
विराटनगरमा १२ सहित प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण
विराटनगर, १७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक...
विराटनगर । विराटनगर १३ मलायरोड (साल्ट टेडिङ्ग) स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ । बुधबार बिहान ९ बजे एक कार्यक्रम आयोजना गरी नयाँ भवनमा हस्पिटल सञ्चालनमा आउने भएको हो ।
तीन कट्ठा क्षेत्रफलमा १५ करोड भन्दा बढी लगानीमा प्रारम्भिक चरणमा १५ शैय्याको अस्पताल सञ्चालन आउने जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रालिका अध्यक्ष जय प्रकाश रायले जानकारी दिए । ‘विशेषज्ञ सेवासहित आफ्नै भवनमा हस्पिटल सञ्चालनमा आउने भएको छ,’ अध्यक्ष रायले भने, ‘केही दिन भित्रमा २५ शैय्याको अस्पताल विस्तार गर्दै क्रमिक रूपमा शैय्या थप गर्दै लैजाने योजना रहेको छ ।’ यसअघि जनरल हस्पिटल विराटनगर ९ घोघापुलचौकमा भाडामा रहेको थियो । आफ्नै भवनमा हस्पिटल सञ्चालनमा आएपछि विशिष्टीकृत सेवा प्रदान गर्ने अध्यक्ष रायले बताए ।
अस्पतालमा बाल रोग विशेषज्ञ डा. फरेन्द्र साह, वरिष्ठ फिजिसियन डा. सच्दिानन्द दास, वरिष्ठ जनरल तथा ल्यप्रोस्कोपी सर्जन डा. क्षितिज गिरी, फिँजियो थेरापिस्ट डा. मो. जावेद पि.टि., अर्थोपेटिक सर्जन डा. मिलन केसी, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तुलसी महतोलगायतले सेवा दिनेछन् । डा. फरेन्द्र साह मेडिकल डाइरेक्टर पनि हुन् ।
आफ्नै भवनमा सञ्चालनमा आएको हस्पिटलमा एक सय भन्दा बढीले रोजगारी पाउनेछन् । हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आएको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको अध्यक्ष रायले जानकारी दिए । खुल्ला रक्तदान कार्यक्रममा हस्पिटलका कर्मचारी तथा सर्वसाधारणले रक्तदान गर्नेछन् । कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला रहेका छन् ।
विराटनगर, १७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक...
नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् । शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे...
विराटनगर, १२ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घूससहित एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई ४० हजार अतिरिक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।...
अख्तियारका पूर्वप्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले आइतबार थुनामा राख्ने आदेश दिएको छ । बालुवाटारस्थित ललिता निवास क्षेत्रकाे सरकारी जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका उनलाई उनकाे बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा पठाउने आदेश दिएको...
विराटनगर । विराटनगरका सक्रिय पत्रकार प्रेम देवान सम्मानित भएका छन् । विराट आदर्श साहित्य मञ्चले देवानलाई शुक्रबार ‘आदर्श युवा सम्मान’ २०८१ बाट सम्मानित गरेको हो । देवानलाई नगद १० हजार रुपैयाँसहित कदर पत्रले कार्यक्रमका अध्यक्ष...
काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको छ भने पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । खाना पकाउने ग्यासको मूल्य एकैचोटि...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सिपिआर तथा क्यान्सर रोग बारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शुक्रबार विराटनगरस्थित होटल स्वागतममा आयोजना गरेको हो ।...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.