विराट भेट्रान्स प्रतियोगिता रात्रिकालिन हुने

 न्यूज विराट
विराट भेट्रान्स प्रतियोगिता रात्रिकालिन हुने

विराटनगर । विराटनगरको सहिद मैदानमा शनिबारबाट सुरू हुने विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता रात्रीकालिन हुने भएको छ ।
विराट गोल्डकपको दुई संस्करण रात्रीकालिन भएसंगै विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता पनि रात्रीकालिन हुन लागेको हो ।
प्रदेश १ मा पहिलोपटक ४० वर्ष उमेर माथिका खेलाडीबीच रात्रीकालिन रात्रीकालिन प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक बसन्त राज अर्यालले जानकारी दिए ।

प्रतियोगितामा मोरङ, सुनसरी, झापा र मधेश प्रदेशको लाहानबाट टोलीको सहभागिता हुने छ ।
१ लाख रुपैया पुरस्कार राशीको प्रतियोगिताका लागि विराटनगरबाट मिल्स भेट्रान क्लब, हाटखोला भेट्रान्स क्लब, र आयोजकका तर्फबाट विराट मेघा भेट्रान क्लबको ए र बी गरि ४ टोली रहनेछन् । त्यसैगरि, झापाबाट दुधे भेट्रान क्लब, मोरङको डाँगीहाटबाट जहदाँ भेट्रान क्लब, सिद्राहा भेट्रान क्लब, सुनसरीबाट दुहबी भेट्रान क्लब, र मधेश प्रदेशबाट लाहान भेट्रान क्लबले प्रतिस्पर्धा गर्ने भएकाछन् ।
प्रतियोगिताका लागि कुल ६ लाख ७० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । जसमा फ्लड लाईट र टोली ब्यवस्थापन खर्च समान १ लाख ५० हजार रुपैया हुने अनुमान गरिएको छ ।
प्रतियोगिता आयोजनाका लागि विराटनर महानगरबाट १ लाख र मुख्य प्रायोजकबाट २ लाख रुपैया संकलन गर्ने लक्ष्य राखेको छ ।
शनिबार हुने पहिलो उद्घाटन खेलमा विराटनगर रानीको मिल्स भेट्रान क्लब र झापाको दुधे भेट्रान क्लबबीच स्पर्धा हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताका सबै खेल बेलुका ६ बजेर ३० मिनेटमा सुरु हुनेछ ।

सम्बन्धित समाचार

लक्षण भएका संक्रमितलाई प्रथामिकता

विराटनगर, १ भदौ–विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिईने भएको छ । पछिल्लो समय लक्षण सहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने...

राजविराज नगरक्षेत्रमा बिहीबार बिहानदेखि कर्फ्यू लागू गर्ने निर्णय

काठमाडौं, ७ साउन-राजविराज नगरक्षेत्रमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमित बढिरहेको भन्दै बिहीबारदेखि राजविराज नगर क्षेत्रमा निषेधज्ञा जारी गर्ने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिएपछि राजविराज नगरक्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने...

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...

विराटनगर उच्च अदालत अगाडी इटा उद्योगीमाथि खुकुरी प्रहारमा संलग्न दुई जना पक्राउ

विराटनगर, ११ असोज । आइतबार दिउँसो विराटनगरस्थित उच्च अदालत अगाडी इटा उद्योगीमापथ खुकुरी प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका वडा नं.–९ बस्ने बर्ष ३० वर्षीय कलाम...

औद्योगिक क्षेत्रका समस्या समाधान गर्न राष्ट्रिपतिको आग्रह

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् ।विराटनगरमा बिहीबारबाट सुरू भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् । राष्ट्रपति...

थुनुवा, कैदी र बन्दीलाई संविधानले दिएका अधिकार सुनिश्चिततामा जोड

विराटनगर, ३ असोज । संविधान दिवसका अवसरमा विराटनगरमा आज थुनुवा, कैदी र बन्दीका संविधान प्रदत्त हक अधिकारको प्रयोग र सुधार गर्नुपर्ने पक्षहरु विषयक सरोकारवासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ को आन्तरिक मामिला...

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण थप

पोखरा, २० जेठ-गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित स्याङ्जा र पर्वत जिल्लामा हुन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२, ४० बर्षका ४...

नहरले बगाएर बेपत्ता भएका युवा मोरङको जहदामा मृत भेटिए

विराटनगर । मोरङको जहदा गाउँपालिका–३ मा नहरले बगाउँदा बेपत्ता भएका एक जना युवक मृत फेला परेका छन् । नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीया गणित राजवंशी शव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्