प्रहरीलाई १६ थान डिजिटल सेट फोन वितरण

 न्यूज विराट
प्रहरीलाई १६ थान डिजिटल सेट फोन वितरण

विराटनगर । विराट व्यापार सङ्घले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ ।
बुधवार एक कार्यक्रम आयोजना गरी १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई वितरण गरेको हो ।

विराट व्यापार सङ्घका अध्यक्ष नरेश खत्रीसहितका कार्यसमिति सदस्यहरूले मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालालाई डिजिटल सेट फोन हस्तान्तरण गरेका थिए ।
प्रहरीको आन्तरिक सूचना प्रणाली व्यवस्थापनको लागि डिजिटल सेट फोन हस्तान्तरण गरेको विराट व्यापार सङ्घको अध्यक्ष खत्रीले बताए । ६२ हजार १ सय मूल्य बरावरको उक्त फोन हस्तान्तरण गरेको उनले बताए ।
कार्यक्रममा एसपी कोइरालाले प्रहरीको काम कारबाहीमा डिजिटल सेट फोनले सहजता प्रदान गर्ने बताए । ‘प्रहरीको आन्तरिक सूचना प्रणाली व्यवस्थापनको लागिको डिजिटल सेट फोनले ठुलो सहयोग मिल्नेछ,’ एसपी कोइरालाले भने, ‘सबै फाटमा इन्टरकम सेटबाट खबर गरिनेछ ।’ एसपी कोइरालाले सीमित श्रोत साधनको प्रयोग गरेर शान्ति सुरक्षामा प्रहरी लागी परेको उनले बताए ।

सम्बन्धित समाचार

भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

नयाँ दिल्ली १९ मङ्सिर-भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले...

आरडीटीमा पोजेटिभ देखिएकी पोखराकी महिलामा देखिएन कोरोना संक्रमण

पोखरा, ४ वैशाख-आरडीटीमा शंकास्पद देखिएकी पोखराकी महिलाको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ । पोखरा महानगरपालिका–१२ ठिकालेथरकी ५५ वर्षीया महिलाको आरडीटी किटले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मंगलबार पोखरा महानगरपालिका–१० र १२...

विराटनगरस्थित सिघिया खोलामा एक बालक मृत अवस्थामा भेटिए

विराटनगर, ५ वैशाख । विराटनगरस्थित सिघिया खोलामा एक बालक मृत अवस्थामा फेला परेका छन् । आइतबार शनिबार साँझदेखि हराइरहेका विराटनगर–८ हाटखोलाका ७ वर्षीय उलब बस्नेत मृचत अवस्थामा फेला परेका हुन् । केही साथीहरुसँग खेल्ने क्रममा...

काठमाण्डौं बाहिर पहिलो पटक न्यूरो अस्पतालमा ‘बीएलएस र एसीयलएस’ तालिम

विराटनगर । अस्पतालको जोखिमपूर्ण कक्षमा कार्यरत स्वास्थ्यकर्मीको लागि तीन दिने ‘बीएलएस र एसीयलएस’ तालिम सम्पन्न भएको छ । अमेरिकन हर्ट एसोसिएसन (एएचए) को आयोजनामा विराटनगरस्थित न्यूरो हस्पिटलको सभाहलमा भएको तीन दिने उक्त तालिम शुक्रबार समापन...

भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, कोरोना रिपोर्ट आउँदै

इलाम, १ भदौ-इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा एक युवकको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर २६ साउनदेखि क्वारेन्टाइनमा बसेका २२ वर्षीय युवकको मृत्यु भएको हो । अचानक स्वास्थ्यमा समस्या आएर उनी ढलेका थिए ।...

कटहरी गाउँपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउँदै, पहिलो पटक ४० युवालाई सिपमुलक तालिम दिदै

विराटनगर । कटहरी गाउँपालिकाले ४० जना बेरोजगार युवायुवतीलाई लक्षित गरेर सिपमुलक तालिम संचालन गर्ने भएको छ । सरोकारवाला निकायसंगको समन्वयमा संचालन गरिने तालिमको बिषयमा गाउँपालिकाले सुझाव समेत संकलन गरेको छ । युवाहरुलाई दिने १० महिने...

त्रिविको वार्षिक परीक्षा नराेकिने, सेमेस्टरबारे अध्ययन हुँदै

काठमाडौं, १५ असार-त्रिभुवन विश्वविद्यालयका सबै वार्षिक परीक्षा स्थिति सामान्य भएपछि हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा केही ढिला भए पनि गरिने बताए । ‘वार्षिक परीक्षा रोकिँदैन । मूल्याङ्कनलाई आधार मानेर हुँदैन...

ग्रिनल्याण्ड स्कुलले मनायो अभिभाव दिवस

विराटनगर । विराटनगर – ५ स्थित ग्रिनल्याण्ड स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । स्कुलले अभिभावक दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्यो । स्कुल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्