सुनसरीको दुहवीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

 न्यूज विराट
सुनसरीको दुहवीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

विराटनगर, २३ वैशाख ।चुनावी प्रचारप्रसारका क्रममा सुनसरीको दुहवीमा डिजे बजाएको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएको छ । शुक्रबार चुनावी प्रचार प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयलाई लिएर विवाद हुँदा झडप भएको हो ।

दुहवी–९ मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार मेहदी हुसेनको घर नजिकै एमाले उम्मेदवार ताबिज हुसेनको टोलीले ठूलो आवाजमा डिजे बजाएको भन्दै विवाद हुँदा झडप भएको बताइएको छ ।

विवादपछि आक्रोशित काँग्रेस कार्यकर्ताको भिडले एमाले उम्मेदवारले चुनावी प्रचारका लागि साउन्ड सिस्टम राखेको गाडी तोडफोड गरेका छन् । गाडी तोडफोड भएपछि झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरेन्द्र कार्कीले एमाले र कांग्रेस कार्यकर्ताबीच सामान्य झडप बताए ।

सम्बन्धित समाचार

स्वास्थ्यकर्मीलाई क्लिनिकमा काम गर्न रोक

सप्तरी, २४ साउन-सप्तरीको १ मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न आजदेखि रोक लगाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै...

कोशीका मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलेले बिश्वासको मत पाएका छन् । दुई तिहाई मत सहित उनले बिश्वासको मत पाएका हुन् । कोशी प्रदेश सभामा आज भएको मत बिभाजनको प्रक्रिया मार्फत भएको मतदानमा...

भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर, ९ मंसिर प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख...

अमेरिकी नाकाबन्दी सहेको क्युबाको यसरी भइरहेको छ प्रशंसा

एजेन्सी, बैशाख १४-क्युबाले २ साताभित्र विश्वका १९ देशमा मेडिकल टोली पठायो । अमेरिकाको नाकाबन्दीका बाबजुद क्युबा कोभिड–१९ विरुद्धको लडाइँमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ । क्युबाले इटाली, अंगोला, जमाइका, मेक्सिको र भेनेजुएलासमेत १९ देशमा आफ्नो मेडिकल...

मेरिल्याण्ड कलेज अगाडी पार्किङ गरेको मोटरसाईकल चोरीमा संलग्न चार जना पक्राउ

विराटनगर, १६ पुस । विराटनगरमा मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु धमाधम प्रहरीको फन्दामा पर्न थालेका छन् । पछिल्लो समय विराटनगरमा मोटरसाईकल चोरीको बिगबिगी बढ्दै गएका बेला चोरीमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका हुन् । प्रहरीले...

कांग्रेसका बाँकी १६ जिल्ला अधिवेशनको मिति तोकियो

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा...

कोरोनाबाट ७ जनाको मृत्यु

काठमाडौं, २ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप, धरान भेट्रान्स क्लब फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान्स क्लब फाइनलमा पुगेको छ ।विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनलमा घरेलु टिम मिल्स भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै धरान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्