मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, १३ सय प्रहरी खटिने
शुक्रबार, ०७ असोज, २०७९,
न्यूज विराट
विराटनगर । चाडपर्व नजिकिदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको हो ।
दसैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर मोरङ प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । विगतका चाडपर्वमा भएका अवाक्षनीय आपराधिक गतिविधि, चोरी, हत्या र सवारी दुर्घटनालाई मध्यनजर गर्दै तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनतर्फ लैजाने उनले बताए ।
‘कसरी मर्यादित, व्यवस्थित र सुरक्षित तवरले सबैले चाडपर्व मनाउन सक्छन् भनेर हामीले विशेष सुरक्षा योजना बनाएका छौँ,’ एसपी कोइरालाले भने, ‘प्रदेश राजधानी विराटनगरलगायत केही स्थानलाई विशेष रेखाङ्कन गर्दै सबै ठाउँमा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाउँछौँ ।’
चाडपर्व लक्षित सुरक्षा योजना बारे जानकारी दिँदै मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला ।
धार्मिक स्थलहरूमा हुने भक्तजनको भिडभाड, चोरी, लुटपाट, झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभावलगायतमा पनि प्रहरीले विशेष निगरानी बढाएको छ । व्यवस्थित रूपमा ट्राफिक व्यवस्थापन, चाडपर्वमा यातायातको सहज उपलब्धता, हातहतियार तथा लागु औषधको अवैध ओसारपसार नियन्त्रणमा अहिल्यैदेखि प्रहरी सक्रिय भएको एसपी कोइरालाले बताए ।
महिला, बालबालिका, अशक्त, ज्येष्ठ नागरिकविरुद्ध हुन सक्ने अपराध रोकथाम तथा नियन्त्रणका साथै आर्थिक कारोबार हुने स्थानमा चेकजाँच सुरु गरिएको प्रहरीले जनाएको छ। सीमा अपराध नियन्त्रणका लागि भारतीय सुरक्षाकर्मीसँगको समन्वय र सहकार्य गर्ने र पिकेट, मोबाइल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था मिलाउँदै महत्पूर्ण स्थानमा विशेष निगरानी बढाइएको उनले बताए ।
‘चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रणमा लिनका लागि सादा पोसाकमा विशेष टोली परिचालन गरेका छौँ,’ एसपी कोइरालाले भने, ‘मोरङमा १ हजार २ सय ९१ प्रहरी चाडपर्व सुरक्षाका लागि आवश्यक रहेको र २ सय ४१ जना प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी माग गरिएको छ ।’
प्रदेश १ सरकारले आगामी १ असारदेखि लकडाउनको मोडालिटी परिर्वतन गर्ने भएको छ । मोरङको धनपालथान-५ दादरवैरीया स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको ८ कोठे भवनको आज शिलान्यास गर्दे प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले...
जनकपुरधाम, १४ जेठ-प्रदेश २ मा आज ४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये ३८ जनाको स्वाब...
विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरिल्याण्ड कलेजले विविएसमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेजले सोमबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका विविएस प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गर्दै...
विराटनगर, २७ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...
काठमाडाैं, १२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्यहरूले भारतसँगको सीमा विवाद समाधानका लागि प्रभावकारी पहल गर्न पार्टी र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सुरू स्थायी कमिटी बैठकमा सदस्यहरूले भारतले अतिक्रमण...
द्रुत परीक्षणका क्रममा शंकास्पद देखिएकी बागलुङकी एक वृद्धाको कोरोना संक्रमण परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ ।आइतबार काठेखोला गाउँपालिका– ६, बिहुँ इनारपानीकी एक ६५ वर्षीयँ महिलाको द्रुत परीक्षण (र्यापिड डाइग्नोस्टिक टेस्ट) का क्रममा कोरोना शंकास्पद देखिएको...
सरकारले आइतबार राती १२ बजेदेखि ९ दिनका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेको छ । सोहीअनुसार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । तर, विदेशी एयरलाइन्सहरूको विनाअवरोध आवत-जावत भइरहेको...
प्रधाममन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेका बताइएका छन् । एक स्थानीय नेपालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि नेपाल पनि कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताए । उनले कोरोना नियन्त्रणका लागि...