राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित

 न्यूज विराट
राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित

राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा सो विधेयक पठाइएको थियो । उक्त विधेयक विदेश महिलाले नेपाली पुरुषसँग विवाह गरी आएलगत्तै उनले वैवाहिक अंगीकृत नागरिकता पाउने र गैरआवासीय नेपालीलाई समेत सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि गर्ने पाउनेगरी नागरिकता दिने व्यवस्था गरेको छ ।

 

सम्बन्धित समाचार

बिद्यार्थीको सेवक बन्न चाहन्छु : आशिका लम्साल

आशिका लम्साल विराटनगर स्थित महेन्द्र मोरंङ क्याम्पस विराटनगरबाट पत्रकारितामा स्नातक गरेर जनप्रशासन अध्यरत छिन् । आशिका जुझारु मात्र नभएर प्रस्ट सचेत चेत भएकी निडर र सक्रृय बिद्यार्थी हुन् । कक्षा ११ देखी नै पत्रकारिता पढेर...

प्रदेश १ का ८ जिल्ला कोरोना मुक्त

विराटनगर, असार १२-प्रदेश नं. १ मा शुक्रबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार मोरङको विराटनगरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।...

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको  छ । पार्टीको केन्द्रीय निर्वाचन...

मोरङका पत्रकारहरुको कोरोना परिक्षण, १६ जनाको नमुना संकलन गरियो

विराटनगर, जेठ ३–कोरोना भाईरसको जोखिमका बाबजुद जनतालाई सु–सुचित गराउन खटिएका मोरङका पत्रकारहरुको कोरोना परिक्षणका लागी स्वाबको नमुना सङकलन गरिएको छ । शनिबार नेपाल पत्रकार महासंघको प्राङगणमा जिल्लाका १६ जना पत्रकारहरुको पिसिआर प्रविधिबाट कोरोना परिक्षणका लागी...

महिला क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा मोरङले सिरहालाई ५ विकेटले...

पर्सामा २ चिकित्सकसहित ३४ जनामा कोरोना

काठमाडाैं, २० साउन-नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा २ चिकित्सकसहित थप ३४ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । पर्साका ३०, बाराका २, सर्लाही र सुर्खेतका १–१ जनालाई कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका...

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । पौडेलकाअनुसार हाल...

दरबन्दी थप गरिनुपर्ने लगायतका तीन बुद्धे माग राख्दै पुर्व राष्ट्रपतिलाई चिकित्सकले बुझाए ज्ञापनपत्र

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाका पदाधिकारीहरुले पुर्व राष्ट्रपति विद्या देवी भण्डारीसंग भेटेर विभिन्न तीन बुद्धे माग राखेका छन् । उनीहरुले विराटनगरमा पुर्वराष्ट्रपति भण्डारीसँग भेटेर विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । पछिल्लो समयमा रेजिडेन्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्