मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मर्निङ्ग भेट्रान्स क्लब हाटखोला फाइनलमा

 न्यूज विराट
मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मर्निङ्ग भेट्रान्स क्लब हाटखोला फाइनलमा

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको फाइनलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको सेमिफाइनल खेलमा आयोजक मिल्स भेट्रान्स क्लब रानीलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै मर्निङ्ग भेट्रान्स क्लब हाटखोला फाइनलमा पुगेको हो ।


जितसँगै हाटखोलले सोमबार हुने फाइनल खेलमा उपाधिको लागि दमक–लखनपुर भेट्रान्स क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ । शनिबारको अन्तिम सेमिफाइनल खेलमा निर्धारित समयसम्म २÷२ गोलको बराबरी भएपछि जितको छिनोफानो ट्राइब्रेकरबाट भएको थियो । ट्राइब्रेकरमा हाटखोलाका अर्जुन खड्की, सुरेन तामाङ्ग र सुरज श्रेष्ठले गोल गरी टिमलाई फाइनलमा पु¥याउन सफल भए । हाटखोलाका राजु थापाको प्रहार बाहिर गएको थियो ।

ट्राइब्रेकरमा आयोजक मिल्सका बिनय चौधरी, कृष्ण शाक्य र रानु प्रताव रानाले गोल गर्न नसक्दा आयोजक प्रतियोगिताबाट बाहिरनुप¥यो । मिल्सको तर्फबाट ट्राइब्रेकरमा बुद्धी दराइ राईले मात्र गोल एक गोल गरेका थिए ।

खेल सुरू भएको १५ औँ मिनेटमा हाटखोलाका सुरज जंग राणाले सुरूवाती गोल गरी टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म दबावमा राखेको हाटखोलले दोस्रो हाफदेखि आयोजक आक्रमक रूपमा मैदान उत्रिएको थियो । ४६ औं मिनेटमा हाटखोलाका खेलाडीले डिबक्स भित्र मिल्स भेट्रान्सका श्याम मल्ललाई लढाएपछि आयोजकले पेलान्टी पाएको थियो । पेलान्टीमा जुमानु राईले गोल गरी खेल बराबारीमा ल्याए । आयोजकले पेलान्टीमार्फत गोल गरेको दुई मिनेटपछि जुमानुले ४८ औंँ मिनेटमा गोल गरी दोब्बर बनाए । आयोजकको अग्रता पाँच मिनेट पनि कायम गर्न नपाउँदै हाटखोलाका सुमन श्रेष्ठे ५३ औं मिनेटमा गोल गरी खेल बराबारीमा ल्याएका थिए ।
प्रतियोगिताको म्यान अफ द म्याच हाटखोलाका गोल किपर मिन बस्नेत घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए ।

फाइनल सोमबार (असोज १० गते घटस्थापनाका)का दिन हुने प्रतियोगिता संयोजक मनोज खड्काले बताए । उनका अनुसार असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रदेश १ का ११ वटा टिम सहभागी थिए । मिल्स भेट्रान्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५१ हजार एक सय ११ रूपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रूपैयाँ पुरस्कार पाउनेछन् ।

सम्बन्धित समाचार

अर्थमन्त्रीको शेयर बजारमा चासो, अब सरकारले पनि लगानी गर्ने आशा

काठमाडौं, १६ असार । अब पुँजी बजारमा सरकारले पनि चासो देखाएको छ । उच्च विन्दुमा पुगेर फर्किएको बजारलाई आफ्नै लयमा फर्काउन अर्थमन्त्री विष्णु पौडेलले चासो देखाएका हुन् । पुँजी बजारले देशको अर्थतन्त्रमा पनि ठुलो प्रभाव...

लिपुलेक विवादबारे प्रचण्ड: कागजमा जस्तै व्यवहारमा पनि सरकारले सही ढंगले काम गरोस्

काठमाडाैं, २८ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठीक हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको...

हिसान स्पोर्ट्स मिटमा ६ कलेज विजयी

विराटनगर । विराटनगरमा जारी हिसान स्पोर्टस मिट अन्र्तगत भएको तीन खेलमा आधा दर्जन कलेज विजयी भएका छन् । विराटनगरमा बिहीबार भएको क्रिकेटमा कान्तीपुर र विकेभिएम, फुटबलमा रेड स्टार, जनक मेमोरियल र शिक्षादिप तथा भलीबलमा मोर्डन...

चिनियाँ रक्षामन्त्री वेई काठमाडौंमा

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् । रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति...

८२ लाख ठगी गरेको आरोपमा सुन्दरहरैँचाबाट ज्वेलर्स सञ्चालक दम्पती पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको झण्डै एक करोड रुपैयाँ गठी गरेको आरोपमा पक्राउ परेका छन् । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा...

मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त्त

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त्त भएका छन् । विश्वविद्यालय सेवा आयोगको दोस्रो अध्यक्षमा प्रोफेसर डाक्टर दामोदर थापा क्षेत्री नियुक्त्त भएका हुन् । अअध्यक्ष थापालाई आइतवार...

लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन पार्टी सक्षम छः कोइराला

मोरङ, पस १९–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको जनाएका छन्। नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिवार आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै...

अभिभावकको रोजाइमा किड्स भिलेज स्कुल

विराटनगर । नयाँ–नयाँ प्रविधिहरुको विकास भएसँगै शैक्षिक क्षेत्रमा पनि निकै परिवर्तनहरु आएको छ । शिक्षण सिकाइमा तल्लो तह देखी नै नयाँशैली र विद्यि अवलम्बन गर्न थालिएको छ । पछिल्लो समय बालबालिकाको सिकाईका लागि मन्टेश्वरी विधी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्