विराटनगरको पारस हस्पिटलको अटेरी : नविकरणविनै अस्पताल सञ्चालन

 न्यूज विराट
विराटनगरको पारस हस्पिटलको अटेरी : नविकरणविनै अस्पताल सञ्चालन

विराटनगर । बहुआयमिक स्वास्थ्य उपचार दिने प्रचार गर्दै आएको विराटनगरको जनआन्दोलन चोकस्थित पारस हस्पिटल पाँच महिनादेखि नविकरणविना सञ्चालनमा रहेको पाइएको छ ।

हस्पिटलको नविकरणको म्याद सकिएको पाँच महिना हुनलाग्दा पनि हस्पिटल नविकरण भएको छैन । ५० शय्याको अस्पतालको नविकरणको म्याद २०८० को पुस ९ गते सकिएको छ । म्याद सकिएपछि संस्था नविकरण गर्नुपर्ने स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० मा उल्लेख छ । तर, पारस हस्पिटलले अटेरी गर्दै नविकरण गर्ने चासो देखाएको छैन । स्वास्थ्य निर्देशिकामा तोकिएको समय अवधिभित्र दर्ता नगरे दोब्बर दस्तुर लाग्ने र त्यसपछि पनि नविकरण नगर्ने स्वास्थ्य संस्थाको अनुमति खारेज हुने व्यवस्था रहेको छ ।

निर्देशिका अनुसार ५० शय्यासम्मको अस्पताल नविकरण स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय धनकुटामा हुन्छ । नविकरण सकिएको पाँच महिना हुन लाग्दा पनि पारस हस्पिटलको नविकरणको प्रक्रिया पुरा नभएको स्वास्थ्य निर्देशानलयका छानविन अधिकारी सुरेन्द्र बजिमायाले जानकारी दिए ।

केही प्रक्रिया पुरा नभएकोले पारस अस्पतालको नविकरणमा ढिलाइ भएको उनले बताए । ‘अस्पतालहरुले नविकरणको म्याद सकिएको तीन महिनाभित्रमा नविकरण गरिसक्नु पर्दछ,’ उनले भने, ‘समयसीमा भित्र नविकरण नहुने अस्पताललाई जरिवना लाग्छ । त्यसपछि पनि नविकरणमा चासो नदेखाएको हस्पिटललाई स्वास्थ्य निर्देशिका अनुसार कारवाहीको प्रक्रिया अगाडि बढछ ।’ अस्पतालले नविकरणमा ढिलाइ गरेपछि केही दिन अगाडि निर्देशानालयले निरीक्षण पनि गरेको छ । त्यस क्रममा गरेको अनुगमनको प्रतिवेदन आउने क्रममा रहेको निर्देशनालयले जनाएको छ ।

हस्पिटलविरुद्ध अख्तियारमा पनि उजुरी
विशिष्टकृत सेवा सुरु गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको कार्यालयमा पारस हस्पिटल विरुद्ध उजुरी पनि परेको छ । विशिष्टकृत अस्पतालको स्वीकृत संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मात्र दिने गर्दछ । त्यो पनि विशष्टिकृत अस्पतालको लागि छुट्टै विभाग हुनुपर्दछ ।

पारस अस्पतालले विशिष्टकृत सेवा दिने भन्दै विरामी ठगी गरेको उजुरी अख्यितारमा परेको हो । अख्तियारमा उजुरी परेपछि निरीक्षणको लागि स्वास्थ्य मन्त्रालय कोशी प्रदेशमा अख्तियारले पत्रसमेत पठाएको पाइएको छ । स्वास्थ्य मन्त्रालयमा अख्तियारबाट पत्र आएपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीले अस्पतालको निरीक्षण गरेका थिए । निरीक्षणपछि मन्त्रालयले प्रतिवेदन अख्तियार पठाउने पनि तयारी गरेको छ ।

पारस अस्पतालका प्रशासन हेर्ने हेमनारायण मेहतालाई अस्पताल नविकरण नभएको र अख्तियारमा परेको उजुरी विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमा नै आउन चाहेनन् ।

साभार : हाम्रोमत

सम्बन्धित समाचार

विराटनगरमा खुल्दै १ करोड २५ लाखमा ‘ओएसिस लन्च एण्ड बार’, आम्दानीको १५ प्रतिशत सामाजिक काममा खचिर्ने

विराटनगर । तीन दशकदेखि पर्यटन व्यवसायको क्षेत्रमा रहेका जितेन्द्र श्रेष्ठले विराटनगरमा ओएसिस लन्च एण्ड बार संचालनमा ल्याउने भएका छन् । विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रूपैयाँ लगानीमा ओएसिस लन्च एण्ड...

प्रदेश २ मा १ वर्षीया बालिसहित थप २९ जनामा कोरोना पुष्टि 

धनुषा, १४ असार-प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, महोत्तरी र पर्सामा गरेर थप २९ जनामा कोरोना पुष्टि भएको हो । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी...

आज संविधान संशोधन विधेयक पारित हुँदै

काठमाडौं, ३१ जेठ-नेपालको संविधान दोस्रो संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदैछ । १८ जेठमा प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो । सङ्घीय संसद् सचिवालयले आज दिउँसो...

विश्वभर १८ लाख ६० हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

काठमाडौं, जेठ ५–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भएका १८ लाखभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहान सवा ११ बजेसम्म १८ लाख ६० हजार ३६ जनाको सफल उपचार...

आज अपरान्हपछि माैसममा क्रमिक सुधार, भाेलिदेखि घाम लाग्ने

काठमाडौं, २२ माघ । देशभर आज पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि दिउँसाेदेखि भने माैसममा क्रमश: सुधार हुँदै जानेछ । माैसमविद् प्रतिभा मानन्धरका अनुसार आज अपरान्हपछि...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो क्रिशमस डे

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग क्रिशमस डे मनाएको छ । २५ डिसेम्बरमा प्रत्येक वर्ष मनाइने क्रिशमस डे यस वर्ष क्लबले बालबालिकाहरुसँग मनाएको हो ।  रोटरी क्लबले एडप्ट गरेको विराटनगरस्थित शिव आधारभूत विद्यालयका...

सरकारले भारतबाट नेपाल आउने आधिकारिक नाका तोक्यो

काठमाडौं, १६ जेठ-सरकारले भारतबाट नेपाल फर्काउन १८ भन्दा बढी नाका तोकेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भारतमा रहेका नेपाली नागरिकलाई ल्याउन देशका विभिन्न नाकाहरूलाई आधिकारिक रूपमा तोकेको हो ।...

बजार पशल ७ बजेसम्म खुल्ने गरि मोरङमा भदौ २८ सम्म निषेधज्ञा जारी

विराटनगर, २२ भदौ-खुकुलो प्रावधानसहित मोरङमा थप ६ दिन निषेधज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक सवारीका साधन सञ्चालन गर्न नपाउने गरि भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । भदौ ५ गतेबाट यसअघि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्