प्रदेश नं १ मन्त्रिपरिषद् बैठक– प्रदेश पर्यटन बोर्ड गठन

 न्यूज विराट
प्रदेश नं १ मन्त्रिपरिषद् बैठक– प्रदेश पर्यटन बोर्ड गठन

मोरङ, २५ असोज-प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ ।
यसैगरी सदस्यमा अर्थमन्त्रालयका अधिकृत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रनिनिधि, पर्यटन शाखाका प्रमुख, उद्योग, पर्यटन क्षेत्रका फणीन्द्र अधिकारी (विराटनगर), देवी गौतम (सुनसरी, भीमराज राई (सोलु), उमेश घिमिरे (धनकुटा), प्रेरणा थापा (इटहरी) र इन्दिरा श्रेष्ठ (विर्तामोर्ड) लाई नियुक्त गर्ने निर्णय गरेको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लछुमन तिवारीले जानकारी दिनुभयो ।
यस्तै बैठकले खुपु खोला जलविद्युत् आयोजनाको शेयर लगानी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयको सैद्धान्तिक सहमतिअनुसार लगानी गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बाबा मेयाङ्वो (पाँचथर), सदस्य सचिवमा कृष्ण बस्नेत(पर्शुराम) विराटनगर र सदस्यमा भेषराज कार्की (सुनसरी, विल्भष घोष (सुनसरी, थलु राजभण्डारी (ओखलढुङ्गा) लाई नियुक्त गरेको छ ।
यसैगरी प्रदेश श्रम सल्लाहकारको उपाध्यक्षमा राजीव घिमिरे(झापा), सदस्यमा घिम घिमिरे (विराटनगर), सरोज श्रेष्ठ (धरान), सीमा उपाध्याय (मोरङ), रञ्जु सिग्देल (इटहरी), किशोर धमला (विराटनगर), अरुण थापा (विराटनगर), नारायणबाबु कार्की (मोरङ), सुनिता घिमिरे (मोरङ), टीका प्रसाई (सुनसरी), निलम साह सोनारलाई (मोरङ) नियुक्त गरेको मन्त्री तिवारीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

१६५ भारतीय नागरिक लिएर फर्कियो एयर इण्डिया 

काठमाडौं, ७ जेठ-भारतले नेपालमा लकडाउनका कारण रोकिएका १ सय ६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरूलाई काठमाडौंबाट फिर्ता लगेको हो । यो चार्टर्ड...

आज ८३० संक्रमित थपिए, १५ सय जना डिस्चार्ज

काठमाडौं, २८ मंसिर-गत २४ घण्टामा ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । त्यस्तै, आज १ हजार ५ सय...

प्रतिनिधिसभामा अर्थमन्त्री नआएको भन्दै विरोध

काठमाडौं, बैशाख ३०-संघीय संसदको प्रतिनिधिसभामा अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै विरोध जनाइएको छ । आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडा उपस्थित नभएपछि सांसदहरूले विरोध जनाएका हुन् । संघीय संसदमा प्रि बजेट छलफलमा...

कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो, २४ घण्टाभित्र ३ को मृत्यु

काठमाडौं, ३१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १ सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या १ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

सवारी लाइसेन्स परीक्षा खुला गरिँदै

कोरोना संक्रमणपछि बन्द भएको यातायात सवारी लाइसेन्सको परीक्षा सुरु भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सातै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयले परीक्षाको व्यवस्था गर्ने जनाएको हो । विभागले परीक्षाका लागि...

ढुक्क भएर खोप लगाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेका छन् । दोस्रो चरणको खोप अभियानको क्रममा आइतबार त्रिवि शिक्षण अस्पतालमा खोप लगाएपछि प्रधानमन्त्री ओलीले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेका हुन् ।...

मौद्रिक नीति सार्वजनिक गरिँदै

काठमाडाैं, २ साउन-नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षकाे मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । दिउँसो २ देखि ३ बजेकाे बीचमा नेपाल न्युज नेटवर्ककाे प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति सार्वजनिक गरिने डेपुटी गभर्नर चिन्तामणि शिवाकाेटीले शिलापत्रलाई जानकारी...

१ भदौबाट अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न सीसीएमसीको प्रस्ताव

काठमाडौं, २५ साउन-कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान १ भदौदेखि नखुलाउने प्रस्ताव गरेको छ । सीसीएमसीको आजको बैठकले यस्तो प्रस्ताव गरेको हो ।  साउन ५ मा बसेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्