झापामा मौलायो तस्करी, यी नाकाबाट खुलेआम भित्रिन्छ लत्ताकपडा (भिडियोसहित)

 न्यूज विराट
झापामा मौलायो तस्करी, यी नाकाबाट खुलेआम भित्रिन्छ लत्ताकपडा (भिडियोसहित)

झापा । प्रदेश १ को तराइको तीन जिल्लामध्ये सबैभन्दा ठुलो सीमा नाका रहेको झापामा तस्करी धन्दा मौलाएको छ । १ सय ६३ किलोमिटर सीमा क्षेत्र रहेको झापामा प्रहरीले तस्करीको लाइन दिएको कारणले खुलेआम तस्करी हुने गरेको पाइएको हो ।

विशेष गरी राती र बिहानको समयमा झापाको काकरभिट्टा, मेचीनगरपालिका – ६ को तुर्केनी फुटबल ग्राउन्ड, दुर्गा मन्दिर छेउ, इलाका प्रहरी कार्यालय काकरभिट्टाको उत्तरपर्टी रहेको नाका नगकलबन्दा जाने हडीकसम नाकाबाट खुलेआम तस्करी हुने गरेको स्थानीयले बताएका छन् । उक्त नाका औपचारिक रूपमा तस्करीमा प्रयोग भएको पाइएको छ ।

तस्करी धन्दामा लागेका गिरोहले यी नाकाहरूबाट भारतबाट कपडा र खाद्यजन्य सामाग्रीहरू ल्याउने गरेका छन् । नेपालबाट भारत तीर सुपारी, चाइनिज स्याउ तस्करी हुने गरेको छ ।
तस्करी धन्दामा लागेका झापाका श्याम थापाले नगकलबन्दाको हडीकसम र तिरिङ खोलाको नाका, राजन खड्काले चर्च नाका जिम्मा लिएर अहिले भारतबाट तस्करीको कपडा ल्याउने गरेका छन् । यस्तै रामे राय र बिरे लिम्बुले पनि कपडाको क्या रिङ गर्दछन् । उनीहरूले इप्रका काकरभिट्टा देखि बि ओपी काकरभिट्टा र जिल्ला प्रहरी कार्यालयसम्म मिलाएर पिक अप भ्यान र साइकलमा कपडा राखेर तस्करी गर्दछन् । शनिवार राती भारतबाट तुर्केनी नाका हुँदै तस्करी भएको भिडियो न्युज विराटले फेला पारेको छ । तस्करी धन्दामा लागेका गिरोहले भारतबाट रातीको समयमा तुर्केनी नाका हुँदै चर्चमा ल्याएर भण्डार गर्दछन् । त्यसपछि त्यहाँबाट पिक अप भ्यानमा कपडा हालेर झापाको बिर्तामोड, दुलारीबजारसहित मोरङको उर्लाबारी देखि सुनसरीको इटहरीसम्म तस्करीको कपडा पुग्ने गरेको छ । रातीको समयमा दुई दर्जन बढी भरियाले साइकलमा कपडाको बोरामा ल्याएर तुर्किने नाका हुँदै चर्चमा ल्याएर राख्ने गरेका छन् । पिक अप भ्यानमा १९ देखि २२ बोराको पोका बनाएर लोड गरेर लैजाने गरेका छन् ।

विगत लामो समयदेखि औपचारिक रूपमा तस्करीको लाइन सञ्चालन नभएको झापामा अहिले तस्करीजन्य गतिविधि एकाएक बढेको छ । विगत एक महिनायता तस्करी धन्दा बढोत्तरी हुँदै चरम अवस्थामा पुगेको छ ।

सीमा सुरक्षाका लागि खटिएको प्रहरी टोलीले बेला बेला दुई चार बोरा कपडा र अन्य सामान बरामद गरे पनि दैनिक सयौँको सङ्ख्यामा साइकलमा बोरोको बोरा कपडा नेपाल आउने गरेको सीमा क्षेत्रका स्थानीयहरूले जानकारी दिएका छन् । स्थानीयले प्रहरीसँगकै मिलेमतोमा तस्करी सुरु भएको दाबी गरेका छन् ।
यी सीमा नाका नजिक इप्रका काकरभिडा छ भने नजिकै सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बि ओपी) अवस्थित छ । तर, तस्करहरूले सुरक्षाकर्मीको पर्बाह नगरी दिनहुँ दजर्नौं सङ्ख्यामा साइकलमा बोरा भित्र कपडा राखेर तस्करी गर्दै आएको स्थलगत रिपोर्टिङका क्रममा पाइएको छ । यहाँका एक जना स्थानीयले दिएको जानकारी अनुसार विगत एक महिनादेखि नियमितरुपमा तस्करीको लाइन चलिरहेको बताए ।
‘साँझ पर्नै हुँदैन ७ बजेदेखि दर्जनौँ साइकल र पिक अप भ्यान लाइन लाग्छन् र कपडा ओसार्न थाल्छन्,’ एक जना स्थानीयले भने ।

तुरर्केनी, दुर्गा मन्दिर नाका तस्करको कब्जामा
श्याम थापाले नगकलबन्दाको हडीकसमर तिरिङ खोला र राजन खड्काले चर्च नाक जिम्मा लिएर अहिले भारतबाट तस्करीको लाइन चलाएका छन् ।

उनीहरूले सशस्त्र र जनपद प्रहरी मात्र होइन भारततर्फको सुरक्षा निकाय (एसएसपी) समेतलाई मिलाएर तस्करी लाइन सञ्चालन गरेका छन् । सशस्त्र र जनपदका दुवै डिआइजी र एसपी मिलाएको छु, कुनै डर मान्नु पर्दैन भनेर खुलेआम तस्करी गर्ने गरेको यहाँका स्थानीय बताउँछन् ।

यता जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विश्वमणि पोखरेलले सीमा क्षेत्रबाट हुने चोरी तस्करी रोक्न लागि परेको बताए । तस्करी र अन्य गलत क्रियाकलाप गर्नेलाई प्रहरीले नछोड्ने उनले बताए । ‘मैले आएदेखि नै चोरी र तस्करी रोक्नदेखि गलत क्रियाकलाप विरुद्ध आन्तरिक रूपमा धेरै कारबाही गरेको छु र म यस्तो गलत तत्त्वसँग जोडिएर कुनै काम पनि गर्दिन,’ एसपी पोखरेलले भने, ‘तस्करी विरुद्ध हामी कडाइपूरक काम गर्छौँ । तर, प्रहरीलाई हचुवामै आरोप लगाउने गरेका छन्, त्यसमा भने म सहमत छैन ।’

सम्बन्धित समाचार

विराटनगरस्थित सिघिया खोलामा एक बालक मृत अवस्थामा भेटिए

विराटनगर, ५ वैशाख । विराटनगरस्थित सिघिया खोलामा एक बालक मृत अवस्थामा फेला परेका छन् । आइतबार शनिबार साँझदेखि हराइरहेका विराटनगर–८ हाटखोलाका ७ वर्षीय उलब बस्नेत मृचत अवस्थामा फेला परेका हुन् । केही साथीहरुसँग खेल्ने क्रममा...

विराट डेन्टल होममा मुख सम्बन्धी भरपर्दो उपचार

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको विराट डेन्टल होममा मुखसम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार भरपर्दो र गुणस्तरीय हुने भएको छ । गोल्डेन हस्पिटल अगाडी रहेको विराट डेन्टलमा दाँतसम्बन्धी सम्पूर्ण उपचार भरपर्दो र गुणस्तरीय हुने गरेको हो...

मोरङका पत्रकारहरुको कोरोना परिक्षण, १६ जनाको नमुना संकलन गरियो

विराटनगर, जेठ ३–कोरोना भाईरसको जोखिमका बाबजुद जनतालाई सु–सुचित गराउन खटिएका मोरङका पत्रकारहरुको कोरोना परिक्षणका लागी स्वाबको नमुना सङकलन गरिएको छ । शनिबार नेपाल पत्रकार महासंघको प्राङगणमा जिल्लाका १६ जना पत्रकारहरुको पिसिआर प्रविधिबाट कोरोना परिक्षणका लागी...

२४ घण्टामा थपिए ४७३ जना कोरोना संक्रमित

काठमाडौं, १८ असार-पछिल्लो २४ घण्टाको अवधिमा थप ४७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १०९ महिला र ३ सय ६४ जना पुरुष गरी ४७३ जनामा संक्रमण...

जनताको साथ पाएका छौं, २०८४ मा माओवादीले कोहीसँग गठबन्धन गर्दैन : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा गठबन्धन गर्दा कांग्रेस र एमालेलाई ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको दाबी गर्दै २०८४ को निर्वाचनमा माओवादी एक्लै अगाडि बढ्ने संकल्प गरेको बताएका छन् ।...

एमएम कप क्रिकेटमा विजयी हुँदै एपिएफ शिर्ष स्थानमा उक्लियो

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै शसस्त्रको एपिएफ शिर्ष स्थानमा उक्लिएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद...

बुन्डेस लिगामा बायर्नको जीत, शीर्ष स्थानमा ४ अंकको अग्रता 

एजेन्सी, जेठ ५-जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । कोरोना भाइरसको महामारीका बीच ६६ दिनपछि पुनः सुरु भएको बुण्डेस लिगामा बायर्नले युनियन बर्लिनलाई उसकै मैदानमा २-० ले हराएको हो । बायर्नको...

संसद बैठक बस्दै, केपी ओलीले सम्बोधन गर्ने

प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकको सुरुमै ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्