प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरको मतगणना सुरु भएको छ । विहान ८ बजेबाट सुरु गर्ने भनिएपनि केहीबेर अघिदेखि सुरु भएको हो ।
उम्मेदवारहरुले मतगणना प्रतिनिधि पठाउन ढिलाई गर्दा मतगणना पनि ढिलो सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुरुवातमा विराटनगरका वडा नं. १, २, १७, १८ र १९ नम्बरको मतगणना सुरु भएको छ । निकै चासोका साथ हेरिएको विराटनगरको मतगणना कडा सुरक्षा र निगरानीबिच गरिँदैछ । मतगणनास्थलमा ससीसी क्यामेरा जडानका साथै तारजालीले समेत घेरिएको छ ।
विराटनगरमा कुल १ लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८ मत खसेको थियो थियो ।