न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्टिय सम्मान

 न्यूज विराट
न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्टिय सम्मान

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई विगत दुई दशकदेखि सफल नेतृत्व प्रदान गर्दै आएकी अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले अन्तर्राष्ट्रिय रुपमा सम्मान प्राप्त गरेकी छिन् । उनलाई मलेसियामा आयोजित एक कार्यक्रममा मानार्थ विद्या वारिधिको उपाधि दिइएको हो ।

उनले प्रोफेशनल डक्टरल सर्टिफिकेट ‘पीएचडी’ इन हस्पिटल म्यानेजम्यान्ट उपाधि पाएकी हुन् । अस्पताल व्यवस्थापनमा उत्कृष्ट योगदान गरेको मूल्याङ्कन गर्दै फ्रान्सको पेरिसस्थित केन्द्रीय कार्यालय रहेको युरोपेली अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट अस्पताल व्यवस्थापनमा विद्यावारिधिको उपाधि तथा विश्वव्यापी नेतृत्व सम्मान ( प्रोफेशनल डक्टरल सर्टिफिकेट ‘पीएचडी’ इन हस्पिटल म्यानेजमेन्ट एण्ड ग्लोबल लिडरसिप अवार्ड २०२२) बाट सम्मानित भएकी हुन् ।

यो उपाधि हरेक वर्ष विभिन्न देशका समाजमा उत्कृष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिन्छ । नेपालको स्वास्थ्य क्षेत्रमा अनिशाको योगदानलाई उच्च कदर गर्दे यो उपाधी प्रदान गरिएको हो । उपाधी ग्रहण पछि संक्षिप्त भनाई राख्दै कार्यकारी निर्देशक विष्टले यो उपाधी आफनो मात्र नभई सम्पुर्ण स्वास्थ्य क्षेत्रको सम्मानको रुपमा लिएको र स्वास्थ्य क्षेत्रमा थप योगदान गर्न हौसला मिलेको बताइन् ।
न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलकी कार्यकारी निर्देशक विष्टले लामो समयदेखि अस्पताल व्यवस्थापनमा योगदान गर्दै आएकी छन् । केही समयअघि युरोपको प्रतिष्ठित युरोपियन इन्टरनेशनल युनिभर्सिटीबाट ग्लोबल लिडरसिप एण्ड म्यानेज्मेन्टमा प्रोफेशनल डक्टरल उपाधिका लागि अनिशा नेपालबाट छनोट भएकी थिइन् । युरोपेली अन्तर्राष्ट्रिय विश्वविद्यालयको जसको मुख्यकलेज फ्रान्सको प्यारिसमा छ ।

सम्बन्धित समाचार

परीक्षणको दायरा बढाउन कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) परीक्षणको दायरा बढाउन आग्रह गरेको छ । कांग्रेसले छिमेकी राष्ट्र चीनको सफलताबाट पाठ सिकेर अन्य देशको झैँ व्ययावहको स्थितिको प्रतीक्षा नगर्न आग्रह गरेको छ । कैलालीका एक...

अमिताभ बच्चन कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज

एजेन्सी, साउन १८-बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमणमुक्त भएका छन् । उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनका छोरा अभिषेक बच्चनले ट्विट गर्दै आफ्ना बाबु अमिताभ बच्चन कोरोनामुक्त भएको...

आज ३ हजार ९३ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ६१ को पीसीआर गर्दा आज ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । योसहित...

निश्हित भए एसविएससि सिङ्गिङ स्टार

विराटनगर । मोरङ पथरीमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्हित विश्वकर्मा पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि...

प्रदेश १:संक्रमितलाई राख्न आइसोलेसन शैयाको अभाव, रंगेली नगरपालिकाले आफै स्थापना गर्यो

विराटनगर, साउन २५–प्रदेश १ मा कोरोना संक्रमित राख्न प्रबन्ध गरिएका अस्पतालका आइसोलेसन शैया पूर्ण अभाव भएको छ । अस्पतालमा ठाउँ नभएपछि संक्रमितहरु घरघरमै बसिरहेका छन् । यद्यपी कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि भने केही...

सुष्मा कार्कीमाथि दुर्व्यवहार प्रकरण : सामाजिक सञ्जालमा माफी माग्ने सर्तमा मिलापत्र

आफूमाथि दुर्व्यवहार गरेको भन्दै आरती खड्का र उत्सव रसाइलीविरुद्ध उजुरी दर्ता गराएकी नायिका सुष्मा कार्कीले उनीहरूसँग मिलापत्र गरेकी छिन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गमा दुवै पक्षले मेलमिलापको लिखित सहमति गरेका हुन् । दुवै पक्षले अबदेखि यस्ता...

नयाँ पार्टी गठन गर्ने खरेलको घाषणा

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता सक्रिय छन्। भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले पत्रकार बताए।...

ओलीको मनपरीले नेकपामा समस्या : माधव नेपाल

काठमाडाैं, २१ साउन-पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको मनपरीका कारण पार्टी समस्यामा परेको बताएका छन् ।  काठमाडौंमा बुधबार आयोजित एक अन्तर्क्रियामा नेता नेपालले ओलीले पार्टी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्