विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतना मूलक कार्यक्रम आयोजना गरेको छ ।
न्यूरो हस्पिटलले प्रत्येक वर्ष सचेतना मूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको छ । बिहिबा रविराटनगरमा गु्रप कार्डियाक वर्क आउट गरेको हो ।
विराटनगरस्थित लर्ड बुद्ध कलेजमा आयोजित गु्रप कार्डियाक वर्क आउटलाई द व्ययामशाला, इटहरीले समन्वय गरेको थियो । गु्रप कार्डियाक वर्क आउटमा नेपाल युवा उद्योगी मन्च विराटनगर, न्यूरो हेल्थ कलेज, लर्डबुद्ध कलेज, न्यूरो अस्पतालका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागीता रहेको थियो । गु्रप कार्डियाक वर्क आउटपछि आयोजित कार्यक्रममा बोल्दै विराटनगरस्थित न्यूरो हस्पिटलको कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठले शरीरको सबैभन्दा महत्वपूर्ण अंग मुटु रहेकोले यसलाई स्वस्थ राख्न खानपीन र शारिरक व्ययाममा ध्यान दिनुपर्नेमा सुझाब दिए । ‘मुटुलाई स्वस्थ्य राख्न सके सुखमय भएर जीवन समृद्ध हुन्छ । सबैजनाले आफ्नो मुटु स्वस्थ राख्दै आफू स्वस्थ्यबनौं,’ उनले भने, ‘प्रत्येक मुटुको लागी मुटुप्रयोग गर्ने प्रतिज्ञा गरौं ।’ कार्यक्रममा बोल्दै उनले भने, ‘आफ्नो शरीरमा कुनै समस्या आएको देखिए समयमै राम्रो अस्पताल छनौट गरी चिकित्सकसँग परामर्श गरेर उपचार गरौं । रोग बढ्न दिनहुँदैन ।’ समयमै रोकथाम गरौं र मुटुलाई पनि स्वस्थ राख्नुपर्ने उनले बताए । मुटुलाई स्वास्थ्य राख्नको लागि नियमित व्यायम र चेकजाँच र खानपिनमा परिवर्तन आवश्यकरहेको उनले बताए । ‘मासुजन्य, तारेको, भुटेको ,कार्बाेहाईड्रेड धेरै भएको खानेकुराहरु कमखाने, व्यायाममा जोड दिनुपर्दछ,’ डा. श्रेष्ठको सुझाब रहेको छ । यस्ता कुरालाई ध्यान दिनुभयो भने मुटुमा लाग्ने धेरै रोगबाट बच्न सकिन्छ ।’
यसैगरी मुटु दिवस न्यूरो हस्पिटलले सप्ताहव्यापी कार्यक्रम गरी मनाएको छ । असोज ९ गते आइतबार नेपाल युवा उद्यमी मन्च, बिराटनगर तथा तेरापंथमहिला मंडलसँगको सहकार्यमा बिराटनगर स्थित जैन भवनमा निः शल्क मुटु जाँच तथा परामर्श गरेको थियो । त्यसैगरि असोज ९ गते देखि १४ गते सम्म अस्पतालमा मुटु सम्बन्धी निः शुल्क ओपिडी सेवा तथा जाँचमा २५ प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ ।
विराटनगर, १६ कात्तिक । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान...
चितवन, ८ वैशाख-शनिबार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आइतबार यहाँ आयोजना गरेको कृषिजन्य उत्पादनका क्रियाकलापलाई सञ्चालन गर्नका लागि...
एजेन्सी, बैशाख ४-कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक गर्भवती नर्सको मृत्यु भएको छ । तर चिकित्सकहरुले उनको पेटमा रहेको बच्चा शल्यक्रियामार्फत जीवितै निकाल्न सफल भएका छन् । लुटन एन्ड डलस्टेबल युनिभर्सिटी अस्पतालमा २८ वर्षकी नर्स मेरी...
धनगढी, ३२ जेठ-कैलालीको सीमाक्षेत्रका थप ५ स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएकाे छ । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएकाे हाे । जिल्लामा अब बीओपीको सङ्ख्या ९ पुगेको सशस्त्र प्रहरी...
काठमाडौं, २२ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ६२५ महिला र ८८७ पुरुष...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको बैठकमा पनि एमालेले अवरोध जारी राखेको हो । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै...
विराटनगर, जेठ ८–विराटनगरमा दुईभाइ छोरा मिलेर आफ्नै बृद्ध बाबुलाई अमानविय ढंगले हत्या गरेका छन् । हत्यापछि उनीहरुले शवलाई घरकै कोठामा खाडल खनेर पुरिदिएका थिए । विराटनगर–१४ झटियाहीका २९ वर्षीय रोहित र २६ वषर््ीाय नागेन्द्र चौहानले...