लक्ष्य प्राप्तिका लागि संघर्षरतका लागि खालि खुट्टा प्रेरणाको स्रोत

 न्यूज विराट
लक्ष्य प्राप्तिका लागि संघर्षरतका लागि खालि खुट्टा प्रेरणाको स्रोत

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीद्धारा लिखित पुस्तक ‘खाली खुट्टा’ लक्ष्य प्राप्तिका लागि संघर्ष गरिरहेकाहरुलाई प्रेरणाको स्रोत हुने साहित्यकारहरुले विश्वास ब्यक्त गरेका छन् । विराट साहित्य सङ‍‍्गमले आयोजना गरेको खाली खुट्टा परिचर्चा कार्यक्रमका वक्ताहरुले यस पुस्तकले संघर्ष गर्न सिकाउने बताउनुभएको हुन् ।

टिकाराम पुरीले आफ्नो संघर्षमा आधारित पुस्तक खाली खुट्टा गत चैत ९ गते विमोचन गर्नुभएको थियो । राजधानी बाहिरबाट पहिलो पटक प्याब्सन केन्द्रीय अध्यक्ष बन्नुभएका पुरीको पुस्तकको बिमोचन प्याब्सनको १५ औं महाधिवेशनको अवसरमा गरिएको थियो । हिजो विराट साहित्य सङ‍‍्गमले आयोजना गरेको परिचर्चा कार्यक्रममा बोल्ने बक्ताहरुले पुरीको संघर्षले युवाहरुलाई लक्ष्य प्राप्तीका लागि संघर्ष र मेहनेत गर्न गर्न प्रेरित गर्ने विश्वास ब्यक्त गरेका छन् ।

‘यो किताबले सबैलाई प्रेरित गर्छ, सकारात्मक सोचका साथ अघि बढ्नका लागि प्रेरित गर्छ, आशा जगाउनका लागि प्रेरित गर्छ,’ प्राज्ञ खेम नेपालीले भन्नुभयो,‘ उहाँले आँखा खुला राखेर सपना देख्छु भन्नु भएको छ, आज त्यो सपनाको पछाडि हिडेर सफल हुनु भएको छ, यो सफलताले संघर्ष गर्न सिकाउछ ।’ पुस्तकले जीवनको यथार्थ चित्रण गरेको उहाँले बताउनुभयो । पुस्तकभित्र विद्यालयमा छडी निषेध गरेकोदेखि नेपाली भाषामाथि भइरहेको प्रहारका विषय समेटिएको भन्दै नेपालीले भन्नुभयो,‘थोरै थोरै खाएर धेरै बाच्ने कि धेरै खाएर थोरै बाच्ने भनेर मदिराको सकारात्मक र नकारात्मक विषयलाई पनि उल्लेख गर्नु भएको छ ।’

पुस्तकमा आफ्ना कमजोरी पनि लेखिएका कारण नयाँ पुस्तालाई लक्ष्य प्राप्तीका लागि संघर्ष गर्न प्रेरित गर्ने उहाँको बुझाई छ । विश्लेषक दिनेश श्रेष्ठले खाली खुट्टामा समावेश भएका विषयले राजनीतिक संस्कार र समाज सुधारका लागि सन्देश दिएको बताउनुभयो ।

पुस्तकमा अत्यन्तै पारदर्शी भएर पुरी प्रस्तुत हुनुभएको उल्लेख गर्दै उहाँले भन्नुभयो,‘संघर्षका विषय लेख्दा पाठकलाई ढाट्नु भएको छैन, यो नै सर्वाधिक शक्तिशाली पक्ष हो ।’‘एभरेष्ट संघर्षको टाकुरो शीर्षक पुस्तकको सर्वाधिक महत्वपूर्ण परिच्छेद हो,’ उहाँले भन्नुभयो,‘हिजो जागिर खोज्दा नपाएपछि खुलेको विद्यालयले नेपालमा मात्र होइन बाहिर पनि चर्चित हुन पुगेको छ ।’

पुस्तकले धेरै विषय समेटेको भन्दै उहाँले लक्ष्य प्राप्तीका लागि संघर्ष गर्नेलाई ‘खाली खुट्टा’बाट धेरै प्रेरणा मिल्ने बताउनुभयो । केही कमजोरी रहेपनि समग्रमा पुस्तक राम्रो बनेको भन्दै उहाँले यो पढ्दा धेरै प्रेरणा लिन सकिने बताउनुभयो ।

साहित्यकार रामबाबु दाहालले चार वर्षमा पितृ वियोगबाट सुरु भएको दुःखदेखि सफलताको समयसम्मको विषय समेटिएको छ उल्लेख गर्दै पुस्तक पढ्दा पाठकलाई प्रेरणा दिने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘खालिखुट्टाले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै पाठकलाई हिम्मत प्रदान गर्ने बताउनुभयो । साहित्यकार ताराबहादुर बुढाथोकीले पुस्तकमा समेटिएका विषयले सबै समूहलाई प्रेरणा मिल्ने बताए ।

पुस्तकले संघर्ष गर्न सिकाउने उनको भनाई छ । पुस्तक परिचर्चा कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले पुस्तकले समाजलाई निरन्तर मेहनत गर्दा गन्तव्यमा पुगिन्छ भन्ने सन्देश प्रवाह गरेको बताउनुभयो ।

व्यावसायीक साझेदारसमेत रहनुभएका नेता ढकालले राजनीतिक अभियानमा सँगसँगै लागेदेखि विद्यालय सञ्चालनसँग जोडिएर ३६–३७ वर्षदेखि सँगै रहेको बताउँदै किताबले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ को सारलाई सफल बनाउन सकिन्छ भन्ने सन्देश दिने बताउनुभयो ।

पूर्व न्यायाधीश भीमेन्द्रबहादुर कार्कीले पुस्तकको मुख्य उदेश्य संघर्ष गरे सफल हुन सकिन्छ भन्ने रहेको बताउनुभयो । लेखक टिकाराम पुरीले संघर्ष गर्नेहरुका लागि आफ्नो संघर्षको कथाले अघि बढ्नका लागि मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

आफ्नो भोगाईसँगै राजनीतिक विषय पनि पुस्तकमा समावेश गरेको उहाँले बताउनुभयो । ‘हामी जुन राजनीतिक संस्कारबाट अघि बढिरहेका छौं सधैभरी यसैले नेपालको विकास हुन सक्दैन,’ उहाँले भन्नुभयो,‘अहिलेको राजनीतिक संस्कारले नेपाल अगाडि बढ्न सक्दैन, पुस्तकमा मैले राजनीतिक संस्कारमा सुधार गरौं भनेको छु ।’ ‘लेखनमा ढाँट्दा अपूर्ण हुने भएकाले नै आफूले भोगेका कुराहरु लेख्ने प्रयत्न गरेको गरेको भन्दै किताब सत्य बिषयलाई मात्र समेटिएको पुरीले बताउनुभयो ।

सम्बन्धित समाचार

एमालेको १० औं महाधिवेशन प्रतिनिधि चयनका लागि मोरङमा कात्तिक २७ गते निर्वाचन

विराटनगर । नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि चयन गर्न मोरङमा कात्तिक २७ गते निर्वाचन हुने भएको छ । आज एमाले पार्टी कार्यालयमा बसेको बैठकले निर्वाचन मिति तय गर्दै विभिन्न जिम्मेवारीहरु...

विराटनगरमा बैंकभित्रै कर्मचारीद्धारा विषादी सेवन गरी आत्महत्या

विराटनगर, साउन २१–विराटनगर–७ स्थित सनराइज बैंकको शाखा कार्यालयमा कार्यरत एक महिला कर्मचारीले बुधबार आत्महत्या गरेकी छन् । विराटनगर महानगरपालिका–८ घर भएकी बैंकको कर्जा शाखामा कार्यरत ३० वर्षीय सनाज खतिवडाले मुसा मार्ने बिष सेवन गरि आत्महत्या...

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन सभा छलेर उपसभामुख दनुवार लागिन् काठमाण्डौं

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएर उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छिन् । बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी...

पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन: कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने...

२५ चैतसम्म सेयर बजार बन्द रहने

मंगलबारबाट खुलाउने भनिएको सेयर बजार कारोबार २५ चैतसम्म बन्द हुने भएको छ । सेयर लगानी कर्ता तथा ब्रोकरहरुले समेत लकडाउनको अवधि र कोरोनाको त्रास नहटेसम्मको लागि बन्द गर्न आह्वान गरेको समयमा नेपाल स्टक एक्सचेन्जले यस्तो...

विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुको सपथग्रहण भोलि हुने

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका मेयर, उपमेयरसहित सवै जनप्रतिनिधिहरुको सपथग्रहण भोलि हुने भउको छ । महानगरपालिकाले प्रशाकित गरेको सूचना बमोजिम सवै जनप्रतिनिधिहरुको सपथग्रहण जेठ ९ गते सवा ११ बजेदेखि महानगरपालिकाको सभाकक्षमा हुनेछ । सपथग्रहणका...

एभीसी एसियन सेन्ट्रल जोन भलिवलमा किर्गिस्तानसँग घरेलु टोली नेपालको हार

काठमाडौं – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाली सेनाको कभर्डहलमा...

आज सांसदहरूको पीसीआर परीक्षण गरिँदै

संसद सचिवालयले आज सांसदहरूको पीसीआर परीक्षण गर्ने भएको छ । संसद अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सभामुखसहित सांसदहरूको कोरोना भाइरसको परीक्षण गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख २७ गतेका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्