अपाङ्गगता भएका व्यक्तिलाई संसद् बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र

 न्यूज विराट
अपाङ्गगता भएका व्यक्तिलाई संसद् बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र

विराटनगर । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचिमा उम्मेदवारको नाम दलहरूले सूचीकृत गर्दा अनिवार्य अपाङ्गता भएका व्यक्तिहरू पनि संसद्मा प्रतिनिधित्व हुने सुनिश्चित गरिदिनुपर्ने माग राखेका छन् ।

नेत्रहीन युवा सङ्घ नेपाल मोरङले यस्तो माग राख्दै आइतबार प्रमुख राजनैतिक दल नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरूले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचिमा उम्मेदवारको नाम दलहरूले सूचीकृत गर्दा अनिवार्य अपाङ्गता भएका व्यक्तिहरू प्रतिनिधित्व हुने सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । यस्तै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अपाङ्गता भएको व्यक्तिहरूले सहज रूपमा मतदान गर्ने स्थल निर्माण गरिनुपर्ने माग पनि राखेका छन् । उनीहरूले उक्त मागसहितको ज्ञापन पत्र पनि जिल्ला निर्वाचन कार्यालय मोरङमा बुझाएका छन् । मतदान केन्द्रमा व्हिल चियर प्रयोग कर्तालाई सजिलै सँग मतदान गर्न व्हिल चियर गुडाउन पर्याप्त ठाउँ बनाइनु पर्ने, न्यून दृष्टियुक्त व्यक्तिहरूका लागि मतदान केन्द्रमा पर्याप्त उज्यालो हुनुपर्ने र मतपत्रमा रहेका चिन्हहरू प्रष्टरुपमा देखिने मतपत्रको रङ्ग हुनुपर्ने माग राखेका छन् ।

यस्तै दृष्टिविहीन व्यक्तिहरूका लागि छामेर मतपेटिकामा मतपत्र खसाल्नका शारीरिक भएका मतदाताका लागि मतपत्र लिँदा हस्ताक्षर गर्न समान सजिलो हुने ठुलो कलमको व्यवस्था गरिनुपर्ने, ब्रेल लिपी र ठुलो छापामा मतपत्र निर्देशिका निर्माण गर्नुपर्ने, हात सम्बन्धी अपाङ्गता भएका मतदाताका लागि मतदान केन्द्रमा साङ्केतिक भाषाका दोभासेहरू उपलब्ध गराइनु पर्ने, अपाङ्गता सम्बन्धी विषय समावेश गरी मतदान गराउने कार्यमा खटिने कर्मचारीका लागि अपाङ्गता भएका मतदातासँग गर्नुपर्ने व्यवहार बारे तालिमको व्यवस्था अनिवार्य गराइनु पर्ने, मतदानको दिन अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान केन्द्र सम्म पुर्‍याउन निर्वाचन आयोगले घरबाट मतदान केन्द्र, मतदान केन्द्रबाट घरसम्म ल्याउने र पुर्‍याउने व्यवस्था गर्नु पुर्नेलगायतका १५ बुद्धे माग राखेका छन् ।
१५ बुद्धे मागसहितको ज्ञापन पत्र नेत्रहीन युवा सङ्घ नेपाल मोरङका अध्यक्ष दुर्गानाथ जोगीसहितका अपाङ्गता भएका व्यक्तिहरूले प्रमुख राजनैतिक पार्टीका पदाधिकारीलाई भेटेर बुझाएका थिए ।

सम्बन्धित समाचार

लकडाउन चौथो दिन पनि जनकपुरधामको बजार पूर्णरूपमा बन्द

लकडाउन चौथो दिन पनि जनकपुरधामको बजार पूर्णरूपमा बन्द रह्यो । हरेका चोकमा सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका देखिन्थे । सुरक्षाकर्मीले लकडाउनको अवज्ञा गर्दै हिँड्नेलाई पक्राउ गरेका थिए । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन...

हजरत मोहम्मदको जन्मोत्सव मनाइँदै, सार्वजनिक बिदा दिन माग

काठमाडौं, १४ कात्तिक-नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक...

अध्यक्ष र उपाध्यक्षको झगडाले गाउँपालिकावासीलाई सास्ती

जनकपुर, ५ साउन-पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवा प्रवाह प्रभावित भएको छ । भनाभनदेखि कार्यालय तालाबन्दीसम्मको लफडाको घाटा गाउँपालिकावासी बेहोर्नुपरेको हो ।  गाउँपालिका उपाध्यक्ष कुश्मी देवीको नेतृत्वमा स्थानीयले आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका...

विराट गोल्डकप : आर्मीलाई हराउँदै जावलाखेल सेमिफाइनलमा

विराटनगर । विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित...

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

धादिङ, ३१ भदौ-पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहाडबाट लेदो झर्ने क्रम...

विराटनगरमा भोली दक्षिण एसियाकै ठूलो रथयात्रा निस्किदै, रथ यात्राको तयारी पुरा

विराटनगर । विराटनगरमा निकालिने दक्षिण एसियाकै ठूलो र पुरानो रथ यात्रा श्री राधाकृष्ण रथयात्राको तयारी पूरा भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ५५ औँ संस्करणको रथ यात्राको तयारी पुरा भएको हो । रथयात्रा सम्पन्न...

विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, ११ भदौ-विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । सिरहाको लहान घर भएकी ६५ वर्षीया महिलाको बिहान १०ः४५ बजे मृत्यु भएको उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी...

आजदेखि खुल्दै सेयर बजार

काठमाडौं, ३० वैशाख-डेढ महिना बढी बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको सेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो । सरकारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्