५ हजार ११० नुमना परीक्षण गर्दा थपिए ५११ संक्रमित

 न्यूज विराट
५ हजार ११० नुमना परीक्षण गर्दा थपिए ५११ संक्रमित

काठमाडौं, १५ पुस-नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ११० जनाको नमुना परीक्षण गर्दा २०४ महिला र ३०७ जना पुरुषमा कोरोना पुष्टि भएको हो । यीसँगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा  ६ सय जना निको भएर फर्किएका छन् । योसहित कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ ।

त्यस्तै, संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ४७ पुगेको छ ।

सम्बन्धित समाचार

विराटनगरमा विराट सिटि डेन्टल संचालनमा, दश दिनसम्म निःशुल्क सेवा

विराटनगर । विराटनगर– ६ शनिमन्दिरमा डाक्टर अम्बिका साहले विराट सिटि डेन्टल संचालनमा ल्याएकी छिन् । सोमबार एक कार्यक्रम आयोजना गरि डेन्टल संचालनमा ल्याएको हो ।अत्याधुनिक डेन्टल चियर, दाँतको ए–क्सरे मसिनलगायत अन्य उपकरणहरू र सक्रमण रोक्न...

गुरुङ राष्ट्रिय परिषद विराटनगरको अध्यक्षमा कविमान, प्रचार सचिवमा भली

विराटनगर । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरको अध्यक्षमा कविमान गुरूङ चयन भएका छन् । विराटनगरमा आइतबार भएको भेलाबाट कविमानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।कमिटिको वरिष्ठ उपाध्यक्षमा विश्व...

मोरङको ग्रामथानमा दुर्घटना, तीन जना घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका २ पिडारमुनीमा सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । आज दिउँसो दुर्घटनामा परी कारमा सवार तीन जना घाइते भएका हुन् । ग्रामथान २ मा को १ त ६६६६...

मदिराले लठ्याएर बलात्कार गर्ने युवक पक्राउ

सप्तरी, १ असार-बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट १ युवक पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ का ३७ वर्षीय शिवशङ्कर मण्डल १ वर्षपछि आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले...

नेकपा सचिवालय विघटन गरौँः जनार्दश शर्मा

काठमाडौं, १० असार-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आज बसेको स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले सचिवालय विघटन गर्नुपर्ने प्रस्ताव गरेका छन् । सचिवालयले काम गर्न नसकेकोले यसको कुनै अर्थ नभएको भन्दै उनले वैठकको एजेण्डामै खारेज गर्ने विषय...

विश्वभर ३ लाख २० हजारको मृत्यु

काठमाडौं, ६ जेठ-भारतमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ४ हजार ६ सय थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख नाघेको हो । मंगलबार बिहानसम्म...

कोशी र बीपीमा २ संक्रमित महिलाको मृत्यु

विराटनगर, २० भदौ–कोरोना भाइरसको संक्रमणबाट विराटनगरका दुई जना महिलाको मृत्यु भएको छ । एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोशी अस्पतालमा शुक्रबार साझ...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ डिस्चार्ज, ४०१ संक्रमित थपिए

विराटनगर, २० कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा ५ सय ६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट पाँच, जिल्ला अस्पताल संखुवासभामा चार, विराट मेडिकल कलेज, बैजनाथपुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्