त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान बम राखिएकाे कुरा गलत हल्ला मात्रै रहेकाे पुष्टि भएकाे सुरक्षा निकायले जनाएका छन् ।
विमानस्थलमा आठवटा बम राखिएकाे भनेर अज्ञात व्यक्तिबाट फाेन आएपछि प्रहरीले यात्रुहरूलाई बाहिर निकालेर खानतलासी लिएकाे थियाे ।
नेपाली सेनासहितकाे सुरक्षाकर्मीकाे टाेलीले सर्च अप्रेशन गर्दा कुनै शंकास्पद वस्तु नभेटिएकाे विमानस्थल सुरक्षा गार्डका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।
उनका अनुसार अहिले विमानस्थल नियमित सुचारुकाे प्रयास भइरहेकाे छ । शंकास्पद वस्तु रहेको आशंकामा बाहिर निकालिएका आन्तरिक उडानका सबै यात्रुहरूलाई अहिले टर्मिनल भवन प्रवेश गराउन थालिएकाे छ ।