राशिफल

दुई सचिव ललिता निवास प्रकरणमा परेपछि कामकाज प्रभावित

 न्यूज विराट
दुई सचिव ललिता निवास प्रकरणमा परेपछि कामकाज प्रभावित

जनकपुर, माघ २४–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दर्ता गरेको काठमाडौंको ललिता निवास जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा प्रदेश २ का दुई जना सचिव परेपछि कामकाज प्रभावित भएको छ । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शंकरप्रसाद सुवेदी र सोही कार्यालयका अर्का सचिव तेजराज पाण्डे निलम्बनमा परेका छन् । निलम्बनमा परे पनि दुवै सचिवको कोठाअगाडिको नेमप्लेट हटाइएको छैन ।

मुख्यमन्त्री कार्यालयका अनुसार दुवै सचिवले गर्ने कार्यहरू रोकिएको छ भने प्रमुख कार्यहरू प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीले गरिरहेका छन् । निलम्बनमा परेका दुवै जना नेपाल सरकारमा सहसचिव रहे पनि प्रदेश २ मा उनीहरू सचिव पदमा कार्यरत थिए । अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सुवेदी र पाण्डे पनि निलम्बनमा परेका छन् ।

अख्तियारले सुवेदीविरूद्ध ९ करोड ६५ लाख ७६ हजारको बिगो माग गरी मुद्दा दर्ता गरेको छ । सुवेदी भूमिसुधार कार्यालयका भूमिसुधार अधिकारी रहेको बेला ललिता निवास जग्गामा भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ । त्यसैगरी, पाण्डेविरुद्ध ७ करोड ८ लाख ४८ हजार बिगोसहितको मुद्दा दर्ता गरिएको छ । पाण्डे भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा सहसचिव पदमा कार्यरत रहेको बखत सो जग्गासम्बन्धी निर्णयमा सहभागी थिए । सुवेदी प्रदेश २ मा आएको ६ महिना र पाण्डे २ महिना मात्र भएको थियो । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अब फेरि सचिवको कमी भएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...