स्वास्थ्य निर्देशिका अपाङ्गता मैत्री हुनुपर्नेमा जोड

 न्यूज विराट
स्वास्थ्य निर्देशिका अपाङ्गता मैत्री हुनुपर्नेमा जोड

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको उपचार राज्यले निःशुल्क गरिने व्यवस्था मिलाउनुपर्ने एक कार्यक्रममा सरोकारवालहरूले बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरू सानैबाट विभिन्न रोगबाट ग्रसित हुने भएको कारणले उनीहरूको उपचार गर्ने व्यवस्था राज्यले गरिनुपर्ने बताएका हुन् ।
नेत्रहीन युवा सङ्घले विराटनगरमा बिहीबार आयोजना गरेको अपाङ्गता मैत्री यौन प्रजनन स्वास्थ्य निर्देशका अभिमुखीकरण गोष्ठी कार्यक्रममा बोल्दै उनीहरूले स्वास्थ्य बिमा गरिदिएर भए पनि राज्यले अपाङ्गता भएका व्यक्तिहरूको उपचार व्यवस्था राज्यले गरिदिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेत्रहीन युवा सङ्घका केन्द्रीय अध्यक्ष कलाधर भण्डारीले प्रकृतिको आधारमा १० प्रकार र गम्भीरताको आधारका ४ प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको उपचार राज्यले गरिनुपर्ने बताए । ‘स्वास्थ्य कार्यालयहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँच हुने गरेको छैन । यहाँका सरकारी कार्यालयदेखि स्वास्थ्य कार्यालयहरू अपाङ्गता मैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा लिन कठिनाइ हुने गरेका छ,’ उनले भने, ‘हरेक कार्यालयको भौतिक संरचनाहरू अपाङ्गता मैत्री र स्वास्थ्य कार्यालयहरूमा अपाङ्गता मैत्री स्वास्थ्य सामाग्रीको व्यवस्था राज्यले गरिनुपर्दछ ।’
हरेक सरकारी कार्यालयहरूमा दोभासे राखिनुपर्ने उनले बताए । ‘दोभासे नहुँदा अपाङ्गता भएका व्यक्तिहरूले सेवा लिन समस्या हुने गरेको छ,’ उनले भने, ‘त्यसैले स्वास्थ्य कार्यालयदेखि हरेक कार्यालयहरूमा दोभासेको व्यवस्था गरिनुपर्नेछ ।’ राज्य तहबाट बनिने स्वास्थ्य निर्देशिकाहरू पनि अपाङ्गता मैत्री निर्माण गरी कार्यान्वयन हुनुपर्ने उनले बताए ।
कार्यक्रममा प्रदेश १ को स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेतले प्रदेश सरकारले बनाउने स्वास्थ्य निर्देशिकाहरू अपाङ्गता मैत्री बनाएर अगाडी बढ्ने बताए । कार्यक्रममा प्रदेश १ का स्वास्थ्य मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले अपाङ्गता मैत्री यौन तथा प्रजनन स्वास्थ्य निर्देशिका बनेको कारणले यसलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा नेत्रहीन युवा सङ्घकी निलूँ महर्जनले स्वास्थ्य उपचामा अपाङ्गता मैत्री नीति निर्माण राज्यले बनाएर अगाडी बढ्नुपर्ने सुझाव दिइन् ।


कार्यक्रममा सुनसरी र मोरङका अपाङ्गता भएका ६० जनाको उपस्थिति रहेको थियो । नेत्रहीन युवा सङ्घले ७ वटै प्रदेशमा अपाङ्गता मैत्री यौन तथा प्रजनन स्वास्थ्य निर्देशिका अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

नेपालमा कुल जनसङ्ख्याको करिब १।९४ प्रतिशतमा अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । शारीरिक अपाङ्गता ३६ प्रतिशत, दृष्टिविहीन १८ प्रतिशत, बहिरा १५ प्रतिशत रहेको बताइएको छ ।

सम्बन्धित समाचार

५ हजार ११० नुमना परीक्षण गर्दा थपिए ५११ संक्रमित

काठमाडौं, १५ पुस-नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ११० जनाको नमुना परीक्षण गर्दा २०४ महिला र ३०७ जना पुरुषमा कोरोना...

प्रदेश स्तरीय कबड्डी सुरु , सोलुखुम्बु र उदयपुरले समान अंक बाढ्यो

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास...

बिहीबारभन्दा आज ३०३ सक्रिय संक्रमित घटे

काठमाडौं, १९ मंसिर-देशभरमा बिहीबारभन्दा आज ३ सय ३ सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना संक्रमित हुँदा १ हजार ५ सय ७५ जना संक्रमण मुक्त भएकाले सक्रिय संक्रमितको...

भारतमा कोरोनाबाट संक्रमितको संख्या १ लाख १२ हजार नाघ्यो

एजेन्सी, जेठ ८-गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ...

रुकुम हत्याकाण्डको विरोधमा उर्लाबारीमा प्रदर्शन

विराटनगर, जेठ १५-जातकै कारण रुकुम पश्चिममा दलित युवक नवराज विक सहित चारजनाको हत्या भएको भन्दै मोरङको उर्लाबारीमा विरोध प्रदर्शन गरिएको छ । दलित संघर्ष समिति, विश्वकर्मा सेवा समिति उर्लाबारी, राष्ट्रिय दलित पत्रकार संघ मोरङलगायत संघ...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौं, १९ साउन-प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई  समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।  समितिको आजको बैठकमा ‘तेजाब आक्रमण, पीडितको अवस्था र...

सत्ता गठबन्धन स्थानीय तहको चुनाव सार्न जालझेल गर्दैछ:गोकर्ण विष्ट

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन भएको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सचिव विष्टले संविधान र...

नुहाउन गएका बेला भालुको आक्रमण

जुम्ला, २८ साउन । जुम्लाको चन्दननाथ नगरपालिका-५ कार्कीवाडामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिजाे बिहान करिब ४ बजेतिर भालुले आक्रमणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाइल पसल गर्दै आएका हेमराज रोकाया र उनकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्