स्पाइनल कर्डमा भएको ८ सेन्टिमिटरको ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया, बालिकाले पाइन् नयाँ जिवन

 न्यूज विराट
स्पाइनल कर्डमा भएको ८ सेन्टिमिटरको ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया, बालिकाले पाइन् नयाँ जिवन

विराटनगर । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ ।
धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएपछि बुधवार डिस्चार्ज भएको हो ।

स्पाइनल कर्डमा ट्युमर भएको कारणले प्रतिज्ञा हिँडडुल गर्न नसक्ने भएर थला परेकी मात्र नभएर उनको पिसाब नियन्त्रण बाहिर गएको थियो । प्रतिज्ञाका आमा राम दुलारी मण्डलले छोरीको उपचारको लागि जनकपुरसहित प्रदेश १ का विभिन्न अस्पतालहरूमा लिएर गइन् । तर, उपचार हुन नसकेपछि उनलाई आर्या न्युरो हस्पिटलमा लिएर आएका थिए । १ साउनमा आर्या न्युरो हस्पिटल आएका प्रतिज्ञाको ३ साउनमा शल्यक्रिया गरेर स्पाइनल कर्डमा भएको ८ सेन्टिमिटरको लामो ट्युमर शल्यक्रिया गरी निकालिएको थियो ।

आर्या न्युरो अस्पतालका वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालको टिमले प्रतिज्ञाको सफल शल्यक्रिया गरी बचाएको हो । ‘बालबालिकाहरूको स्पाइनल कर्डमा देखिने यस्ता ट्युमरको शल्यक्रिया धेरै जोखिम हुने गरेको छ,’ डा. नेपालले भने, ‘ च्यालेन्जिङ्ग सर्जरी गरेर हामीले स्पाइनल कर्डमा भएको ट्युमर निकालेका छौँ ।’
७ वटा मेरुदण्डको हड्डीको पछाडि ट्युमर रहेको थियो । ‘दिमागबाट आएको नशालाई ट्युमरले समातेको थियो । यो बाहिरतिर ढाडको अप्रेसन गरेपछि प्यारालाइसिस हुन्छ भन्ने हल्ला रहेछ । त्यो हल्ला सत्य होइन,’ वरिष्ठ न्युरो सर्जन डा. नेपालले भने, ‘ ट्युमरको अप्रेसन गरेपछि मान्छे हिडन सक्छ भन्ने यो घटनाले पनि देखाएको छ । बच्चामा ट्युमर रियल हुन्छ । त्यसमाथि पनि मेरुदण्डमा पनि ट्युमर धेरै हुन्छ । यसरी बेलैमा ट्युमरको शल्यक्रिया गरेर उपचार गरे बिरामीको स्वास्थ्य अवस्था राम्रो हुने गर्दछ ।’
मेरुदण्डमा ट्युमर देखिएको बिरामीको चाँडै उपचार गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । ‘यस्ता बिरामीको समयमै उपचार नगरे थप समस्या हुँदै जान्छ । बेलैमा उपचार नगरे खुट्टा नचल्ने, पिसाब नियन्त्रण नहुने लगायतका अन्य विभिन्न समस्याहरू देखा पर्दै जाने गरेको छ,’ डा. नेपालले भने ।

२५ दिनको उपचारपछि प्रतिज्ञालाई डिस्चार्ज दिएको छ । अहिले उनी आफै हिँडडुल गर्न सक्ने भएकी छिन् । हस्पिटलका चिकित्सक सफल उपचार गरेर पुनः जन्म दिएको प्रतिज्ञाको आमा राम दुलारी मण्डलले बताइन् । उपचार संलग्न चिकित्सकप्रति कृतज्ञ भएको उनले सुनाइन् ।
‘छोरीलाई बचाउन आर्या न्युरो हस्पिटलले गरेको यो उपचार हामी बिर्सन सक्दिनम । उपचारमा सहयोग पु¥याउने चिकित्सकहरू प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो कान्छी छोरीलाई बचाउनुभयो । अहिले हिँडडुल गर्न सक्ने भएकी छिन् । बाबुले नयाँ जीवन पाइन्,’ आमा राम दुलारीले भनिन् ।
यस अघि पनि आर्या न्युरो हस्पिटले जटिल प्रकृतिका बिरामीहरूको पनि सफल गरेको छ ।
उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाइसकेको अवस्थामा आर्याले उनीहरूलाई नयाँ जीवन प्रदान गर्न थालेको हो ।
यसरी एक पछि अर्को जटिल प्रकृतिका बिरामीको सफल उपचार गरी पूर्वाञ्चलमै कम खर्चमा गुणस्तरीय उपचार हुने भरपर्दो अस्पतालको रूपमा स्थापित हुँदै आएको देखिन्छ ।

सम्बन्धित समाचार

कालोबजारीको आरोपमा अग्रवालमाथि मुद्दा दायर

 काठमाडौं, १६ वैशाख-२५ चैतमा थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अर्वपति सुलभ अग्रवालमाथि मुद्दा दायार भएको छ । मंगलबार कालोबजारी ऐन २०३२ अनुसार अग्रवालमाथी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायार गरेको हो । जिल्ला सरकारी वकीलको...

नयाँ नक्सा जारी गरिएको ५ जेठलाई ऐतिहासिक दिनकारूपमा स्मरण गरिनुपर्छः मुख्यमन्त्री पौडेल

मकवानपुर, ६ जेठ-वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गरिएकामा खुसी व्यक्त गरेका छन् । सोमबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले मिचिएको भूमि समेटेर नक्सा जारी गरिएको दिनलाई भविष्यमा ऐतिहासिक...

इलाममा थप १७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

इलाम, १७ साउन-इलाममा सशस्त्र प्रहरीका १७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । ४० सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही...

विराटनगरमा ३०५ सहित प्रदेश १ मा आज ५९१ जना संक्रमित थपिए

विराटनगर, १ जेठ । प्रदेश १ मा शनिबार ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका...

चितवनमा थप ५ जनामा कोरोना पुष्टि

चितवन, ८ असार-चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक परीक्षण गरिएको परीक्षणमा माडी...

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, साउन २९ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,...

कोरोनाबाट उपत्यकाका ६ सहित १४ को मृत्यु, ३९८ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २४ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र १२ पुरुष संक्रमितको निधन भएको हो । कोरोना...

कोशी प्रदेशबाट ८ जना ब्याटमिन्टनका खेलाडी छानिए

विराटनगर । पोखरामा हुन गइरहेको १५ वर्षमुनिको जुनियर ब्याटमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट खेलाडी छनौट भएका छन् ।नेपाल ब्याटमिन्टन संघले विराटनगरमा आयोजना गरेको छनौट प्रतियोगिताबाट ८ जना खेलाडी छानिएका छन् । बिहीबार र शुक्रबार भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्