भव्य भयो समाजसेवी दीनबन्धु गोयलको नागरिक अभिनन्दन

 न्यूज विराट
भव्य भयो समाजसेवी दीनबन्धु गोयलको नागरिक अभिनन्दन

विराटनगर । समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ । विराटनगरमा शुक्रवार एक भव्य कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको हो ।

गोयललाई पूर्व राष्ट्रपति डा।रामवरण यादवले कदर पत्र प्रदान गरी नागरिक अभिनन्दन गरिएको छ । समाजसेवी गोयललाई अभिनन्दन गर्न नागरिक समाज आबद्ध रहेको ४ सय ७५ जनाको समाजसेवी दीनबन्धु गोयल नागरिक अभिनन्दन समारोह समिति बनाएको थियो ।

नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले समाजको एकीकरणमा सबै जातजातिको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले यस क्षेत्रको समाजको विकासमा पहाडी, मधेसी थारु एवम् मारवाडी समुदायको महत्त्वपूर्ण योगदानको रहेको बताए । ‘समाजसेवी गोयल एवम् उहाँको परिवारले यस क्षेत्रमा सामाजिक, संस्कृति, शिक्षा, स्वास्थ्य, क्षेत्रमा गर्नुभएको महत्त्वपूर्ण योगदानको हृदयदेखि आभार प्रकट गर्दछु,’ उनले भने । उनले सम्पूर्ण समाजको मेलमिलापबाट नै सभ्यता निर्माण हुने चर्चा गर्दै मेलमिलापको सभ्यताले मुलुकको सही विकासमा सहयोग पु¥याउने बताए ।

अभिनन्दित व्यक्ति गोयलले गरिब विद्यार्थीलाई छात्रवृत्तिलगायत विभिन्न सङ्घसंस्थालाई सहयोग गर्न पाउँदा ज्यादै खुसी र शान्ति महसुस हुने गरेको अनुभव सुनाए । समितिका अध्यक्ष सुरेशकुमार शर्मा, राजेन्द्र चापागाईँ, महावीर प्रसाद गोयललगायतले समाजसेवी गोयलको सहयोगबाट धेरै विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न सफल भएको बताए ।

झापाको भद्रपुरमा २००५ मा समाजसेवी गोयलको जन्म भएको थियो । उनलाई स्वदेश र विदेशका गरी २६८ सङ्घसंस्थाले अभिनन्दन गरेका छन् । गोयलले प्रत्येक वर्ष झापा, मोरङ, धनकुटा, सुनसरी, तेह्रथुम जिल्लाका एक हजार ५०० भन्दा बढी असहाय एवं जेहनदार विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गर्नुका साथै ज्येष्ठ नागरिक एक महिला, गौशाला, मठमन्दिर, बाल आश्रमलगायत क्षेत्रमा सहयोग गर्दै आएका छन् ।


एक दर्जन उद्योग स्थापना गरेर त्यसको सफल सञ्चालन गरेका गोयल अहिले झन्डै दुई सय सामाजिक सङ्घसंस्थामा आबद्ध छन् । एक दशकदेखि औद्योगिक जीवनबाट विश्राम लिएर सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

सम्बन्धित समाचार

नेकपा सचिवालय विघटन गरौँः जनार्दश शर्मा

काठमाडौं, १० असार-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आज बसेको स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले सचिवालय विघटन गर्नुपर्ने प्रस्ताव गरेका छन् । सचिवालयले काम गर्न नसकेकोले यसको कुनै अर्थ नभएको भन्दै उनले वैठकको एजेण्डामै खारेज गर्ने विषय...

भक्तपुरका ७ र काठमाडौं १ जनामा कोरोना पुष्टि

काठमाडौं, ६ असार-शनिबार काठमाडौं उपत्यकाका ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

पाल्पा पहिरो अपडेट : मृतकको परिचय खुल्यो 

बुटवल, ९ असार-पाल्पाको तानसेन नगरपालिका-११ सम्मोबारीमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको परिचय खुलेको छ । तानसेन रिडि सडकखण्डको ५ किलोमिटर पश्चिम सम्मोबारीमा गएको पहिरोमा परी ४ सवारी साधनमा रहेका ३ जनाको ज्यान गएको थियो...

बैंकको चर्को ब्याज विरुद्ध सोमबार विराटनगरमा बृहत छलफल

विराटनगर । बैंकको चर्को ब्याजका विरूद्ध विराटनगरका उद्योगी व्यवसायीहरूले संयुक्त रुपमा वृहत छलफल गर्ने भएको छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा सोमबार दिउँसो साढे ३...

झापाको मेचीनगरबाट अबैध समान बरामद

झापा–झापाको मेचीनगर नगरपालिका ६ बाट १ लाख ५२ हजार बराबरको अबैध सामान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका...

औषधि तथा बिक्रि प्रतिनिधि संघद्धारा अभिमुखिकरण सम्पन्न

विराटनगर । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ बिराटनगर ईकाईले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा पहिलोपटक संघले आफ्ना सदस्यहरुको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । संघले औषधि प्रतिनिधि एमआर पेशासंग...

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

विराटनगर । साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु...

सामूहिक बलात्कार घटनाको अधिकारकर्मीद्धारा अनुगमन

विराटनगर, १० माघ । मोरङको सुन्दरहरैचा–४ बलियामा गत शुक्रबार ३१ वर्षीया महिला सामूहिक बलात्कारमा परेको घटनाका विषयमा इन्सेक प्रदेश १, कार्यालय विराटनगर सहित अधिकारकर्मीको टोलीले आज पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्