अमेरिकासँग सैन्य गठबन्धन हुँदैन, हामी यसमा प्रस्ट छौँ: प्रधानसेनापति शर्मा

 न्यूज विराट
अमेरिकासँग सैन्य गठबन्धन हुँदैन, हामी यसमा प्रस्ट छौँ: प्रधानसेनापति शर्मा

काठमाडौं, ३ असार । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकासँग सैन्य गठबन्धन नहुने बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जवाफ दिँदै प्रधानसेनापति शर्माले सैन्य गठबन्धन स्वीकार्य नहुने बताएका हुन् । उनले एसपीपी सम्झौता आफूहरूलाई मान्य नभएको पनि बताए ।

सरकारको स्वीकृतिमा एसपीपी सम्झौताका लागि अमेरिकालाई पत्र पठाएको स्वीकार गर्दै उनले भने, ‘हामीले पत्र पठाएको सत्य हो । तर, भूकम्पका बेला मानवीय सहायताका लागि पत्र लेखेका हौँ । सैन्य गठबन्धन हुनुहुँदैन भन्नेमा हामी प्रस्ट छौँ ।’

उनले सेनाले सरकार र विज्ञसँग छलफल नगरी कुनै निर्णय नलिने पनि बताए । ‘हामीले सरकार र विज्ञसँग छलफल नगरी केही निर्णय गर्दैनौं । एसपीपी हाम्रा लागि पनि मान्य छैन । यो सरकारी रूपमा आएको पनि छैन,’ उनले भने ।

सम्बन्धित समाचार

संवैधानिक परिषद् अध्यादेश सम्बन्धी रिटको सुनुवाइमा प्रधानन्यायाधीश राणा नबस्ने

काठमाडौं, ११ भदौ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नबस्ने भएका छन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले  संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश ल्याएर गरेको नियुक्तिहरू बदर माग गर्दै दायर भएको रिटको सुनुवाइमा...

बागमतीमा नेकपा संसदीय दलको नेतामा अष्टलक्ष्मी चयन

काठमाडौं, १५ पुस-बागमती प्रदेशमा नेकपा संसदीय दल औपचारिक रुपमा विभाजित बनेको छ । बुधबार बसेको प्रचण्ड–माधव नेपाल पक्षधर सांसदको संसदीय दलको बैठकले डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । पार्टी...

कटहरी–२ लाई सुकुम्बासी मुक्त बनाइने

विराटनगर, जेठ २१–मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण हुने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ र जीवन विकास...

उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्ने तयारी

काठमाडौं, जेठ २-काठमाडौं उपत्यका भित्रिने सबै नाका कडाई गर्न नेपाली सेना परिचालन गर्न गृहकार्य थालिएको छ । कोरोना संक्रमित थपिएसँगै उपत्यकाका भित्रिने सबै नाकामा सेना परिचालन गर्ने गृहकार्य थालिएको हो । बिहीबार काठमाडौं, भक्तपुर र...

राजनीतिक अधिकार अपहरण भए जनअदालतमा जान्छौँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । बुधबार सप्तरीको महदेवा गाउँपालिकामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीको आन्तरिक विवाद...

कटहरीको सडक बनाउन माग राख्दै सडक अवरुद्ध, शुक्रबार दुई घण्टा गर्ने तयारी

विराटनगर । हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्डको निमार्ण कार्य सुस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै नेपाली काँग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा यहाँका स्थानीयले एक घण्टा सडक...

साउनमा पनि सुनसान हुँदै पशुपति

काठमाडौं, २४ असार-चान्द्रमासअनुसार २२ असारमा सोमबारदेखि श्रावण कृष्णपक्ष सुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान...

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता, लुम्बिनी र कर्णाली प्रदेश विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गको छ ।टस जितेर पहिले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्