विराटनगर, ४ वैशाख । विराटनगर महानरपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले लगातार मतान्तर बढाउँदै लगेका छन् । सुरुदेखिनै अग्रता बनाएका उनले ४४ हजार ५ सय ६८ मत गनिसक्दा पनि फराकिलो मत अन्तरसहित अग्रता बनाइरहेका छन् ।
हालसम्म कोइरालाले १४ हजार ६१ मत प्रप्त गर्दा एमालेका सागर थापा उनलाई १० हजार ६ सय ९२ मतसहित पछ्याइरहेका छन् । कोइराला र थापाबिचको मतान्तर ३३६९ छ ।
त्यस्तै जसपाबाट विद्रोह गरि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ४ हजार ५ सय १ मत प्राप्त गर्दा राप्रपाका प्रल्हाद साहले २ हजार ८ सय ५४ मत प्राप्त गरेका छन् ।
उपमेयर भने एमालेकी शिल्पाकार्की फराकिलो मतअन्तर सहित अगाडी छिन । उनले ४ हजार सात सय ९२ मतअन्तर बनाएकी छन् । कार्कीले १२ हजार २ सय ३२ मत प्राप्त गर्दा जसपाका अमरेन्द्र यादवले ७ हजार ४ सय ४०, राप्रपाकी विन्दा लुइटेलले विन्दा लुइँटेल ३ हजार ४ सय ७० र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २ हजार ५ सय ४९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।