दिपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित

 न्यूज विराट
दिपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । दिपेन्द्र ऐरीको उत्कृष्ट इनिङको मद्दतमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

ओमानले दिएकाे १३६ रनकाे लक्ष्य नेपालले १९. ३ ओभरमा ४ विकेट गुमाएर हासिल गरेकाे हाे ।

नेपालले चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा घरेलु टिमलाई हराउँदै विजयी सुरुवात गरेको हो ।

पछिल्लो समय एसोसिएट सदस्यमध्ये सबैभन्दा शसक्त देखिएको ओमानलाई हराउन नेपालले कसिलो बलिङ गर्‍यो भने ऐरीले शानदार ब्याटिङ गरे ।

उनले ५३ बलमा १ छक्का र ८ चौकासहित ७३ रन बनाए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रले दोस्रो अर्धसतक बनाएका हुन् । उनलाई साथ दिँदै आरिफ शेखले २५ रन बनाए । यी दुईबीच चौथो विकेटका लागि ४५ रनको साझेदारी भयो ।

अन्तिम ओभरमा ९ रन आवश्यक थियो, नेपाललाई । दिपेन्द्रले पहिलो र तेस्रो बलमा चौका प्रहार गरेका थिए ।

प्रारम्भिक ब्याट्सम्यानद्धय आसिफ शेख १४ र प्रदिप ऐरी ४ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भएपछि नेपाल ६२-३ को स्थितीमा पुगेको थियो ।

त्यसअघि टस जितेर पहिला फिल्डिङ रोजेको नेपालविरुद्ध ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन जोड्यो । नेपालका अविनाश बोहराले ३ तथा सन्दीप लामिछाने, कमल सिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए ।

५८ रन जोड्दा ४ विकेट गुमाएको ओमानका कप्तान जिसन मकसुद र मोहम्मद नदिमले अर्धसतकीय साझेदारी गरे । उनिहरुले पाचौँ विकेटका लागि ६१ रनको साझेदारी गरेका हुन्। अविनाशले उक्त साझेदारी तोडेका थिए । मकसुदले अविजित ४३ रन जोडे भने नदिमले ३१ रन बनाए । सुरुका ६ ओभरमा ३ विकेट गुमाएर ४३ रन जोडेको ओमानले अन्तिम ५ ओ‌भरमा ३७ रन थपेको थियो ।

घरेलु टोलीले २४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । अविनाश बोहराले तेस्रो ओभरको अन्तिम बलमा पहिलो सफलता दिलाएका थिए । उनले १८ औँ ओभरमा थप दुई विकेट लिएका थिए। उनले चार ओभरमा २६ रन खर्चिए ।

चार ओभरमा कमलले २५ र दीपेन्द्रसिंह ऐरीले २१ रन दिए। सन्दीपले ३ ओभरमा १७ रन दिए। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सागर ढकालको डेब्यु भने स्मरणीय रहन सकेन। उनले तीन ओभरमा ३६ रन खर्चिए भने विकेट लिन सकेनन् । नेपालले दोस्रो खेलमा शनिबार यूएईसँग प्रतिस्पर्धा गर्ने छ ।

सम्बन्धित समाचार

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

विराटनगर, २९ वैशाख-प्रदेश-१ का छुट्टाछुट्टै २ स्थानमा भएका घटनामा २ जनाको ज्यान गएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका-१६ का ३५ वर्षीय विष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार विहान समयमा घर छेउमै रहेको...

अदालतले गराइदियो प्रचण्ड–माधवको डिभोर्स

प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्षमा सँगै उभिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छुट्टिएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँतिएको निर्णय गरेसँगै प्रचण्ड र नेपाल अलग्गिएका हुन् । २४ फागुनमा पेरिसडाँडामा स्थायी कमिटी बैठक राखेर...

सकियो आइटिएफ तेक्वान्दोको दुई दिने सेमिनार

विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ । उक्त तालिम आइतबार विराटनगरमा समापन भएको हो । समापन कार्यक्रमको प्रमुख अतिथ कोशी प्रदेश सभा सदस्य शिलादिस्चित कार्की...

६८ फर्मको जरिमाना ४० लाख रुपैयाँ

काठमाडौं,  १७ भदौ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । विभागले १ भदौदेखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिमाना गर्दा १५...

क्वारेन्टाइनमा जुम्ल्याहा शिशु जन्माएकी आमाको रिपोर्ट नेगेटिभ

दाङ, २९ वैशाख-दाङको तुलसी बाल अस्पतालको आइसोलेसन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । यादवको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी...

भारतमा अघिल्लाे दिनकाे तुलनामा संक्रमित घटे, ४३९ जनाकाे मृत्यु

एजेन्सी, १० माघ । भारतमा ३ लाख ६ हजार भन्दा धेरै काेराेना संक्रमित थपिएका छन् । २४ घण्टाकाे अवधिमा ३ लाख ६ हजार ६४ जना काेराेना संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले साेमबार जानकारी दिएकाे छ ।...

मोरङ ४ मा कडा प्रतिस्पर्धा, तेस्रो पटक संसद छिर्ने मोदीको दाउ, जितको खोजीमा ढकाल

विराटनगर। प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो, मोरङ ४ । जहाँ एमालेका केन्द्रीय सदस्यीय बिनोद ढकाललाई चुनौती दिँदै सत्ता गठबन्धनबाट चुनावी मैदानमा छन्, माओवादी केन्द्रका नेता अमनलाल मोदी । राजनीतिमा आफ्नो स्थान...

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ज्ञापनपत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमण रोकथाम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्