रोटरी क्लबको २१ औँ पदस्थापन, अध्यक्षमा रामकुमार श्रेष्ठ

 न्यूज विराट
रोटरी क्लबको २१ औँ पदस्थापन, अध्यक्षमा रामकुमार श्रेष्ठ

विराटनगर । रोटरी क्लब अफ मिडटाउन विराटनगरको २१ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित स्वागतम होटेलमा सोमबार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो ।
रोटरी क्लब अफ मीड टाउनको २१ औँ अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ सन् २०२२–२०२३ सम्मको लागि अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन् । श्रेष्ठ अवकाशप्राप्त डिएसपी पनि हुन् ।

पदस्थापन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा रोटरीले सामाजिक कार्यमा काम गरेर अगाडी बढाउने योजना रहेको सुनाए । ‘आफ्नो कार्यकालमा सामाजिक कार्यमा जोड दिनेछु,’ अध्यक्ष श्रेष्ठले भने, ‘ग्रामीण क्षेत्रका बस्तीहरूमा पुगेका सामाजिक कार्यक्रमहरू गर्ने आफ्नो योजना रहेको छ ।’

क्लबको निवर्तमान अध्यक्ष ९आइपीपी० जयकमल अग्रवाल रहेका छन् । यस्तै पेसिडेन्ड एलेक्ट आगामी अध्यक्ष शशी शर्मा हुने भएका छन् । क्लबको प्रथम उपाध्यक्षमा कुमार खतिवडा, दोस्रा उपाध्यक्ष घनश्याम कावरा र उपाध्यक्ष सुजन थापा रहेका छन् । यस्तै कोषाध्यक्षमा आश्वीनी वंसल, सचिव रानु गोयल रहेका छन् । सह–सचिवमा विनोद बोहरा, क्लबका फाउन्डेसन सन्जय वंशल रहेका छन् ।
यस्तै क्लबका निर्देशकहरूमा मोहन न्यौपाने, गिरिराज बस्नेत, राजेश्वर यादव, शैलेशमणी पोखरेल र अरुण खेतान रहेका छन् । क्लबका पूर्व अध्यक्ष मुकेश उपाध्याय रहेका छन् ।
पदस्थापन कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला रहेका थिए । कार्यक्रममा उनले रोटरी क्लबसँग सहकार्य र समन्वय गरी विकास निर्माणको काम गर्न महानगरपालिका लागि पर्ने बताए । कार्यक्रममा रोटरी क्लब नेपाल भुटानको निवर्तमान डिस्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, रोटरी क्लब इन्टरनेशनलको फाउन्डेसन रिजनल चयरपर्सन वासुदेव गोल्यानले रोटरी सामाजिक कार्यमा जहिले पनि सक्रिय भएर लागि परेको बताए । आगामी दिनमा पनि सक्रिय रूपमा सामाजिक कार्यमा लाग्न उनीहरूले आग्रह गरे ।

सम्बन्धित समाचार

महान क्रिकेटर शेन वार्नको निधन

महान क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ । अष्ट्रेलियाका क्रिकेटर वार्नको शुक्रबार थाइल्याण्डमा निधन भएको क्रिकइन्फोले जनाएको छ । ५२ वर्षको उमेरमा उनको शंकास्पद हृदयघातका कारण निधन भएको जनाइएको छ । वार्न टेष्ट क्रिकेटमा...

मिसेस कोशीको अडिसन विराटनगरमा शनिबार हुने

विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा हुने भएको छ । उक्त प्रतियोगिताको पहिलो अडिसन पुस २ गते विराटनगरमा हुने भएको हो । यो प्रतियोगितामा विवाहित...

क्वारेन्टाइनमा म्याद नाघेको चामल

बाजुरा, २५ वैशाख-बाजुराको बुढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ । म्याद नाघेको चामल प्रयोग गरिएको र क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई पखालासमेत लागेको पाइएपछि चामलको गुणस्तर मापन गर्न लागिएको...

बढ्यो सुनको मूल्यः चादीको स्थिर

काठमाडौँ, २४ कात्तिक-नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो...

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं, २४ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी समिति बैठक पनि स्थगित भएको छ । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...

लकडाउनकैबीच पूर्वगुप्तचर कधिमी बने इराकका नयाँ प्रधानमन्त्री

एजेन्सी, बैशाख २७-आर्थिक संकट र कोरोना भाइरसको संक्रमणसँग जुझिरहेको इराकको संसदले एक महिनासम्म चलेको तानातानपछि नयाँ सरकारलाई आफ्नो समर्थन दिएको छ । गत बुधबार भएको मतदानपछि पूर्व गुप्तचर अधिकारी मुस्तफा अल कधिमीले नयाँ प्रधानमन्त्री पदको...

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं, ३१ भदौ-नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए...

एमाले कोशी प्रदेश अधिवेशन : ढकाल र खतिवडा प्यानल बनाएर चुनावी मैदानमा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा ५ जना पदाधिकारीका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङ घर भएका घनश्याम खतिवडाले उम्मेदवारी दिएका हुन् । यस्तै उपाध्यक्षमा धनकुटाका टिकाराम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्