रंगेली—७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डल र उनको प्यानलै निर्वाचित

 न्यूज विराट
रंगेली—७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डल र उनको प्यानलै निर्वाचित

विराटनगर, ८ जेठ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डलसहित उनको प्यानलै विजयी भएको छ । मण्डल दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन् । उनी यसअघि पनि वडाध्यक्ष थिए ।

मण्डलले १०४४ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका वीरेन्द्र कुमार साहले ६०१ मत ल्याए । त्यस्तै सदस्यहरुका एमालेकै देवमणी कटुवाल, अनिलकुमार महतो, दलित महिला सदस्यमा रुपा विश्वकर्मा र महिला सदस्यमा अन्नपूर्णाकुमारी मण्डल निर्वाचित भएका छन् ।

रंगेलीमा यो सहित हालसम्म ७ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । वडा नम्बर १, २, ३, ४ ,५, ६ र ७ नम्बर वडा मत गणना सम्पन्न हुँदा सवै वडामा एमालेका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् ।

६ नम्बर वडामा मात्र एउटा सदस्य जसपाले जितेको छ । वडा नम्बर ८ र ९ को मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रंगेलीले जनाएको छ ।

 

सम्बन्धित समाचार

काठमाडौंमा १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित

काठमाडौं, १८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ सय १९ जना पुरुष र ६ सय...

आइतबारयता भेटिएका छैनन् नयाँ संक्रमित

आइतबारयता गरिएका कोरोना भाइरस (कोभिड-१९) परीक्षणमा कुनै पनि व्यक्तिमा संक्रमण भेटिएको छैन् ।नेपालमा कोरोना भाइरसको नवौँ सक्रमित भेटिएको ६ दिनसम्म नयाँ संक्रमित भेटिएका छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिडसम्बन्धी ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकाश...

अगानिस्तानमा तालिबान विरुद्धको कारबाहीमा २७ जनाको मृत्यु

एजेन्सी, साउन २-अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा परी कम्तीमा २७ आतंककारी मारिएका छन् । अफगान सरकारी सुरक्षाकर्मीहरुले सो कुराको जानकारी दिएका हुन् । उक्त कारबाही त्यहाँको सरकारी सुरक्षा फौजले गरेको बताइएको छ ।...

१५ महिने बालकसहित वीरगञ्जका २१ जनाले जिते कोरोना

जनकपुर, १४ जेठ-वीरगञ्जको विशेष कोरोना गण्डक अस्पतालमा उपचारार्थ २१ जनाले कोरोना जितेका छन् । विशेष कोरोना गण्डक हस्पिटलमा उपचाररत रहेका ३० संक्रमितमध्ये २१ जनाले कोरोना जितेका हुन् । मंगलबार राती डिस्चार्ज हुनेमा २१ जना सबै...

विराटनगरमा १ साउनबाट सुर्तीजन्य पदार्थ सेवन र विक्री वितरण गर्न नपाइने

विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेर लैजाने भएको छ । साउन १ गतेदेखिबाट विराटनगरको सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर...

हङकङद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध

काठमाडौं, २९ माघ । हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । रोयटर्सका अनुसार आगामी मार्च ४ सम्म प्रतिबन्ध लागू हुनेछ । नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने...

आइतबार थप ४ सय ६३ जनामा काेराेना पुष्टि

काठमाडाैं, १४ असार-आइतबार थप ४ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । याेसँगै देशभर काेराेना संक्रमितकाे संख्या १२ हजार ७ सय ७२ पुगेकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

कोरोना संक्रमणबाट बीपीमा एक महिलाको मृत्यु

विराटनगर, १७ असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत सुनसरीको इनरुवा–४ कि २८ वर्षिया महिलाको शनिबार बिहान ४.३० बजे मृत्यु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्