बोल्न नसक्ने व्यक्तिको हत्या गर्ने ‘अघोरी’ पक्राउ

 न्यूज विराट
बोल्न नसक्ने व्यक्तिको हत्या गर्ने ‘अघोरी’ पक्राउ

काठमाडौं, माघ २९ । बोल्न नसक्ने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा आफूलाई अघोरी बताउने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी) छन्।

हालसम्म नामथर तथा ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको हत्या आरोपमा अघोरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बोल्न नसक्ने व्यक्तिलाई बिहीबार अघोरीले दाउराको चिर्पट र बाँसको टुक्राले टाउकोमा प्रहार गरी घाइते बनाइदिएका थिए । उक्त सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले अघोरीलाई पक्राउ गरेको थियो भने घाइतेलाई मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङमा उपचारका लागि पठाएको थियो ।

मनमोहनबाट रेफर भई वीर अस्पतालमा उपचार गरिएकोमा शुक्रबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीले अघोरीमाथि ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

सम्बन्धित समाचार

इनारमा डुबेर वृद्धाको मृत्यु

विराटनगर, २५ वैशाख-मोरङमा इनारमा डुबेर १ वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मिक्लाजुङ गाउँपालिका–७ बेलगौकी ६० बर्षीया सानुमाया लम्साल रहेकी छिन् । बिहीबार दिउँसो साढे १ बजेको समयमा लम्सालको आफ्नै घर अगाडि रहेको...

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार

काठमाडौं, २९ साउन-प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच लामो समयको संवादहीनता अन्त्य गर्दै बालुवाटारमा भेट भएको...

भारत लैजान लागेको ६ जना बालकको उद्धार

विराटनगर । भारत लैजान लागेको ६ जना बालकको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । भारतको लखनाउमा खेतबारीमा काम लगाउने भन्दै बालश्रमिकको रुपमा लैजान लागेको अवस्थामा सुनसरीको इटहरी घर भएका ६ जना बालकहरुलाई साना हात नामक...

उदयपुरमा बम विस्फोट

विराटनगर, १९ मंसिर–उदयपुरको कटारीस्थित चुन ढुंगा खानीमा बम बिस्फोट भएको छ । कटारी–८ स्थित सौर्य सिमेन्टको चुन ढुंगा खानीमा बिहिबार राति १२ बजे बम बिस्फोट भएको हो । विस्फोटका कारण एए स्काभेटर र एउटा मोटर...

निर्वाचनबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले...

भोलि प्रदेश १ मा सार्वजनिक बिदा

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरुक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा शोक व्यक्त गर्दै बिहीबार सार्वजनिक विदा दिन निर्णय गरेको छ। प्रदेश १ सरकारले थापाको निधनप्रति राष्ट्रिय झण्डा झुकाउने बुधबार निर्णाय गरेको...

सांसद राईको प्रश्न -नामकरणको प्रस्ताव किन टेबुल नगरेको ?

प्रदेश १ को प्रदेशसभा बैठकमा सांसदहरूले नामकरणको प्रस्ताव टेबुल गर्न माग गरेका छन् । सोमबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा (एमाले) की सांसद बिनादेवी राईले सरकारसँग नामकरणको प्रस्ताव टेबुल गर्न माग गरेकी हुन् ।...

चर्कोब्याजदर घटाउन माग राख्दै अर्थमन्त्रीसँग पुनः पूर्वको उद्योगीको भेट

विराटनगर । बैंकको चर्को ब्याजदर घटाउन माग राख्दै पूर्वका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री विष्णु पौडेलसँग पुन ः भेट गरेका छन् । आइतबार अर्थमन्त्री पौडेलसँग भेटर यहाँका उद्योगी व्यवसायीहरुले बैंकको चर्को ब्याजदर घटाउन माग राखेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्