मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसः स्वरूप फेरिएर मानव बेचबिखन कायमै

 न्यूज विराट
मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसः स्वरूप फेरिएर मानव बेचबिखन कायमै

विराटनगर, २० भदौ । मानव बेचबिखनको स्वरूप फेरिएको तर मानव बेचखिबन अझै कायम रहेकाले यसको न्यूनीकरणका लागि सबैका साझा प्रयास रहेको मानव बेचबिखनविरूद्धको राष्ट्रिय दिवसका वक्ताहरूले बताएका छन् ।

मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसको अवसरमा माइती नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) लगायतले सोमवार रानी भन्सार विराटनगरमा आयोजना कार्यक्रममा सहभागीहरूले मानव बेचबिखनको स्वरूप मात्र फेरिएकाले मानव बेचबिखन निर्मूलका लागि तीन ओटै सरकारको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीले अझै पनि जोगवनी नाकाबाट मानव तस्करहरूले समूहले मानव बेचबिखन गरीरहेको बताउनु भयो । उहाँले अहिले शिक्षित र मानव बेचबिखनको बारेमा जानकारी भएकाहरूलाई समेत राम्रो रोजगारी वा विभिन्न प्रलोभनमा चोरीको बाटो हुँदै अमेरिक पु¥याउने भन्दै मानव बेचबिखन भइरहेको बताउनु भयो । शिक्षित मानिसहरू नै मानव तस्करको चङ्गुलमा परेर बेचिइरहेको अवस्था भएकाले अब मानव बेचबिखनविरूद्धको अभियानलाई सशक्त र प्रभावकारी ढङ्गले अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अहिले आर्थिक गतिविधिका नाममा मानव बेचबिखन हुने भएकाले त्यसको न्यूनीकरणका लागि सङ्घीय सरकार र स्थानीय सरकार बढी जिम्मेवार भएर काम गर्न आवश्यक भएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी दाहालले अहिले मानव बेचबिखनको स्वरूप फेरिएर शिक्षाको नाममा, व्यापारको नाममा, कलाकारको नामको मानव तस्करी भइरहेकाले बेचबिखन नियन्त्रणका लागि सामाजिक सङ्घसंस्थाको सहयोग राज्यलाई आवश्यक भएको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग विराटनगर प्रमुख नितु गड्तौलालले पहिले महिला र बालबालिका बेचबिखन जस्तो गरी मानव बेचबिखन नहुने भएकाले सीमा क्षेत्रसाथै राज्यले बेचबिखनविरूद्धका नीति तथा कार्यक्रम कठोर बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अब हात समाएर सिमाना कटाउने जमाना नभएकाले इन्टरनेटको प्रयोग गरी हुने मानव तस्करी रोक्न राज्यसहित सङ्घसंस्थाले कार्यविधि बनाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले पछिल्लो समय अफ्रिकामा नेपाली चेली र बैदेशिक रोजगारीका नाममा पुरूषको बेचबिखन भइरहेकाले त्यसको न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका प्रभावकारी हुनुपर्ने बताउनु भयो । थापाले स्थानीय सरकारले सङ्घीय सरकारसँग समन्वय गरी रोजगारीको अवस्था सिर्जना गर्न सके मानव बेचबिखन अन्त्यका लागि प्रभावकारी हुने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङ शाखा अध्यक्ष सञ्जीव खनालले घरपरिवारमा मानव बेचबिखनको सचेतना परिवारका सदस्यले नै फैलाउन सकेको अवस्थामा मानव बेचबिखन नियन्त्रण गर्न सकिने बताउनु भयो ।

गएको आर्थिक वर्षमा रानी भन्सारबाट १०६३ जनाको उद्दार, ५ हजार बेचबिखन प्रयास घटनामा नियन्त्रण, २७२ जना हराएको र ११० जना भारतमा फेला पारी उद्दार गरिएको तथ्याङ्क प्रस्तुत गरिएको छ । प्रदेश १ प्रहरी कार्यालयका तथ्याङ्कमा गएको आवमा मानव बेचबिखनविरूद्धका २३ ओटा मुद्दा कानुनी प्रक्रियामा रहेको जानकारी गराइएको थियो ।

 

सम्बन्धित समाचार

कांग्रेस महाधिवेनः इटहरीको नगर सभापतिमा हेकमर्ण पौडेल विजयी

विराटनगर, १० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्र्तगत सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनबाट हेमकर्ण पौडेल सभापतिमा विजयी हुनुभएको छ । निर्वाचनमा दुई प्यानल भएर चुनावी प्रतिस्पर्धा गरेका विकास केसीलाई ४२ मतको अन्तरले पौडेलले पराजित गर्दै...

वृद्धको मृत्युपछि विराटनगरको आइसिपी क्षेत्र तनावग्रस्त, दश राउण्ड अश्रु ग्यास प्रहार

विराटनगर । विराटनगर – १८ आइसीपी रोडमा माल बाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको छ ।मृतकका आफन्तले लापरवाहीपूर्ण सवारी चलाउने चालकलाई कारवाही र परीवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै आइसीपी...

यस्तो छ आजको मौसम

काठमाडौं, १० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र...

महामन्त्रीमा चुनाव हारे कांग्रेसको कुनै पनि कमिटीमा नबस्ने गगन थापाको घोषणा

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री पदमा पुनः निर्वाचन हारे कांग्रेसको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ । काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार...

किशोरी ‘बलात्कार’ प्रकरणमा अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको बैठकले किशोरी ‘बलात्कार’ प्रकरणमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश गरेको छ । आजको बैठकमा कांग्रेस सांसद गगन थापाले हालै ८ वर्ष पुरानो यौनहिंसाको घटना सार्वजनिक भएको भन्दै तत्काल...

एमसीसीको पक्षमा मतदान गरे जनकारबाही गर्ने मन्त्री भट्ट र देउवालाई विप्लवको चेतावनी

डडेल्धुरा, ११ असार-पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनकारबाही गर्ने चेतावनी दिएको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित देउवा निवासको...

विश्वभरी कोरोनाका कारण २४ घण्टामा ५४ सयको मृत्यु

एजेन्सी, बैशाख २७-विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७२९ रहेको छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको...

स्मरणशक्ति बढाउन कोवास कलेजमा विद्यार्थीलाई तालिम

विराटनगर । विराटनगरस्थित कोवास कलेजमा विद्यार्थीहरुलाई स्मरणशक्ति बढाउनुको साथै अध्ययन गर्ने कला सिकाउने उद्देश्यले एक दिने तालिम दिएको छ । कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी उक्त तालिम दिएको हो । जीएलए विश्वविद्यालय मथुरा भारतबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्