एमालेको घोषणापत्रका ६ संकल्प : भ्रष्टाचार गर्नेलाई कारबाहीदेखि घरमै भत्तासम्म

 न्यूज विराट
एमालेको घोषणापत्रका ६ संकल्प : भ्रष्टाचार गर्नेलाई कारबाहीदेखि घरमै भत्तासम्म

काठमाडौं, १० वैशाख । प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत पालिका केन्द्रसँग जोड्ने, हरेक बस्तीहरूलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने, सडक निर्माण गर्दा यसको दिगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने, जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्नेछ।

ठूला सहरहरूमा रेल, बस र्‍यापिड ट्रान्जिटलगायतका यातायात प्रणालीको विकास गर्ने, ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने पनि एमालेको घोषणापत्रमा छ। विद्युतीय सवारीसाधनलगायत पर्यावरणमैत्री यातायात सञ्चालनलाई प्रोत्साहन गर्ने र मोटरबाटो पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने घोषणापत्रमा उल्लेख छ।

‘निरोगी नेपाल, स्वस्थ्य नेपाली’
एमाले स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै निरोगी नेपाल निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। गम्भीर रोगको पूर्वपरीक्षण ‘स्क्रिनिङ’ र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षणको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ। प्रत्येक नागरिकको अनिवार्य बिमा गर्ने ज्येष्ठ नागरिक, विपन्त दलित, एकल महिला र अपांगता भएका व्यक्तिको स्वास्थ्य बिमा निःशुल्क गर्ने बताएको छ।

स्वच्छ खानेपानी स् सफा बस्ती र राम्रो आनीबानी
प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्थामार्फत सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने जनाएको छ। एक घर एक धारालाई अभियानअन्तर्गत दुई वर्षभित्र सबै नागरिकलाई खानेपानी सुलभ आपूर्तिको सुनिश्चितता गर्ने घोषणापत्रमा उल्लेख छ। सार्वजनिक क्षेत्रमा शौचालय र ४० माइक्रोनभन्दा मुनिको प्लास्टिकको प्रयोग पूर्णरूपमा निषेध गर्ने प्रतिबद्धता पनि एमालेको छ।

आधुनिक ऊर्जा : उज्यालो पालिका
विद्युत् उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आयवृद्धि र पर्यावरणको संरक्षण गर्ने घोषणापत्रमा उल्लेख छ। प्रत्येक नागरिक विद्युत् सुविधा उपलब्ध गराउने र विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् निःशुल्क उपलब्ध गराउने एमालेले जनाएको छ।

सिँचाइको विस्तार, कृषि भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाउने प्रतिबद्धता एमालेको छ। रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ।

विकसित पालिका, संरक्षित आवास
प्रत्येक नागरिकलाई सुरक्षित आवासको हक सुनिश्चित गर्दै एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास र विकसित पालिका निर्माण गर्ने प्रतिबद्धता एमालेको छ। सकुुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या सदाका लागि समाधान गर्ने एमालेको प्रतिबद्धता छ।

सम्बन्धित समाचार

विराटनगरको पारस हस्पिटलको अटेरी : नविकरणविनै अस्पताल सञ्चालन

विराटनगर । बहुआयमिक स्वास्थ्य उपचार दिने प्रचार गर्दै आएको विराटनगरको जनआन्दोलन चोकस्थित पारस हस्पिटल पाँच महिनादेखि नविकरणविना सञ्चालनमा रहेको पाइएको छ । हस्पिटलको नविकरणको म्याद सकिएको पाँच महिना हुनलाग्दा पनि हस्पिटल नविकरण भएको छैन ।...

माधवसहित १४ सांसदमाथि कार्वाही, पदमुक्त गर्न संसद सचिवालय र निर्वाचन आयोगमा एमालेको पत्र (सूचीसहित)

काठमाडौं, भदौ १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । एमालेले माधवसहित १४ सांसदलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा...

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्याे, एकै दिन थपिए ११ संक्रमित

काठमाडौं, ९ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेर २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसोको नियमित पत्रकार सम्मलेनमा थप १...

नेपाली भूमि अतिक्रणविरुद्ध तत्काल कदम चाल्नुपर्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ, २७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता श्रेष्ठले भारतले अनधिकृतरूपमा कब्जा गरेको र आफैँले समेत विवादित...

मोरङको सुनवर्षीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, गठबन्धनमा भाँडभैलो

विराटनगर, २५ चैत । अगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले मोरङको सुनवर्षीमा गठबन्धन गर्ने निर्णय गरेको छ । सवै वडाका वडा समितिका सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, पार्टीका बुद्धिजीवी, शुभचिन्तकलगायतको...

प्रदेश- १ का मुख्यमन्त्री राईले हटाए आर्थिक मामिलामन्त्री आङ्बोलाई

काठमाडौं, ११ पुस-सरकार ढाल्न खाेजेकाे भन्दै प्रदेश- १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् । प्रचण्ड-माधव नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले शनिबार साँझ...

बुरुन्डीका राष्ट्रपति कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन

एजेन्सी, जेठ २८-अफ्रिकी राष्ट्र बुरुन्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण राष्ट्रपति कुरुन्जिजाको सोमबार निधन भएको जनाइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका उनको सुरुमा स्वास्थ्यमा...

सामाजिक सद्भाव कायममा चाडपर्वको भूमिका महत्वपूर्ण

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वलाई सांस्कृतिक एकता र सामाजिक सदभाव कायम अभिवृद्धिको पर्वका रूपमा मनाइनुपर्नेमा जोड दिएका छन् । मोरङ व्यापार संघले बिहीबार बडादसैँ, शुभदीपावली, नेपाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्