प्रेस युनियनको महाधिवेशन हेटौंडामा

 न्यूज विराट
प्रेस युनियनको महाधिवेशन हेटौंडामा

काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ । यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितिमा बसेको युनियको केन्द्रीय सचिवालय, पूर्वअध्यक्षहरु र वरिष्ठ पत्रकारहरूको बैठकले हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनका सबै तयारीलाई तीब्रता दिने तथा असार २० गतेसम्म मतदाता नामावली निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको युनियनमा यसअघि दुई समूहले अलग-अलग महाधिवेशनको मिति तोकेका थिए । अहिले सबैको सहमतिमा मिति र स्थान तय भएकोले महाधिवेशन हुने विश्वास युनियनका नेताहरूले गरेका छन् । युनियनको आठौं महाधिवेशन २०७१ भदौमा पोखरामा भएको थियो ।

सम्बन्धित समाचार

सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ,...

रंगेलीमा दुई युवकको खोलामा डुवेर मृत्यु

विराटनगर, २४ कात्तिक । मोरङको रंगेलीमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । रंगेली–६ स्थित भन्सार टोलका सुरेस साहको घरमा छठ पर्व मनाउन पाहुना आएका दुई भारतीय युवकको स्थानीय बक्राह खोलामा डुबेर बुधबार मृत्यु...

कोरोना सन्त्रासबीच भाइरल ज्वरोका बिरामी बढे

झिमरुक, १ वैशाख-प्युठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बिरामी बढ्दै छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका समयमा भाइरल...

सरकारले गर्यो सर्वाेच्चको फैसला कार्यान्वयन : फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडौं, फागुन १४ । सरकारले सर्वोच्चको फैसला कार्यान्वयन गर्दै फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफरिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो...

विराटनगरमा ६ वडाको मतगणना सकियो, तीन वटामा एमालेको जित

विराटनगर, ३ वैशाख । विराटनगरमा हालसम्म ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म वराटनगर महानगरपालिकाका वडा नम्बर १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सम्पन्न भएको हो । ती वडाको...

बालुवाटारमा दीप प्रज्वलन

काठमाडौं, २५ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, र मन्त्रीहरूको उपस्थितिमा आज साँझ ७ बजे दीप प्रज्वलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले...

आज २६३८ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो

काठमाडौं, २८ असोज-गत २४ घण्टामा नेपालमा २ हजार ६ सय ३८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । १३ हजार ९ सय ४७ को पीसीआर गर्दा आज देशभर २ हजार ६ सय ३८  नयाँ...

अब दैनिक विपद् बुलेटिन 

काठमाडौं, १२ असार-राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् वुलेटिन’ सुरु गरेको छ। दिनभर कहाँकहाँ कस्ताकस्ता घटना भए, कहाँकहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्