
प्रदेश १ नाम अब कोसी
विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । कोसीको पक्षमा ८२ मत खसेको छ ।...
विराटनगर । विराटनगर– ११ पाञ्चालीमा रहेको सगरमाथा स्कुल स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको छ ।
२०५३ सालमा स्थापित यस स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावकमाझ आफ्नो भिन्न पहिचान बनाउँदै पूर्वाञ्चलमा आम अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको हो ।
सहुलियत शुल्क तथा छात्रवृत्ति प्रदान गरेर न्यून आर्थिक अवस्थाका बालबालिकालाई समेत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सगरमाथा स्कुल आफूलाई हरेक क्षेत्रमा अब्बल साबित गरी नेपाल प्रथम, द्वितीय र लगातार पाँच पटक पूर्वाञ्चल प्रथम हुन सफल भएको स्कुल हो । २०६५ सालको एसएलसीमा नेपाल प्रथम भएको छ । २०६३, २०६४, २०६६ सालमा पूर्वाञ्चल प्रथम भएको यस स्कुलमा दक्ष अनुभवी र शिक्षा क्षेत्रमा लामो समयदेखि लागि परेका शिक्षकहरूबाट अध्यापन हुँदै आएको छ ।
प्ले ग्रुपदेखि कक्षा तीनसम्म पूर्ण मन्टेश्वरी विधिबाट पठनपाठन हुँदै आएको, शान्त र भयरहित बावतरणमा निर्धक्कताका साथ पठनपाठन हुने यस स्कुलको भौतिक पूर्वाधार सुविधायुक्त रहेको छ । २ बिघा क्षेत्रफल रहेको यस स्कुलमा विद्यार्थीहरूका लागि पर्याप्त मात्रमा फराकिलो खेलमैदान, एसी जडित कक्षा कोठाहरू भएको अत्याधुनिक सुविधा सम्पन्न भवन, प्रयोगशाला, ई–लाइब्रेरी विद्यार्थीहरूको लागि उपलब्ध छन् । जहाँ सुरक्षित तवरले शान्त वातावरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् । टाढाबाट आउने विद्यार्थीहरूको सहजताको लागि छात्र र छात्राहरूका लागि छुट्टा–छुट्टै होस्टेलको व्यवस्था विद्यालयले गरेको छ ।
समग्रमा, विद्यार्थीहरूको सर्वोपरि विकास तथा प्रगतिका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरूको व्यवस्थापनमा विद्यालयले कुनै सम्झौता गरेको छैन । विद्यालयले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत राम्रो सफलता हासिल गर्दै आएको छ । देशकै एक नमुना विद्यालयको रूपमा दरिएको यस सगरमाथा स्कुलले भौतिक सुविधाका साथै विद्यार्थीमैत्री शैक्षिक वातावरण, संस्कार र सिपसहितको शिक्षामा विशेष जोड दिँदै आएको स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले बताए । विद्यार्थीहरूको सुविधाका निम्ति फराकिला, स्तरीय फर्निचर तथा अत्याधुनिक उपकरण जडित कक्षा कोठाहरू, सुविधा सम्पन्न विज्ञान प्रयोगशालाहरू तथा उत्कृष्ट स्रोत केन्द्र स्तरको पुस्तकालयका साथै विद्यालयले आफ्नै उपचार केन्द्र, स्वास्थ्यकर्मी र परामर्शदाताको पनि व्यवस्था गरेको छ । सफा तथा स्वास्थ्यकर खाजा उपलब्ध हुने यस विद्यालयको चमेना गृहले विद्यार्थीको शैक्षिक गतिविधिलाई थप गतिशील तथा सकारात्मक बनाउन सहयोग गरेको छ । हालसम्म यस विद्यालयबाट एसएलसी र एसइई उत्तीर्ण गरेका करिब ३ हजारभन्दा बढी विद्यार्थीहरू मध्ये केही राष्ट्रको उच्च ओहोदामा पुगेका छन् भने धेरै विद्यार्थीहरू चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, कानुन व्यवसायीलगायतका विभिन्न प्रतिष्ठित ठाउँमा पुगेका छन् ।
प्लस टुमा बढ्यो विद्यार्थीको आकर्षण
सगरमाथा स्कुलले विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२ सञ्चालन गरेको उच्च माविमा पनि विद्यार्थीको रोजाइमा परेको छ । विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन संकायमा विद्यार्थीको रोजाइमा परेको हो ।
कक्षा ११ मा भर्ना लिन सगरमाथाले लिएको प्रवेश परीक्षामा विद्यार्थीको उल्लेखिनय उपस्थीति रहेको प्रिन्सिपल त्रिलोचन गौतमलले बताए । प्रवेश परीक्षामा १ हजार भन्दा बढ विद्यार्थीले प्रवेश परीक्षामा सहभागि भएको उनले बताए ।
विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । कोसीको पक्षमा ८२ मत खसेको छ ।...
काठमाडौं, १७ असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए। उनका...
विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशाल्टी अस्पतालले ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सेवा संचालनमा ल्याएको छ ।स्वास्थ्य प्रविधि सेवा प्रदायेक संस्था आईमर्क डिजीटल प्रालीको डाफें हेल्थ सेवा अन्तर्गत उक्त सेवा आइतबारदेखि संचालनमा ल्याएको हो । यस...
विराटनगर । विराटनगरमा रहेको सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई सम्मान गरेको छ । विराटनगर ३ क्लवको भवनमा शनिबार विहान एक कार्यक्रम बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।...
विराटनगर, ११ जेठ । नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ प्रदेश समितिको समन्वय र एशियन थाइफुड्सको सौजन्यमा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका श्रमिक परिवारलाई राहत हस्तान्तरण गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरण र रोकथामका लागि सरकारले जारी...
काठमाडौं, २ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि चर्किएको विवाद...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत अब्बल साबित भएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको शिक्षादीपले अतिरिक्त क्रियाकलापहरूमा पनि आफूलाई अब्बल साबित गर्न सफल...
विराटनगर । झण्डै तीन अर्बको लगानीमा विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण सुरू भएको छ । टर्मिनल भवनको सोमबार पर्यटन मन्त्री सुदन किँरातीले शिलान्यास गरेसँगै निर्माणको प्रक्रिया सुरू भएको हो । उक्त टर्मिनल भवन भ्याटबाहेक...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.