विराटनगर, ६ असोज । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन ले ‘विद्यालय फर्क’ अभियान सञ्चालन गरेको छ । विभिन्न समस्या र अभिभावकहरुमा जनचेतनाका कारण विद्यालय छाडेका बालबालिकाहरुका लागि क्लबले विद्यालय फर्क अभियान सञ्चालन गरेको हो ।
क्लबले गत वर्ष सञ्चालन गरेको ब्याक टु स्कुल परियोजनालाई यसपटक पनि निरन्तरता दिएको हो । जसका लागि क्लबले विराटनगरकै बखरी आधारभूत विद्यालयका ३० जना विद्यार्थीहरूलाई घरबाट स्कूलसम्म जान र आउनको लागि, यातायात सुविधा प्रदान गर्दै आएको छ ।
विराटनगरस्थित खार्जीको ज्योति आधारभूत विद्यालयमा पनि ‘ब्याक टु स्कूल’ अभियान क्लबले सञ्चालन गरेको हो ।
क्लबकी अध्यक्ष रेखा राठी, सेवा परियोजना प्रमुख सन्तोष तोदी र रोटर्याक्ट्सले खर्जी गाउँका सबै घर–घरमा विद्यार्थी विशेष गरी छात्राहरूको संख्या पत्ता लगाउन र पढाई छाड्नुको कारण पत्ता लगाउन सर्वेक्षण गरेका थिए ।
त्यसपछि क्लबले अभिभावकहरूसँग भेटघाट गरिशिक्षाको महत्वबारे प्रकाश पारेका थिए । सो अबसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका का पूर्व अध्यक्ष सन्तोष जैनले अभिभावकहरुलाई शिक्षाको महत्वबारे बताए । सोही अभियान मार्फत क्लबले विद्यालय छाडेका बालबालिकालाई विद्यालयमा फर्काउन सफल भएको छ ।
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका कैदी पक्राउ गर्ने चार जना प्रहरी पुरस्कृत भएका छन् । इलका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापासहित चार जना प्रहरीलाई मोरङ प्रहरीले नगदसहित पुरस्कृत गरेको हो...
विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो । क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् ।...
विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर...
विराटनगर । नेकपा (माओवादी केन्द्र) ले विराटनगरमा आज (शनिबार) बिहान मार्च पाससहित तीन महिने अभियान सुरु गरेको छ । विराटनगरको बजारमा मार्चपाससहित अभियान सुरु गरेको हो । माओवादीले आजबाट देशरभका सबै वडामा एकैपटक तीन महिने...
विराटनगर । तमु लोसारको पुर्वसन्ध्यामा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइले दीप प्रज्वलन गरेको छ । विराटनगरस्थित जनआन्दोलन चोकमा आइतबार साझमा दिप प्रज्जवलन गरेको हो ।गुरूङ सामुदायले मनाउने तमु लोसारको अवसरमा सोमबार...
विराटनगर । बेसिक क्रिटिकल केयरमा काम गर्ने डाक्टर र नर्सहरूलाई तालिम दिएको छ । बिराट मेडिकल कलेज सिमुलेसन फाउण्डेसन र नेपलीज सोसाईटी फर क्रिटिकल केयर मेडिसिनले आवासीय डाक्टर मेडिकल अधिकृत तथा सघन उपचार कक्षमा कार्यरत...
विराटनगर । तस्करीको चामलसहित प्रहरीले एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङको रतुवामाई नगरपालिका ७ स्थित भित्री सडकबाट भारतबाट तस्करी भएको चामल नियन्त्रणमा लिएको हो । प्र....
विराटनगर । विराटनगरस्थित सेन्टजोसेफ स्कुलमा शिक्षक तालिम सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोनामा उक्त कार्यशाला सम्पन्न भएको हो । कार्यकालामा ३५ जना विद्यार्थीहरुलाई भविष्यमा तयार पार्दै सिकाउने चुनौतीलाई कसरी...