वरिष्ठ न्युरो सर्जन डा.  यामबहादुर रोकाको ‘१०८ कविता सङ्ग्रह’ विमोचन

 न्यूज विराट
वरिष्ठ न्युरो सर्जन डा.  यामबहादुर रोकाको ‘१०८ कविता सङ्ग्रह’ विमोचन

विराटनगर । वरिष्ठ न्युरो सर्जन डा.  यामबहादुर रोकाको ‘१०८ कविता सङ्ग्रह’ विमोचन गरिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिवार एक कार्यक्रमको आयोजना गर्दै डा. रोकाको कविता सङ्ग्रह १०८ विमोचन गरिएको हो ।

डा. रोकाको १०८ कविता सङ्ग्रह वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा डा. रोकाको कविता सङ्ग्रहका पुस्तक विमोचन गरिएको हो । विमोचन गरिएको कविता सङ्ग्रहमा डा. रोकाको १०८ वटा कविता समेटिएका छन् । डा. रोकाद्वारा लिखित कविताहरू अङ्ग्रेजी भाषामा छन् । डा. रोकाले यसअघि पनि कविता सङ्ग्रहका दुई पुस्तक निकालिसकेका छन् । कविता सङ्ग्रहका कुल १२ वटा भोल्युम निकाल्ने तयारी रहेको उनले बताए । कविताले भ्रष्टाचार, कुप्रथा, गरिबी, प्रदूषण र नेपाली राजनीति सहित सामाजिक विषयवस्तु लगायतका क्षेत्रलाई समेटेको उनले बताए ।

न्युरो सर्जन डा. यम बहादुर रोकाद्वारा लिखित कविता सङ्ग्रहको विमोचन गर्दै वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवस ।

डा. रोकाले हालसम्म साढे ८ सय बढी कविताहरू लेखिसकेका छन् । उनीद्वारा लिखित कविताहरूमा जीवनको यर्थाथ चित्रण गरिएको छ । मानव जीवनलाई उल्टो दृष्टिकोणले पनि हेर्नुपर्छ भन्ने सन्देश उनको कविताले दिएको पाइन्छ । पुस्तक विमोचन कार्यक्रममा बोल्दै संस्कृतिविद् तुलसी दिवसले डा. रोकाको कविताले आफ्नो मौलिकता झल्काएको बताए । डा. रोकाले मौलिकतालाई आफ्नो ढङ्गबाट विकास गर्ने प्रयास कविताको माध्यमबाट गरेको उनको भनाइ थियो ।
डा. रोकाको कविता सङ्ग्रहले कवितामाथिको गहिरो चिन्तनमाथि नयाँ सोचको शुभारम्भ गरेको बताइएको छ । समाजको विरोधाभासपूर्ण शैलीलाई डा. रोकाले आफ्नो कविताहरूमा सरल ढङ्गले व्याख्या गर्न खोजेको पाइन्छ ।
बाल्यकालदेखि नै साहित्य सिर्जनामा झुकाव राख्ने डा. रोकाले अङ्ग्रेजी कविता सङ्ग्रह ‘१०८ कविताको भोल्युम १ र २’ यसअघि बजारमा ल्याइसकेका छन् । डा. रोका समाजसेवा पनि सक्रिय छन् । दूर दराजका बालबालिकाको शिक्षामा पहुँच होस् भन्ने उद्देश्यले उनले जन्मस्थल बागलुङको स्कुललाई सहयोग गर्दै आएका छन् ।

सम्बन्धित समाचार

नेपाली भूमिबाट भारतीय सेना हटाउन राप्रपाको माग 

काठमाडाैं, ३२ जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमिबाट भारतीय सुरक्षाकर्मी हटाउने प्रक्रिया थाल्न सरकारसँग माग गरेको छ । आइतबार पार्टी अध्यक्ष पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले भूमि फिर्ताका लागि बाँकी...

मोरङमा एकै दिन ११६ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । मोेरङको तीन वटा परीक्षा केन्द्रबाट ठूलो संख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट ११६ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्र्थी भेटिएको मोरङ प्रहरी प्रमुख...

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, १५ असार-एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता...

दुई सचिव ललिता निवास प्रकरणमा परेपछि कामकाज प्रभावित

जनकपुर, माघ २४–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दर्ता गरेको काठमाडौंको ललिता निवास जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा प्रदेश २ का दुई जना सचिव परेपछि कामकाज प्रभावित भएको छ । प्रदेश २ को मुख्यमन्त्री तथा...

मोरङमा नेपाल प्रहरी तस्करीको सामान उम्काउने, सशस्त्र प्रहरी समाउने

विराटनगर । नेपाल भारत – सीमा क्षेत्र विराटनगरको दक्षिण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका लत्ता कपडा र खाद्यान्यको सामान सशस्त्रले अहिले दैनिक जसो बरामद गर्दै आएको छ । सशस्त्र प्रहरी कोशी प्रदेश पकली सुनसरीका सादा...

‘तत्काल कक्षा ११ को परीक्षा नगर्नू’

 काठमाडौं, २३ साउन-राष्ट्रिय परीक्षा बोर्डले तत्काल कक्षा ११ को परीक्षा नलिन निर्देशन दिएको छ । सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेकाले परीक्षा नगर्न निर्देशन दिएको हो । बोर्डले ११ को परीक्षा विद्यालयलाई नै गर्न भनेपछि...

शिक्षादीप कलेजलाई सफलता : पाँच विद्यार्थीले निकाले एमबीबीएमा नाम, इन्जिनियरिङ्गमा टप १०० भित्रमा चार विद्यार्थी

विराटनगर । संघिय राजधानी बाहिर मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि सबैभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्ने कलेजको रुपमा परिचित बनेको विराटनगर– ९ मा रहेको शिक्षादीप कलेजले यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएको छ ।...

प्रदेश प्रहरी विधेयक संशोधनसहित पारित

विराटनगर, असार २९–प्रदेश १ प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ संसोधनसहित सर्वसम्मत पारित गरेको छ । आजको प्रदेश सभा वैठकले प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्