सीसीटीभीमा देखिए बम राख्ने दुई जना

 न्यूज विराट
सीसीटीभीमा देखिए बम राख्ने दुई जना

काठमाडौं, ६ फागुन । काठमाडौंको कलंकीमा गएराति प्रेसर कुकर बम राखेर भाग्ने दुई जना सीसीटीभी फुटेजमा देखिएको थानकोट प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक रमानन्द चौधरीका अनुसार कलंकीमा मध्यराति हिँडिरहेका शंकास्पद दुई व्यक्तिलाई  सोधीखोजी गर्दा झोलामा राखेको बम छोडेर उनीहरू भागेका थिए ।

भाग्नुअघि उनीहरू र प्रहरीको गस्ती टोलीबीच लछारपछार चलेको थियो ।

बम राख्ने व्यक्तिको नाम र आवद्धताबारे नखुले पनि सीसीटीभी फुटेजका आधारमा उनीहरूको खोजी भइरहेको असई चौधरीले बताए । कालिका पेट्रोल पम्पअगडि भेटिएका दुवै बम नेपाली सेनाको टोलीले निस्कृय पारिसकेको छ ।

सम्बन्धित समाचार

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाखभन्दा बढी सहयोग गर्ने घोषणा

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाख २१ हजार १११ रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । कार्तिक १७ गते राती जाजरकोट र रुकुम पश्चिम जिल्लामा आएको भुकम्पबाट...

विराटनगरस्थित मेघा बैंकका एक कर्मचारीमा कोरोना

विराटनगर, साउन २७–विराटनगरस्थिथ मेघा बैंकका एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । विराटनगर जलजला चौक पूर्व रहेको बैंकको शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको बैैंकले जनाएको छ । बैंकका अनुसार संक्रमित विराटनगर–११ निवासी हुन् ।

विराटनगरमा चार राउण्ड हवाई फायर, पक्राउ परेका चार जना आन्दोलनकारी थुनामुक्त

विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधित क्षेत्र तोडेर आन्दोलनकारी अगाडी बढेपछि...

गुणस्तरीय शिक्षा दिन किड्स भिलेज र मारिया किड्सबीच सहकार्य

विराटनगर । विराटनगर – ५ स्थित किड्स भिलेज स्कुल र बुढीगंगा गाउँपालिका – १ पुष्पलाल चोकमा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सहकार्य भएको छ ।अब दुवै विद्यालयले विराटनगरको शिक्षालाई प्रि–प्राइमरी...

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो

काठमाडौं, २८ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको...

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १२ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि बस्ने बैठकले मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ । स्थायी...

तोकिएको व्यक्तिबाट मात्र सूचना लिन अनुरोध

काठमाडौं, १५ असार-राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगबाट सूचना लिँदा तोकिएको आधिकारिक व्यक्तिबाट मात्र सूचना लिन अनुरोध गरेका छन् । आयोगका अध्यक्ष शर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको नीतिविपरीत आयोगका सदस्य तथा...

आजदेखि नयाँ वर्ष प्रारम्भ, ‘लकडाउन’ का कारण घरमै बसेर मनाइँदै

काठमाडौं, १ वैशाख-नयाँ वर्ष २०७७ साल आजबाट सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले घरमै बसेर मनाउँदै छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्