नेपाली भूमिबाट भारतीय सेना हटाउन राप्रपाको माग 

 न्यूज विराट
नेपाली भूमिबाट भारतीय सेना हटाउन राप्रपाको माग 

काठमाडाैं, ३२ जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमिबाट भारतीय सुरक्षाकर्मी हटाउने प्रक्रिया थाल्न सरकारसँग माग गरेको छ । आइतबार पार्टी अध्यक्ष पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले भूमि फिर्ताका लागि बाँकी प्रक्रिया तत्काल थाल्न सरकारसँग माग गरेको हो । सीमा विवादमा भारतसँग सार्थक वार्ता गर्नुपर्नेमा पनि राप्रपाले जाेड दिएकाे छ ।

भारतबाट अतिक्रमित भूमि समेटेर तयार गरिएको नयाँ नक्सालाई संविधानकाे अनुसूचिमा समेट्न भएको संविधान (दोस्रो संशोधन) विधेयक पारित गराउन सरकारलाई समर्थन गरेको राप्रपाले देशको सिमानाबारे संसदबाट भएको सर्वसम्मत निर्णयलाई ऐतिहासिक र महत्त्वपूर्ण भनेको छ ।

यस्तै बैठकले पार्टी एकतापछि समायोजन र पार्टी दर्ता प्रक्रिया अघि बढाउने जिम्मेवारी सचिवालयलाई दिएको केन्द्रीय सचिवालयका प्रमुखहरू भास्कर भद्रा र ध्रुवबहादुर प्रधानले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार

सुलेमानीको अन्तिम बिदाइमा दसौं लाख सहभागी

एजेन्सी, पुस २२–इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिम सुलेमानीको अन्तिम बिदाइमा दसौं लाख मानिस सहभागी भएका छन् । अमेरिकाले गरेको हवाई आक्रमणमा परी मृत्यु भएका सुलेमानीको शव यात्रामा लाखौं मानिस सहभागी भएका हुन् ।...

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

सकियो नेकपा सचिवालय बैठक, राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

काठमाडाैं, ८ वैशाख-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् संसोधन गर्ने निर्णय गरेलगत्तै सचिवालय बैठक बसेको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री...

९ महिनापछि खुल्दै नयाँ चालक अनुमतिपत्रको परीक्षा

काठमाडौं, १५ पुस-नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को सङ्क्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो । यातायात...

७ जिल्ला कोरोना फ्रि, ३ मा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, ५ साउन-शून्य कोरोना संक्रमित भएका जिल्लाको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७ जिल्ला कोरोना फ्रि भएको बताए । उनका अनुसार...

नेकपा सचिवालय बैठकमा झलनाथको फरक मत

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै रूपमा पेस गरेको प्रतिवेदन फिर्ता गर्न नहुने धारणा बैठकमा व्यक्त गरेका छन् । बैठक सकिएलगत्तै नेता खनालले दुवै प्रतिवेदन पार्टीको सम्पत्ति...

चौरजहारी घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति

काठमाडौं, १३ जेठ-सरकारले चौरजहारी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति बनाएको छ । रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ मा गत शनिबार भएको घटनामाथि छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको गृहमन्त्री रामबहादुर थापाले बताएका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्