मोवाईल चोरीमा संलग्न ब्यक्ति ८० राउन्ड गोली सहित पक्राउ

 न्यूज विराट
मोवाईल चोरीमा संलग्न ब्यक्ति ८० राउन्ड गोली सहित पक्राउ

झापा, असार २९। झापाको भद्रपुर नगरपालिका-५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ ।
यही असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबायल पसलबाट पसल भित्र रहेका बिभिन्न कम्पनिका मोबायल -२९  थान,  घडी २ थान र नगद रु ६१५०० गरी जम्मा रु  ५ लाख अठार हजार दुई सय मुल्य बराबरको चोरी भनी जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई २८ गते राती पक्राउ गरेको हो ।
पक्राउ परेका ब्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएका मध्ये १ थान मोवायल, मोवायलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो । यसका साथै निजले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको र घटाना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार

चन्द्रपुर र जलेश्वरमा करदाता सेवा कार्यालय स्थापना

विराटनगर, ३ कात्तिक–प्रदेश २ को चन्द्रपुर र जलेश्वरमा करदाता सेवा कार्यालय स्थापना भएको छ । सोमबारदेखि दुवै स्थानमा करदातालाई सहज हुनेगरी करदाता सेवा कार्यालय स्थापना भएको हो । नेपाल सरकार अर्थ मन्त्रालय आन्तारिक राजस्व विभाग...

अपाङ्गता भएका बालबालिकालाई समावेशी शिक्षा दिनुपर्नेमा जोड

विराटनगर । अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा दिएर अगाडी बढनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।विराटनगरमा बुधबार भएको अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८१ छलफल कार्यक्रममा सहभागिहरुले यस्तो...

आज ३६३७ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौं, ६ कात्तिक-गत २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २ सय ५५ को पीसीआर गर्दा आज ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि...

सशस्त्रका डिआइजी पोखरेलका ‘घुमुवा’ प्रहरीको दादागिरी, महिलामाथि विराटनगरमा निर्घात कुटपिट

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश वराहबाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले परिचालन गरेको ‘घुमुवा’ प्रहरीले आतंक सिर्जना गरेको पाइएको छ । तस्करी रोकथाम र नियन्त्रणको नाममा सर्वसाधरणलाई कुटपिट गर्दै आतंक सिर्जना गरेका...

राजवंशी समाज उत्थान समिति (विराट) को १५ औँ बृहत भेला जहदाको बभनटोलीमा हुने

विराटनगर, २ फागुन । प्रदेश १ को नाम विराट प्रदेश राख्न राजवंशी समुदायले माग गरेका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राजवंशी समाज उत्थान समिति (विराट) ले प्रदेशको नाम विराट राख्न माग गरेको हो...

अरनीको स्कुलाई बास्केटबलको उपाधि

विराटनगर । विद्यालय स्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरमा रहेको अरनीको स्कुलले जितेको छ ।विराटनगरमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ अरनीको स्कुलले उपाधि जितेको हो । विराटनगरमा रहेको पोखरीया स्कुललाई २–४ अङकले पराजित...

मुसहर समुदाय माथिको विभेद अन्त्य गर्न माग

विराटनगर, २४ माघ । जिल्ला भेलाको आयोजना गरी सुनसरीका मुसहर समुदायले आफुहरु माथिको विभेद अन्त्यको माग गरेका छन् । सुनसरीको इनरुवा जिल्ला भेलाको आयोजना गरेको मुसहर समुदायले आफुहरु माथिको असमानताको खाडल पुरिनु पर्ने बताउँदै अधिकार...

मन्टेश्वरीका अभिभावकसँग एभरेष्ट स्कुलको कार्यशाला

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले मन्टेश्वरी कक्षाका विद्यार्थीका अभिभावकसँग कार्यशालाको आयोजना गरेको छ ।विद्यालयले शिक्षण सिकाइका लागि अपनाउँदै आएका कृयाकलापका विषयमा अभिभावकलाई जानकारी गराउने उद्देश्यका साथ कार्यशाला आयोजना भएको हो । शुक्रबार नर्सरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्