प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु

 न्यूज विराट
प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु हुने भएको छ ।
विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर र राजविराज विजयी भएका छन् ।

बुधबारको पहिलो खेलमा आयोजक विराटनगरले झापाको मेची नगरपालिकालाई ३६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनको सामान्य योगफल खडा गरेको थियो । विराटनगरकालागि सर्वाधिक लव कामत ५७ रनमा अविजित रहे । उनले ५६ बलमा ४ चौका प्रहार गरे । त्यस्तै साकिव हकले १७ रन बनाउँदा मिनस थापाले १५ रन जोडे । झापाका प्रेम सिंह र विशाल आर्चायले २–२ विकेट लिँदा सुमिरन राई र विराज डाँगीले १–१ विकेट लिए ।

१ सय २३ रनको सामान्य लक्ष पाएको झापाले १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ८६ रनमा सिमित भयो । झापाकालागि अनिल लामिछानेले ३२ रन जोड्दा अंकित सुवेदीले १६ बबनाए । विराटनगरका म्यान अफ द म्याच कप्तान सिद्धान्त लोहनीले ४ विकेट लिए । उनले एक मेडन राख्दै १३ रन दिए । लोहनीबाहेक दिपेश कँडेलले ३ विकेट तथा मुकुन्द यादवले २ विकेट लिँदा रेवती यादवले १ विकेट लिए ।

दोस्रो खेलमा राजविराजले सुनसरीको इनरुवालाई ७६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रनको बनाएको थियोे । राजविराजकालागि रोहन विकले ३९ रन बनाउँदा निरज यादवले ३० रन र विशाल दासले २० रनको योगदान दिए । रोहनले २५ बलमा १ छक्का र ६ चौका प्रहार गरे । इनरुवाका सोनु मण्डलले ३ विकेट पलँदा भुपाल लुइटेल र गौरव कटुवालले १–१ विकेट लिए ।

१ सय २१ रनको लक्ष पाएको इनरुवाले ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ५३ रनमा सिमित भयो । इनरुवाकालागि सोनु मण्डलले सर्वाधिक ९ रन बनाए । राजविराजका म्यान अफ द म्याच अनिल यादवले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ५विकेट लिँदा मेहबुव आलम र अजय यादवले २–२ विकेट लिए ।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागि भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउँने छन् ।
६ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाईएको छ । समुहको टप दुई टिम सेमिफाइनलमा पुग्ने पुगने छन् । चेत्र २६ गतेसम्म हुने प्रतियोगित सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ ।
बुधबारको पहिलो खेल विरगञ्ज र मेची र दोस्रो खेल इनरुवा र जनकपुरविच खेल हुने आजोजकले जनाएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लागेका हुन्...

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, सातै प्रदेशका प्रमुख फेरिए

काठमाडौं, असार ७ । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सुरुवा गरेको छ । गृहमन्त्री खगराज अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी आज सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गर्नुभएको हो । गृहले एक नम्बर प्रदेशमा...

श्रीराम सुगर मिल्सले गर्‍यो २५ करोड भुक्तानी

रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा २५ करोड तीस लाख २७ हजार ५२६...

लकडाउनको उल्लंघन गर्दै नाराबाजी गर्ने जसपाका १५ कार्यकर्ता पक्राउ

जनकपुर, ८ जेठ-लकडाउनको उल्लंघन गर्दै जनकपुरधाममा नाराबाजी गर्ने जनता समाजवादी पार्टी (जसपा)का १५ जना नेता/कार्यकर्तालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जसपाका युवा नेता नवीन यादव र मुकेश झाको नेतृत्वमा प्रदर्शन गरिएको हो । केही...

बूढानिलकण्ठ स्कुलमा बुद्ध जयन्ती मनाईयो

विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ अ. मा. वि. मा विभिन्न कार्यक्रम आयोजना गरी २५८५ औँ बुद्ध जयन्ती मनाएको छ । स्कुल परिसरमा बुधबार एक भब्य कार्यक्रम आयोजना गरी बुद्ध जयत्ती मनाएको हो...

सेती प्रादेशिक अस्पताल कोरोनामुक्त

कैलाली, २६ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पताल कोरोनामुक्त भएको छ । आज निको हुन बाँकी रहेका १ महिला डिस्चार्ज भएसँगै सेती अस्पताल कोरोनामुक्त भएको हो । शुक्रबार अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला...

कोशी अस्पतालमा पहिलो पटक ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया, एकै दिन दुई जना विरामीको सफल उपचार

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ ।ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा आँखा रोगको शल्यक्रिया सुरु भएको हो । मोरङको ग्रामथान गाउँपालिका – ६ का ६७...

पीसीआर परीक्षणमा बढी शुल्क लिने प्रयोगशालालाई कारबाही गर्न पत्राचार

काठमाडौं, १३ असोज-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेभन्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्