विराटनगर महागरपालिकाकी पूर्वउपमेयर इन्दीरा कार्कीविरुद्ध अख्तियामा भ्रष्टाचार मुद्धा

 न्यूज विराट
विराटनगर महागरपालिकाकी पूर्वउपमेयर इन्दीरा कार्कीविरुद्ध अख्तियामा भ्रष्टाचार मुद्धा

विराटनगर, २६ असार । विराटनगर महानगरपालिकाकी पूर्वउपमेर इन्दीरा कार्कीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विराटनगर–१५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क निर्माणमा गैरकानुनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै अख्तियारले विगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भ्रष्टाचार आरोपमा उपमेयर कार्कीसहित, विराटनगर १५ का तत्कालिन वडाध्यक्ष असलम आलम, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, महानगरको सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सवइन्जिनियर इफतेखार आलमविरुद्ध पनि मुद्दा दायर भएको छ ।

पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेमाथि पनि मुद्दा दायर गरिएको छ । महानगरमा झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल तथा कार्य सम्पन्न प्रतिवेदनका पेश गरि ती कागजात स्वीकृत गरेर भुक्तानी दिई १० लाख ५५ हजार ९७९ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

उपमेयर कार्की र विराटनगर १५ का तत्कालीन वडाध्यक्ष असलम आलमले माटो फिलिङको काम ज्यामीद्वारा गर्नुपर्ने लागत अनुमान तयार गरेपनि रोलर मेसिनबाट काम गराएको र गलत मूल्याङ्कनका आधारमा ५ लाख ८ हजार ६६९ हानी गरेको अख्तियारको ठहर छ । उनीहरुमाथि सोही बराबर बिगो र जरिवानासहित मुद्दा दायर गरिएको हो ।

 

सम्बन्धित समाचार

लकडाउनका प्रभावितको विवरण संकलनका क्रममा झडप, १९ जना घाइते

पर्सामा लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरूलाई राहत बाड्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । वीरगन्ज महानगरपालिका-१९ बरेवा गाउँमा लकडाउनले राहत बाँड्ने विषयमा दुई पक्षबीच झडप हुँदा बालबालिका र महिलासहित १९ जना घाइते...

बालिका बलात्कारपछि हत्या अभियुक्तलाई आजीवन कैद

विराटनगर, माघ १७–विराटनगरकी १० वर्षीया रुपमति दासको बलत्कारपछि हत्या गर्ने दुई जना अभियुक्तलाई अदालतले आजीवन कैदको फैसला गरेको छ । विराटनगर–८ बलुवाहीका १९ वर्षीय चन्दु महतो र सोही ठाउँका २५ वर्षीय भुट्टु भन्ने अब्बास अन्सारीलाई...

विराटनगरमा बैंकभित्रै कर्मचारीद्धारा विषादी सेवन गरी आत्महत्या

विराटनगर, साउन २१–विराटनगर–७ स्थित सनराइज बैंकको शाखा कार्यालयमा कार्यरत एक महिला कर्मचारीले बुधबार आत्महत्या गरेकी छन् । विराटनगर महानगरपालिका–८ घर भएकी बैंकको कर्जा शाखामा कार्यरत ३० वर्षीय सनाज खतिवडाले मुसा मार्ने बिष सेवन गरि आत्महत्या...

आजदेखि विराटनगरमा मास्क अनिवार्य, स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आदेश

विराटनगर, २९ पुस । पछिल्लो समय विराटनगरसहित मोरङमा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले कडाई गर्न थालेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले २२ बुँदे आदेश जारी गर्दै कडाई गर्न थालेको हो ।...

सानेपामा एक भारतीयको शंकास्पद मृत्यु, टाउकोमा चोट

ललितपुरको सानेपामा एक भारतीय नागरिकको शव फेला परेको छ । ललितपुर महानगरपालिका- २ सानेपामा शंकास्पद अवस्थामा शव फेला परेको हो । महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले भारतीय नागरिक सत्यनारायण पारितको शव फेला परेको  लाई...

पोखराको राहत कोषमा विन्ध्यवासिनी धार्मिक समितिको ५ लाख सहयोग

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्य पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ र कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले आइतबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ५ लाखको चेक हस्तान्तरण गरेका छन् । यसैगरी, बालहितकारी परियोजनाले १ लाख १...

प्रदेश १ मा १९ कोरोना संक्रमित थपिए

विराटनगर, ६ साउन–प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ८, मोरंग र झापामा ४–४, इलाममा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उदयपुरको वेलकामा...

कोरोना कोषमा कांग्रेस सांसदको साढे २२ लाख, ३ जनाले दिए १ महिनाको पारिश्रमिक

काठमाडौं, ३० वैशाख-कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा सङ्घीय  संसदबाट थप २८ लाख ९७ हजार रुपैयाँ जम्मा गरिएको छ ।  यस अघि संसद सचिवालयले   १ करोड १ लाख जम्मा गरेकोमा मंगलबार पुन सांसदहरुको २८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्