विराटनगरमा दुई दिने रोटरी ट्रेड फेयर २०२२–२३ भव्यरुपमा सम्पन्न

 न्यूज विराट
विराटनगरमा दुई दिने रोटरी ट्रेड फेयर २०२२–२३ भव्यरुपमा सम्पन्न

विराटनगर, १ साउन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको ‘रोटरी ट्रेड फेयर २०२२–२३’ भव्यरुपमा सम्पन्न भएको छ । महिला शसक्तिकरण र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन प्रत्येक वर्ष आयोजना हुँदै आएको रोटरी ट्रेड फेयर यस वर्ष पनि भव्यरुपमा सम्पन्न भएको हो ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रत्येक वर्ष आयोजना गर्दै आएको रोटरी ट्रेड फेयर गत वर्ष कोरोना महामारीका कारण हुन सकेको थिएन । तर, यसवर्ष असार ३१ देखि ३२ गतेसम्म दुई दिन सयौँ महिलाहरुको उत्साहजनक सहभागितामा ‘रोटरी ट्रेड फेयर २०२२–२३’ भव्यरुपमा सम्पन्न भएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

उनले डाउनटाउनले ‘रोटरी ट्रेड फेयर विगत १५ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको बताइन् । यस वर्षको ‘रोटरी ट्रेड फेयर २०२२–२३’ को उद्घाटन प्रमुख अतिथी रहेका रोटरीयन बेनिगोपाल मुण्दडाले गरेका थिए ।

रोटरी ट्रेड फेयरमा महिलाहरुलेनै उत्पादन गरेका खाद्यान्न, लत्ताकपडा, गरगहना, राखि, घर सजावटका सामाग्रीहरु र विभिन्न मिठा–मिठा परिकार भएका खानासहित ३२ वटा स्टलहरु राखिएको थियो ।

रोटरी ट्रेड फेयरमा घुम्न र अवलोकन गर्न आउनेहरुका लागि सांगीतिक कार्यक्रम (कन्सर्ट) समेत राखिएको थियो । सो मेला जोगवनीसहित सीमावर्ती भारतीय गाउँहरु, विराटनगर, धरान, इटहरीसहित विभिन्न स्थानबाट आएका हजारौँले अवलोकन गरेको क्लबकी सचिव नमिता टिवडेवालले जानकारी दिइन् । रोटरी ट्रेड फेयरमा ४ हजारदेखि ५ हजार जनासम्म मानिसहरुको सहभागिता थियो ।

 

सम्बन्धित समाचार

उद्योग बाणिज्य महासंघको भवन निर्माणका लागि जग्गा प्राप्ती, चार तलाको भवन बन्ने

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले सचिवालय भवनका लागि जग्गा प्राप्त गरेको छ । विराटनगर महानगरपालिका ४ का लक्ष्मण बस्नेतले बुढिगंगा गाउंपालिका २ सक्मामा १ कठ्ठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश...

प्रदेश १ मा बुधबार १ सय ३३ संक्रमित थपिए

विराटनगर, ३१ भदौ–प्रदेश १ मा बुधबार १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक...

एकैदिन १२ हजार ३३८ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

काठमाडौं, ६ माघ । पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको नमूना परीक्षण गर्दा १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् । प्रवक्ता...

असन्तुष्ट समूहले तोडफोड गरेपछि रेडक्रसको विधान महाधिवेशन स्थगित

काठमाडौं, कात्तिक २८ । नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो । विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका...

मौद्रिक नीति सार्वजनिक गरिँदै

काठमाडाैं, २ साउन-नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षकाे मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । दिउँसो २ देखि ३ बजेकाे बीचमा नेपाल न्युज नेटवर्ककाे प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति सार्वजनिक गरिने डेपुटी गभर्नर चिन्तामणि शिवाकाेटीले शिलापत्रलाई जानकारी...

लकडाउनका प्रभावितको विवरण संकलनका क्रममा झडप, १९ जना घाइते

पर्सामा लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरूलाई राहत बाड्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । वीरगन्ज महानगरपालिका-१९ बरेवा गाउँमा लकडाउनले राहत बाँड्ने विषयमा दुई पक्षबीच झडप हुँदा बालबालिका र महिलासहित १९ जना घाइते...

ट्रम्पले खाइरहेको औषधिबाट कोरोना संक्रमितको मृत्यु हुने खतरा बढी 

एजेन्सी, जेठ १०-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) बाट जोगिनका लागि औलोको औषधि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताएका थियो । सो औषधिबारे विज्ञानसम्बन्धी शोध पत्रिका लेसेटले आफ्नो अनुसन्धानमा कोरोना संक्रमित विरामीको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन दिइएमा...

फाइजरको खोप आउँदै, वितरणमा सतर्क हुन आवश्यक

कोरोनाविरुद्धको फाइजर खोप आउने दिन नजिकिएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरकालाई दिनेगरी फाइजर खोप ल्याउने तयारी गरेको हो । करिब ३ महिनाअघि देखि नै खोप ल्याउने पहल भएको थियो । द ग्लोबल एलायन्स...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्