बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल उपलब्ध गराउने पुटिनको घोषणा

 न्यूज विराट
बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल उपलब्ध गराउने पुटिनको घोषणा

एजेन्सी, १२ असार । रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

आफ्ना छिमेकीहरू लिथुआनिया र पोल्याण्डको ‘द्वन्द्वात्मक’ र ‘घृणित’ नीतिहरूको बारेमा चिन्ता व्यक्त गर्दै बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले पुटिनसँग सहयोगका लागि अनुरोध गरेका थिए । त्यसको जवाफमा पुटिनले लुकासेन्कोलाई बेलारुसको रुसी निर्मित एसयू-२५ अपग्रेड गर्न सकिने आश्वासन दिए ।

बैठकबारे विदेश मन्त्रालयले पुटिनलाई उदृत गर्दै भनेको छ, ‘हामी बेलारुसलाई इस्कन्डर-एम रणनीतिक मिसाइल प्रणाली हस्तान्तरण गर्नेछौं, जसले ब्यालिस्टिक र क्रूज मिसाइलहरू दुवै परम्परागत र आणविक भर्सनमा प्रयोग गर्न सक्छ ।

बेलारुस र उसको नजिकको सहयोगी रूसलाई एउटै छातामुनि राख्दै लुकासेन्कोले भने, ‘ब्रेस्टदेखि भ्लादिभोस्तोकसम्म हाम्रो मातृभूमिको रक्षाका लागि गम्भीर हतियारको प्रयोग गर्नेदेखि जुनसुकै कुराको लागि मिन्स्क तयार हुनुपर्छ ।’

सम्बन्धित समाचार

सप्तरीमा द्रुत परीक्षण सुरु, ३८ जनाको नेगेटिभ

सप्तरी, १ बैशाख-सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘¥यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण सुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण सुरु गरेको जिल्ला...

प्रदेश सरकारको मध्यावधी पुस्तक सार्बजनिक

विराटनगर, २८ असोज–प्रदेश नं १ सरकारको पाँच वर्षे कायकलको आधा अवधि पुरा गरेको अवसरमा आज मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरिएको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलव्धिलाई जनता...

दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस

बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विवादित दुवै अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।८ वैशाखमा जारी गरेका दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश ल्याउने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा झापा र सुनसरी विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा झापा र सुनसरी विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गरेको छ...

कोरोना संक्रमण बढेपछि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

काठमाडौं, ५ माघ ।नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी...

देशभर १ हजार ३५९ जनामा संक्रमण, १ हजार ३५४ डिस्चार्ज

काठमाडौं, १९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप एक हजार तीन सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

उद्योगको लापरवाहीः आरती स्ट्रिप्सका ३० मजदुरलाई कोरोना

विराटनगर, साउन २९–लकडाउनको समयमा भारतीय मजदुर ल्याएर उद्योग चलाएको मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्समा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । लुकिछिपी भारतीय कामदार ल्याएर उद्योग चलाएपछि २ मजदुरमा कोरोना देखिएकोमा...

देउवाको बहुमत नपुग्दा प्रचण्ड माधवलाई तनाव

काठमाडौं, मंसिर २८ । नेपाल कांग्रेसको सभापतिकालागि भएको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत जुटाउन नसकेपछि सत्ता गठबन्धनमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तनावमा पर्नुभएको पाइएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्