रोटरी क्लब अफ डाउनटाउनले केक काटेर मनायो उत्सव

 न्यूज विराट
रोटरी क्लब अफ डाउनटाउनले केक काटेर मनायो उत्सव

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले केक काटेर उत्सव मनाएको छ । वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा उत्सव मनाइएको हो ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउनमा महिला समाजसेवीहरु आवद्ध छन् । विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबले शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा काम गर्दै आएको छ ।

क्लबमा केक काट्दै फेलोसिप गरि महिला नेतृत्वको उत्सव मनाइएको अध्यक्ष रेखा राठीले जानकारी दिइन् । सो क्लब वर्ष २०२१–२२ को उत्कृष्ट क्लब बन्दै विभिन्न डेढ दर्जन अवार्ड जित्न सफल भएको थियो । क्लब उत्कृष्ट बन्न सफल भएकोमा रोटरी इन्टरनेशनलकी अध्यक्ष जेनिफर जोन्स र डाउनटाउनका पूर्व अध्यक्षहरु गैरवान्वीत भएका छन् ।

जेनिफर ११७ वर्षको रोटरी इतिहाँसमा पहिलो महिला अध्यक्ष हुन् । उनी वर्ष २०२२–२३ का लागि अध्यक्षमा चयन भएकी हुन् । रोटरी क्लब अफ विराटनगर डाउनटाउनका आठ जना पूर्व अध्यक्षहरु रोटरी इन्टरनेशलनको जोन र डिस्ट्रीक्टका १२ पदमा नियुक्त भएका छन् ।

उनीहरु सवैलाई क्लबले सम्मानसमेत गरेको छ । क्लबले चार्टर प्रेसिडेन्ट डा. ममता वर्मालाई पनि सम्मान गरिएको पब्लिक इमेज कमिटी चेयर सपना सिंघलले बताइन् ।सो अवसरमा क्लबका २३ जना पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको सचिव नमिता टिवडेवालले जानकारी दिइन् ।

 

सम्बन्धित समाचार

रंगेली अस्पताल बन्यो देशभरमै नमूनाः ८० अंक प्राप्त, मेयर बगडीयाले भने–सवैको प्रयासले सम्भव भयो

विराटनगर । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये नमूना अस्पताल बनेको हो । सुशासन...

आज देशभर ६१३ संक्रमित थपिए, ७३९ जाना डिस्चार्ज

विराटनगर, ९ पुस-पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २३३ महिला र ३८० जना पुरुष छन् । हालसम्म नेपालमा २ लाख ५६ हजार ५९२ संक्रमितको संख्या पुगेको...

कोरोनाबाट थप २४ को मृत्यु, ४५० संक्रमित भेन्टिलेटर र आईसीयूमा

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप २४ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या...

नोबेल मेडिकल कलेजका सुरक्षा गार्ड र विद्यार्थीबिच झडप, आधादर्जन घाइते

विराटनगर, १० माघ । जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह वेवास्ता गर्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीले आन्दोलन जारी राखेका छन् । कोरोना महामारीलाई मध्यनजर गर्दै प्रशासनले आन्दोलन स्थगित गर्न आग्रह गरेको थियो । तर, राज्यलाई...

आगलागीमा तीन बालकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रीटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका...

प्रचण्ड ओलीनिकट नेताहरुसँग संवादमा

सामान्यतः नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेलबीच मत मिल्दैन । पोखरेलले अध्यक्ष प्रचण्डलाई चिढ्याउने सार्वजनिक अभिव्यक्ति दिनेमात्र होइन्, सचिवालय बैठकमै सहज प्रस्तुति हुदैन । अलिक कडा भाषाशैलीमा प्रस्तुत हुने पोखरेलले नै जबजको फायर खोलेका...

नेकपा आधिकारिकता विवादः निर्वाचन आयोगले दुवै समुहलाई दिएन मान्यता, ओली–दाहालको हस्ताक्षर र महासचिवले बोलाएको बैठकले मात्र मान्यता पाउने

काठमाठौं, १३ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा तत्काल कुनै निर्णय नदिने भएको छ । नेकपा कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय नगर्ने आयोगले जनाएको हो ।...

बंगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइते

एजेन्सी, १४ असार ।बंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यावसायिक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्