विराटनगर महानगरको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सुरु

 न्यूज विराट
विराटनगर महानगरको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सुरु

विराटनगर, २७ असार । विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ । शनिबार सम्पन्न १० औं नगर सभाको दोस्रो बैठकले समितिमा दुईजना सदस्य नियुक्त गरेको थियो ।

नवनियुक्त सदस्यलाई समितिकी संयोजक तथा उपमेयर शिल्पा निराला कार्कीले आज एक कार्यक्रमकाबीच सफथ ग्रहण गराइन् । कार्यक्रममा समितिका सदस्य तीर्थेन्द्र नेउपाने र रुपा देउजालाई संयोजक कार्कीले सफथग्रहण गराएकी हुन् ।

नेउपाने विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हुन् भन् देउजा विराटनगर ९ की वडा सदस्य छिन् । न्यायिक समितिको संयोजक उपमेयर हुने संवैधानिक व्यवस्था छ । सफथ ग्रहणपश्चात उपमेयर कार्कीले न्याय सम्पादनमा निष्पक्ष भूमिका निर्वाह गर्न नवनियुक्त सदस्यहरुलाई आग्रह गरिन् ।

उनले न्यायिक समितिमा महानगरवासीले दिएका उजुरीलाई छिटो र छरितो रुपमा सम्पादन गर्दै जाने बताइन् ।त्यसैगरी नवनियुक्त समितिका सदस्य नेउपानेले विगतको अनुभवलाई समेत आत्मसाथ गर्दै निष्पक्ष र तटस्थ ढंगले न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सदस्यहरुको सफथग्रहणसँगै सोमबारदेखि महानगरपालिकाको न्यायिक इजलास पनि सुरु भएको कानुन शाखाकी कानुन अधिकृत शारदा थपलियाले जानकारी दिइन् ।

उनका अनुसार हप्तामा दुई दिन सोमबार र बुधबार न्यायिक इजलास सञ्चालन हुनेछ । समितिमा विशेष गरी अंश, जग्गाको सीमाना, छाडा चौपाया, कुटपिट, गालीबेइज्जती, फोहोरमैलालगायतका उजुरीहरु बढी दर्ता हुने गरेको छ ।

न्यायिक समितिमा चालु आर्थिक वर्षको हालसम्म २ सय ४ वटा उजुरी दर्ता भएकोमा १ सय ६३ वटा फस्र्यौट भइसकेको कानुन शाखा अधिकृत थपलियाले जानकारी दिइन् ।

सम्बन्धित समाचार

काठमाडौं, ९ पुस-विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्दैछ । प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की पार्टी प्यालेस बबरमहलमा...

आयतमा प्रतिबन्द लगाएको माछाको खुल्लेआम तस्करी, यसरी आइपुग्छ विराटनगर

विराटनगर । सरकारले आयतमा प्रतिबन्द लगाएको मागुर (मुर्गी) माछा प्रजातिका माछा खुल्लेआम तस्करी हुने गरेको पाइएको छ । दुई वर्ष अगाडी आयतमा प्रतिबन्द लगाएको मागुर अहिले मोरङ, सुनसरी र झापाको विभिन्न नाकाहरुबाट तस्करी हुने गरेको...

रोक लगाएका विषय यथावत राख्दै मोरङमा फेरी थपियो निषेधाज्ञा

विराटनगर, २४ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले एक साता निषेधाज्ञा थप गरेको छ । यसअघि रोक लगाएक सवै विषय यथावत राख्दै प्रशासनले आइतबार राति १ बजेदेखि लागु हुनेगरि एक साता निषेधाज्ञा थप गरेको हो...

मोवाईल चोरीमा संलग्न ब्यक्ति ८० राउन्ड गोली सहित पक्राउ

झापा, असार २९। झापाको भद्रपुर नगरपालिका-५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ । यही असार २४ गते राती पुरानो...

सर्वेन्द्र, महेश र किसानविरुद्धको मुद्दा सरकारी वकिल कार्यालयमा दर्ता

काठमाडौं, २२ वैशाख-नवगठित दल जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान हुने भएको छ । डा. यादवले दिएको जाहेरी सरकारी वकिल कार्यायल, काठमाडौंले दर्ता गरेपछि अपहरण घटना छानबिन हुने भएको हो ।...

किस्ट अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

काठमाडौं, २८ साउन-ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भएकी १ महिलाको पीसीआर गर्दा नतिजा पोजिटिभ देखिएको छ । मंगलबार राति सवा १ बजे मृत्यु भएकी ती महिलाको बुधबार बिहान कोरोना परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो...

कर चुक्ताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा एक जना पक्राउ

विराटनगर । नक्कली कर चुक्ताको प्रमाण पत्र बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगर आसपासको क्षेत्रमा नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको आरोपमा विराटनगरका लक्ष्मण कुमार पण्डितलाई पक्राउ परेका हुन् ।...

रोटरी क्लबको २१ औँ पदस्थापन, अध्यक्षमा रामकुमार श्रेष्ठ

विराटनगर । रोटरी क्लब अफ मिडटाउन विराटनगरको २१ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित स्वागतम होटेलमा सोमबार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । रोटरी क्लब अफ मीड टाउनको २१ औँ अध्यक्षमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्