विराटनगर, ७ जेठ । विराटनगर महानरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की फराकिलो मतान्तरले विजयी भएका छन् । सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार मोयरमा कोइराला ८७१५ र उपमेयरमा कार्की ११४६१ मतान्तरसहित विजयी भएका हुन् ।
मेयरमा कोइरालाले कोइरालाले ३०१७० मत प्राप्त गर्दा एमालेका सागर थापाले २१४५५ मत ल्याए । स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत ल्याएर तेस्रो हुँदा राप्रपाका प्रल्हाद साहले ५२१६ मतका साथ चौथो भए ।
उपमेयरमा कार्कीले २५८६० मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका साझा उम्मेदवार जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले १४२१९ मत प्राप्त गरे ।
तेस्तै राप्रप्राकी विन्दा लुईटेल आचार्यले ६४०१ मत ल्याइन् । स्वतन्त्रमा उम्मेदवार नमिता न्यौपानेले ५११७ मत प्राप्त गर्दै चौथो भइन् ।
यसपटकको निर्वाचनमा वडाहरुमा एमालेले बर्चश्व कायम गरेको छ । विराटनगरका १९ वडा मध्ये एमालेले ९ वटा वडा आफ्नो पोल्टामा पारेको छ । त्यस्तै कांग्रेसले ६ वटा वडा जित्दा जसपाले २, राप्रपाले एउटा र एक जन स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।
एमालेले विराटनगरका वडा नम्बर १,२,३,४,८,१०, ११, १४ र १९ नम्बर वडा जित्दा कांग्रेसले ५,६,७,९,१५,१६ नम्बर बडा जितेको छ । त्यस्तै जसपाले वडा नम्बर १३, १४, राप्रपाले १३ र १८ नम्बर वडाको वडाध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेका छन् ।