प्रदेश १ का मन्त्री कार्कीको अभिव्यक्ति आपत्तिजनकः पत्रकार महासंघ

 न्यूज विराट
प्रदेश १ का मन्त्री कार्कीको अभिव्यक्ति आपत्तिजनकः पत्रकार महासंघ

विराटनगर, २९ असार ।प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ मोरङले आपत्ति जनाएको छ । बुधबार पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्रपी अधिकारीले विज्ञप्ती निकाल्दै मन्त्री कार्कीले दिएको अभिव्यक्ति आपत्ति जनाएका हुन् ।

केही दिन अघि विराटनगरको स्थानीय एक अनलाइनलाई अन्तरवार्ता दिने क्रममा मन्त्री कार्कीले अश्लिल शब्द बोल्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए । निर्वाचन क्षेत्रमा पर्ने विराटनगर–१२ स्थित एकीकृत सुकुम्बासी बस्तीमा मन्त्री कार्कीले आर्थिक बर्षको अन्त्य हुन लागेको मौकामा रकमान्तर गरेर ७० लाख रुपैयाँ पठाउन खोजेका थिए ।

उक्त बस्ती निर्माणका लागि महानगरपालिकाले ४० लाख रुपैयाँ खर्च गरिरहेको र उक्त रकम पूर्ण रुपमा खर्च नभएको अवस्थामा आर्थिक बर्षको अन्त्यमा थप ७० लाख रुपैयाँ निकासा गरेपछि मन्त्री कार्की र महानगरपालिकाबीच रकम खर्च गर्ने बिषयमा विवाद भएको थियो ।

महानगरपालिकाले भने प्रदेश सरकारबाट आर्थिक बर्षको अन्त्यमा ७० लाख रुपैयाँ निकासा भएर आउन लागेपनि छोटो अवधिमा उक्त रकम खर्च गर्न नसकिने मनसाय व्यक्त गरेको थियो ।

मन्त्री कार्कीलाई भने रकम खर्च गर्न दबाब दिएको आरोप लागेको थियो । महानगरपालिका नेतृत्वसँग रकम खर्च गर्ने बिषयमा भएको विवादबारे विभिन्न संचारमाध्याममा समाचार आएपछि मन्त्री कार्की आक्रोशित बनेका थिए ।

उनले महानगरपालिकालाई रकम खर्च गर्न दबाब दिएको बिषयमा समाचार प्रकाशन गर्ने पत्रकारहरुलाई लक्षित गर्दै आफूलाई आरोप लगाए जस्तै पत्रकारलाई पनि बलात्कारको आरोप लगाउन सकिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।

उनको सो अभिव्यक्तिको यतिबेला चौतर्फी आलोचना भइरहेको छ । सोही अभिव्यक्तिका कारण उनी अहिले विवादित भएका छन् । पत्रकार महासंघ मोरङले समाचारमा आएका विषयहरुप्रती असहमति राख्ने, खण्डन गर्ने, उजुरी गर्ने कानुनी बाटो हुँदाहुँदै समाचार लेख्ने पत्रकारलाई बलात्कारी बनाउनेसम्मको धम्की दिनुले विधिको शाशनको उपहास भएको जनाएको छ ।

महासंघले यस प्रकारका अभिव्यक्तिबाट विचलित नभई कार्यक्षेत्रमा सकृय रहन पत्रकारहरुलाई आग्रहसमेत गरेको छ । यसैबिच पत्रकार सम्बद्ध विभिन्न संग संगठनले पनि मन्त्री कार्कीको अभिव्यक्तिप्रती आपत्ति जनाएका छन् । प्रेस चौतारी र प्रेस युनियनलगायत पत्रकार सम्बद्ध विभिन्न संगठनहरुले विज्ञप्ती प्रकाशित गर्दै मन्त्री कार्कीको अभिव्यक्तिप्रती आपत्ति जनाएका हुन् ।

सम्बन्धित समाचार

आगोले जलेकी चन्द्रकलालाई सहयोग जुट्दै

[caption id="attachment_47302" align="aligncenter" width="714"] घरमा उपचार गराईरहेकी चन्द्रकला ।[/caption] शनिश्चरे । आगोले जलेर सिकिस्त भै उपचारार्थ मोरङ पथरी शनिश्चरे – ९ कि चन्द्रकला पौडेल तिवारीको प्राण रक्षागर्न सहयोग जुटाई जापानिज एन ७२६०० को नेपाली रुपैया...

संक्रमितको उपचारमा संग्लन ५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि 

पोखरा, ५ असार-पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं गरिएको परीक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि सँगै अस्पतालले शुक्रबारदेखि इमर्जेन्सी बाहेकका...

हसिना सिमसारमा ‘बोटिङ’ का लागि पोखरी निर्माण सुरु

विराटनगर, चैत १०–मोरङको सुन्दरहरैंचास्थित हसिना सिमसारमा बोटिङका लागि पोखरी निर्माण कार्य सुरु गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिअन्तर्गत आएको ४० लाख बजेटमार्फत हसिना सिमसार क्षेत्रभित्र रहेको सिमसारमा बाँध निर्माण गरि पोखरी...

झी: पुचमा ३५ जनाको सामुहिक व्रतबन्ध

विराटनगर । विराटनगरस्थित झी : पुचमा सामुहिक व्रतबन्ध भएको छ । प्रदेश १ को विभिन्न जिल्लासहित अन्य ठाउँबाट ३६ जना बटुक सहभागी गराएर सामुहिक व्रतबन्ध गराएको झी : पुचका अध्यक्ष हरीबहादुर श्रेष्ठले जानकारी दिए ।...

अमेरिकाले पठाएको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं, २८ असार । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।...

संवैधानिक परिषद्ले गरेन कुनै निर्णय

अध्यादेश जारीपछि मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक नियुक्तिबारे छलफल गरे पनि कुनै निर्णय भने गरेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको थियो । आजको बैठकमा संवैधानिक नियुक्तिबारे...

पश्चिमबंगाल विधानसभामा विधायकहरूबीच हानाहान

भारतको पश्चिमबंगाल विधानसभामा आइतबार विधायकबीच हात हालाहाल भएको छ । पश्चिमबंगालको बीरभूममा भएको हत्याकाण्डलाई लिएर विधानसभामा हात हालाहाल भएको हो । तृणमूल कांग्रेस र बीजेपी विधायकबीच भएको हानाहानमा तृणमूल कांग्रेसका विधायक असित मजूमदार घाइते भएका...

सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण गरेको छ । क्लबले विराटनगरस्थित आदर्श माविमा सञ्चालित सेलेब्रल पाल्सी बेबी डे केयर सेन्टरमा शौचालय निर्माण गरि हस्तान्तरण गरिएको अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्