विराटनगर । रोटरी क्ल अफ विराटनगरको ४६ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आइबार साझ एक भव्य कार्यक्रम आयोजना गरी रोटरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
रोटरी क्लब अफ विराटनगरको रोटरी वर्ष २०२२–०२३ लागि विराटनगरका युवा व्यसायी कबिन श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । युवा व्यवसायी श्रेष्ठले आफ्नो कार्यकालमा सामाजिक काममा सक्रिय भएर लागि पर्ने बताए ।
श्रेष्ठको अध्यक्षमा २० जनाको बोर्ड सदस्यीय रहेको छ । क्लबको निर्वतमान अध्यक्ष (आइपीपी) मा सुरेन्द्र गोल्छा रहेका छन् । यस्तै क्बलको आगमी भावि अध्यक्षको रूपमा कमल बस्नेत रहेका छन् । क्लबको उपाध्यक्षमा मनोज विक्रम शाह, सचिब शिव प्रसाद अधिकारी, सह–सचिबमा प्रभु तोडी, कोषाध्यक्षमा प्रमोद कुमार अग्रवाल, सहकोषाध्यक्षमा पुजा सिंह रहेका छन् । यस्तै क्लबका चियर सदस्यीयमा डा. कोपिका अग्रवाल, क्लब प्रशासन अध्यक्षमा सरिता अग्रवाल रहेकी छिन् ।
यसैगरि क्लबको सेवा परियोजना अध्यक्षमा नन्दिप अग्रवाल, चिर्यर पब्लिक इमेमा बिनिता धारेवा, चिर्यर टिआरएफमा राजकुमार शर्मा, चिर्यर युर्थ सभिर्समा बिनोदकुमार अग्रवाललगायत रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहेका थिए । कार्यक्रममा उनले विराटनगरको विकासमा रोटरी क्बल र महानगरपालिका समन्य र सहकार्य गरी अगाढी बढनुपर्नेमा जोड दिए ।