नागरिक अगुवाले भने-सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न सकेनन, निकास खोज

 न्यूज विराट
नागरिक अगुवाले भने-सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न सकेनन, निकास खोज

काठमाडौं, माघ २६ । नागरिक अगुवाहरुले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउन राजनीतिक दलहरुलाई अपील गरेका छन् ।

सापकोटाले सभामुख पदमा बसेर निष्पक्ष र निर्विवाद भूमिका निर्वाह नगरेको, संविधान र कानुनका व्यवस्थाभन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास गर्न खोजेको, सरकारले प्रतिनिधिसभालाई सुम्पेको विधेयक सदनमा पेश गर्नबाट दुई वर्षभन्दा बढी समयसम्म रोक्ने कार्य गैरसंवैधानिक अभ्यास गरेको र दलहरूप्रति पूर्वाग्रह राखेको भन्दै १४ जना नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै यथोचित निर्णय लिई हटाउन माग गरेका हुन् ।

विज्ञप्तिमा अर्यालसहित पूर्णीमाया लामा, कनकमणि दीक्षित, केदार नर्सिगं केसी, बद्री प्रसाद भूषाल, भागिराम चौधरी, महामुनिश्वर आचार्य, मैना कार्की, राजन कुइकेल, सावित्री श्रेष्ठ, सुमन अधिकारी, सूर्यबहादुर अधिकारी, सुशील प्याकुरेल र यज्ञराज थापाले हस्ताक्षर गर्नुभएको छ ।

‘प्रमुख राजनीतिक दलहरूले अग्नि सापकोटाका गतिविधिका सन्दर्भमा यथोचित निर्णय लिई संसदीय प्रणालीका मूल्य मान्यताको रक्षा गर्न तत्काल अग्रसरता लिनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि नागरिक खबरदारी निरन्तर जारी राख्नुपर्दछ ।’

विज्ञप्तिमा सापकोटा हत्यामा किटानी जाहेरी गरिएका आरोपित भएको र उनीविरुद्ध काभ्रे जिल्ला प्रहरीदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास र नियमित इजलासमासमेत हत्या आरोप तथा अनैतिक आचरणसम्बन्धी गम्भीर उजुरी र मुद्दाहरू विचाराधीन रहेको स्मरण गराउँदै पदको दुरुपयोगबाट न्यायमा अवरोध गरेकाले पदबाट हट्नुपर्ने माग गरिएको छ ।

‘अग्नि सापकोटा नैतिक रूपमा स्खलित, तटस्थ व्यवहार देखाउन सर्वथा असफल एवं वर्षौंदेखि हत्याको आरोप खेपिरहेका तथा प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन् । यस्तो गम्भीर चारित्रिक कमजोरी भएका व्यक्तिबाट प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पद अनुकूलको आचरण प्रस्तुत हुने सम्भावना थिएन र छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘निजलाई सभामुख पदमा निर्वाचित गरेयता प्रतिनिधि सभाको कार्यसम्पादनमा गम्भीर ह्रास आएको देखिन्छ । अतस् अग्नि सापकोटालाई आफ्ना व्यवहार सच्याउन, कानुनी राज कायम गर्नका लागि नेपाल प्रहरीलाई मद्दत गर्न तथा आफ्ना गलत क्रियाकलापको आधार जनतासामु प्रस्तुत गर्न चुनौती पेश गर्दछौं ।’

सम्बन्धित समाचार

विनोद चौधरीले जिते कोरोना

काठमाडौं, २० भदौ-उद्योगी विनोद चौधरी कोरोना भाइरस (कोभिड- १९) संक्रमणमुक्त भएका छन् । उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन् । उनले शनिबार बेलुका ट्विटरमार्फत १० दिनको एकतान्तवासपछि आफू संक्रमणमुक्त...

काेराेनाकाे असर : भन्सार एजेन्टको लिखित परीक्षा पनि स्थगित

काठमाडौं, ७ माघ । कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । भन्सार विभागले यसअघि तय गरेको २९ माघको पूर्व निर्धारित मितिमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो ।...

प्रदेश १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेशभरी ८४ जना संक्रमित

विराटनगर, जेठ ८–प्रदेश नं. १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाकै थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका १७ वर्षीय, १८ वर्षीय दुई जना, २० वर्षीय दुई...

शिक्षादिप कलेज व्यवस्थापन संकायले गर्यो उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत

विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादिप कलेज व्यवस्थापन संकायले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । मंगलबार कलेजमा एक कार्यक्रमको आयोजना गरेका कलेजले लिएका पहिलोे त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत...

सिरहामा ४० हजारले लगाए कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज, दोस्रो डोज आजदेखि

सिरहामा ४० हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । सिरहामा ४८ हजार ९ सय ९८ जनालाई खोप लगाइने लक्ष्य लिइएकोमा ४० हजार २ सय ८३ जनाले पहिलो डोज लगाएका हुन् । सिरहामा कोरोना...

प्रदेश १ बालविवाहमुक्त हुने

विराटनगर, २९ भदौ–प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका हुन् ।...

भौतिकरुपमै कक्षा १२ को परीक्षा संचालन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, ८ भदौ । भौतिकरुपमा परीक्षा लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको लगाएर परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् संक्रमणको...

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु

सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ । माघ ९ गते प्रकाशित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्