पर्यावरणको असन्तुलनले मानव स्वास्थ्यमा असरः मन्त्री मगर

 न्यूज विराट
पर्यावरणको असन्तुलनले मानव स्वास्थ्यमा असरः मन्त्री मगर

विराटनगर, २८ असार । प्रदेश नं १ का कृषि मन्त्री झलकबहादुर मगरले पर्यावरण असन्तुलनले मानव स्वास्थ्यमा धेरै असर परिरहेको बताउनुभएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्वारा आज यहाँ आयोजित एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि प्राथमिकता प्राप्त जुनोटिक रोगहरुको न्यूनीकरण सम्बन्धी सरोकारवालहरुसँग छलफल कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री मगरले मानव स्वास्थ्यसँगै पशु पंक्षीको स्वास्थ्य पनि राम्रो हुनु पर्ने भन्दै दुबैको स्वास्थ्यका लागि एकीकृत ढङ्गले अघि बढ्नु पर्ने विचार राख्नुभयो । मन्त्री मगरले कुनै एक अस्वस्थाले अर्को पनि प्रभावित हुने भएकाले यसको रोकथाम, नियन्त्रण गर्न एकीकृत भएर लाग्नु पर्ने र यसकालागि मन्त्रालयबाट हुने सहयोगको प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।

कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सेनाले पशु र मानव स्वस्थ भएमा यसबाट राज्यले पनि अत्यधिक लाभ लिने धारणा राख्नुभयो । स्वास्थ्य निर्देशनालयका निर्देशक डा ज्ञानेन्द्रबहादुर बस्नेत र पशुपंक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक डा पशुपति ढुङ्गाना र नेपाल लाईभ स्टक सेन्टर इनोभेसन आयोजना विकेन्द्रीत आयोजना सहयोग इकाई विराटनगरका संयोजक डा सुधीर सिंहले सरकारले प्राथमिकतामा राखेका १० रोग मध्ये कुनै एक रोगलाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्नु पर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा कृषि सचिव मेघनाथ तिमल्सेना, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा जयेन्द्र यादव, पुश तर्फका डा सञ्जयकुमार यादवले पनि एक स्वास्थ्य रणनीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित समाचार

अत्यावश्यक व्यवसाय सञ्चालन गर्न संघको निर्देशन

कोरोनाकोको त्रासबाट बच्न सरकारले सर्वसाधारणलाई घरमा नै बस्न आग्रह गरेसँगै विभिन्न संस्थाहरुले धमाधम कर्मचारीलाई विदा दिदै व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिन थालेका छन् । आइतबार राष्ट्रिय व्यवसायी महासंघले प्रेस विज्ञप्ती निकाल्दै अत्यावश्यक व्यापार व्यवसाय...

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं, १२ असार-काठमाडौं उपत्यकासहित देशकमा विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का विभिन्न स्थानमा वषा भइरहेको हो । हाल...

तेक्वाण्डोका खेलाडीले धेरै गोलमेडल जित्छन् : सदस्य सचिब वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य सचिब हंशराज वाग्लेले पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले सबैभन्दा बढी मेडल जित्ने बताएका छन् । प्रदेश नं. १ आइटिएफ...

जिप दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो : मृत्यु हुनेको संख्या ८, घाइते ९ जना

विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । मृतक र घाइते सबैको पहिचान खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ...

वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना

वीरगञ्ज, १५ साउन-वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर सरावगीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफैँ...

प्रदेश नं १ मन्त्रिपरिषद् बैठक– प्रदेश पर्यटन बोर्ड गठन

मोरङ, २५ असोज-प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका...

कपटपूर्ण तरिकाले बजेट मार्फत एमसिसि आयो: पूर्वमन्त्री मण्डल

विराटनगर जेठ १८–पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद शिवकुमार मण्डलले सरकारले एमसिसि पारित गराउन छलकपट गरिरहेको आरोप लगाएका छन् । नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डले सरकारले षड्यन्त्रपूर्वक ढंगले संसदमा एमसिसि ल्याउन खोजेको आरोप...

रोडम्याप बनाएर जनताको काम गर्नेछुः भीम पराजुली 

विराटनगर । मोरङ क्षेत्र नं. ४ (२) का उम्मेदवार तथा विराटनगर महानगरपालिका पूर्व मेयर भीम पराजुलीले आफूले चुनाव जितेर गएपछि पाँच वर्षे विकासको रोडम्याप बनाएर जनताको काम गर्ने बताएका छन् । मोरङको कटहरी आयोजना गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्