगता मैत्री बनाउनुपर्नेमा उनले जोड दिएका छन् । मोरङमा दृष्टीबिहिन अपाङ्गता भएका मात्र पाँच हजार भन्दा बढी रहेको उनले बताए ।
पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारीसाधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटिरिक्सा तथा पैदलयात्रीलाई...
काठमाडौं, चैत ५–आजबाट कायममुकायम गभर्नरका रूपमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पद सम्हाल्ने भएका छन् । डा. चिरञ्जीवी नेपाल आजबाट बिदाइ भएसँगै कामु गभर्नरका रूपमा शिवाकोटीले पद समहाल्ने भएका हुन् । १ महिना अगाडि नै सिफारिस...
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ । संवैधानिक परिषदको बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासतर्फ लागेका छन् । बैठकका बारेमा औपचारिक जानकारी भने गराइएको छैन । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको...
विराटनगर, १२ पुस । विराटनगरमा बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–३ कञ्चनबारी स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले मोरङको रतुवामाई नगरपालिका–५ का २१...
एजेन्सी, २७-कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । उनको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको दिल्लीस्थित एक सैन्य अस्पतालमा उपचार भइरहेको छ । समाचार...
काठमाडौं, ३१ जेठ-नेपालमा शनिबार थप २७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार २४७ पुरुष र ३६ जना महिला गरि २७३ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन्...
एजेन्सी, असार ११ -भारत-चीनबीचको सीमामा देखिएको तनाव कम हुने स्थिति देखिएको छैन । देपसाङ क्षेत्रमा चिनियाँ सैनिकको हलचल बढेसँगै तनावको स्थिति मत्थर नहुने देखिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चीनको पूर्व लद्दाखको दौलत बेग ओल्डी...
विराटनगर, ८ जेठ । कोरोना भाइरसको संक्रमणका कारण विराटनगर भन्सार संघका अध्यक्ष विजेन्द्र परासरको निधन भएको छ । शनिबार विहान अध्यक्ष परासरको ५१ वर्षको उमेरमा निधन भएको हो । मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा...