चोटका कारण सानियाले युएस ओपन गुमाउने

 न्यूज विराट
चोटका कारण सानियाले युएस ओपन गुमाउने

एजेन्सी, ८ भदौ । भारतीय स्टार सानिया मिर्जा २९ अगस्टबाट सुरु हुने युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कुहिनोको चोटका कारण वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिताबाट आफू बाहिरिएको घोषणा गरेकी हुन् ।

३५ वर्षीया सानियाले इन्स्टाग्राममा लेखेकी छन्, ‘हेल्लो साथीहरू, मसँग अहिले निकै नराम्रो समाचार छ । दुई हप्ता अघि क्यानाडामा खेल्दा मेरो कुहिनोमा चोट लागेको थियो र हिजो स्क्यान नगर्दासम्म मलाई थाहा थिएन कि यो कति खराब छ भनेर ।’

उनले लेखेकी छन्, ‘चोटका कारण म केही हप्ता कोर्टबाट बाहिर हुनेछु र युएस ओपन पनि खेल्न नसक्ने भएको छु । यसले मेरो रिटायरमेन्ट प्लानमा पनि परिवर्तन हुनेछ । म थप जानकारी पछि गराउने छु ।’

वुमन्स डबल्समा विश्व नम्बर १ बनिसकेकी सानियाले आफ्नो करियरमा ६ ग्राण्डस्लाम उपाधि जितेकी छन् । जसमा समान तीन वुमन्स डबल्स र मिक्स डबल्स उपाधि समावेश छन् ।

सानियाले वुमन्स डबल्समा अस्ट्रेलिया ओपन, विम्बल्डन र युएस ओपन तथा मिक्स डबल्समा अस्ट्रेलिया ओपन, फ्रेन्च ओपन र युएस ओपनको उपाधि हात पारेकी हुन् ।

सम्बन्धित समाचार

मेरिल्याण्ड कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्यनरत २० औ ब्याजको विद्यार्थीहरुलाई विदाई गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी कलेजले विदाई गरेका हो । कलेजमा व्यवस्थापक संकायमा अध्ययनरत...

विराटनगरमा लाग्दै आएका हाटबजार बन्द, सुपर मार्केटहरुमा पनि छैन सतर्कता

विराटनगर, चैत ९ –कोरोनाको रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगर महानगरपालीकाले महानगर क्षेत्रमा लाग्दै आएको साप्ताहिक हाटबजार आजबाट हटाउने निर्णय गरेको छ । विराटनगर महानगरपालिका भवनसँगै जोडिएको सडकमा दशकौंदेखि लाग्दै आएको साप्ताहिक शनिबारे लगाउने तयारी...

कोरोनाबाट जोगिन सावधानी अपाउन सांसद लिङ्देनको आग्रह

झापा, जेठ ७-सांसद राजेन्द्र लिङ्देलले गृहजिल्ला झापाको कचनवलमा कोरोना संक्रमित पुष्टि भएपछि सावधानी अपनाउन आग्रह गरेका छन् । झापा–३ बाट निर्वाचित लिङ्देलले संक्रमित बढे पनि नआत्तिन र सावधानी अपनाउन आग्रह गरेका हुन् । ‘ज्यालामजदुरीका सन्दर्भमा...

शुक्रबारबाट ‘प्याब्सन विराट कप’, पहिलो खेल डनबस्को र सनसाईनबीच प्रतिस्पर्धा

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट शुक्रबारबाट सुरू हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्रतियोगिताको...

अन्ततः वामदेव राष्ट्रियसभा सदस्य हुने

काठमाडौं, १८ भदौ-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमा गौतमलाई सिफारिस निर्णय गरेको हो।...

संचारकर्मीको निःशुल्क पीसीआर गराउन महासंघको आग्रह

काठमाडौं, ८ भदौ-नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड १९ को...

स्थानीय चुनावका लागि मतपत्र खरिद प्रक्रिया सुरु

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि मतपत्र खरिदको प्रक्रिया अघि बढाएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनावका लागि मतपत्र खरिदको प्रक्रिया अघि बढाएको बताएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्माले मतपत्र...

एक परिवारलाई मासिक १ सिलिण्डर

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्